खड्ग लिएर आएका डाँकाहरूलाई लखेटे वृद्धवृद्धाले (भिडियो)

काठमाडौं – भारतको तमिलनाडुस्थित कल्याणीपुरममा मुकुण्डो लगाएका दुईजना डाँकाहरूले खड्ग बोकेर डकैती गर्न आउँदा वृद्धवृद्धाको एक जोडीले उनीहरूलाई लखेटेको छ । 

वृद्धवृद्धाले घरैमा भएका सामान हिर्काएर डाँकाहरूलाई लखेटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 


Advertisement

खड्ग भिरेको एक डाँका ७२ वर्षीय शानमुगावेलको पछाडि सुत्त आइपुग्छ र अनि उनलाई कपडाले घाँटी अँठ्याउन खोज्छ । हल्लाखल्ला भएपछि उनकी पत्नी सेन्थामाराई बाहिर आउँछिन् र भेटे जति सबै कुराले डाँकालाई हिर्काउँछिन् । 


Advertisement

आइतवार राति भएको घटनामा सेन्तमाराईले जुत्ता, कुर्सी, फोहर राख्ने भाँडो सबैले डाँकालाई हिर्काएपछि डाँकाले शानमुगावेललाई छोड्छ । शुरूमा त डाँकाहरू वृद्धवृद्धाको तेवर देखेर स्तब्ध हुन्छन् अनि तर्साउनका लागि हतियार उज्याँछन् । तर शानमुगावेलले एक डाँकाको टाउकोमा कुुर्सी हिर्काएपछि उनीहरू भाग्छन् । 

शानमुगावेललाई विगत तीन वर्षमा दुईपटक डाँकाहरूले लुटेपछि उनले घरमा १४ वटा सीसीटीभी क्यामरा जडान गरेका थिए । 

सेन्तामाराईको सुनको चेन डाँकाहरूलाई प्रतिकार गर्ने क्रममा हराएको र उनको दाहिने हातमा काटिएको प्रहरीले बतायो । 

भिडियो सार्वजनिक भएपछि वृद्धवृद्धाका साथी र नातेदारले अभिनन्दन गरेका थिए । कडायम प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

एजेन्सी

कमेन्ट गर्नुहोस्