हेलिकप्टरबाट सुत्केरीको उद्धार

फाइल फोटो

हुम्ला – जिल्लाको चंखेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको छ ।

चंखेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर ४ दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो । 


Advertisement

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन् । बुढालाई जिल्ला अस्पताल पुर्‍याएसँगै त्यहाँका चिकित्सक सरो प्रजापति, जेष्ठ अनमी सरिता बोहरा लगायतको टोलीले शिशु जन्माउन सहयोग पुर्‍याएको जेष्ठ अनमी बोहराले जानकारी दिइन् । 

हाल आमा र शिुशु दुवैको अवस्था राम्रो भएको उनको भनाइ छ ।


Advertisement

कमेन्ट गर्नुहोस्