कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुर – नेत्रज्योति संघ शाखा उदयपुरको लागि आगामी दिनमा जलविन्दु र मोतियाविन्दु सहितको शल्यक्रिया उपचार सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि नेपाल सरकार स्वास्थ्य विभागले १ करोड रुपैयाँ बजेट व्यवस्थापन गरेसँगै आधुुनिक मेसिन तथा उपकरणको व्यवस्थापन भएको छ ।
सरकारले आधुनिक मेसिन तथा उपकरण खरीद गर्न व्यवस्थापन गरेको १ करोड रुपैयाँको बजेटले जापानबाट संघका लागि १६ प्रकारका आधुनिक मेसिन तथा उपकरण खरीद गरेर ल्याइएपछि अब नेत्रज्योति संघ उदयपुर प्राविधिकरूपमा सक्षम भएको संघका अध्यक्ष भागवत राउतले बताए ।
खरीद गरिएका नयाँ उपकरण तथा मेसिनमा अपरेश माइक्रोपकप्स, फेको मेसिन, स्क्यान मेसिन, डेहुमिडिफाइर, आँखा शल्यक्रिया बत्तीसहितका उपकरण, ट्रायल लेन्स र फ्रेम, रेटिनोस्कप, आधुनिक टर्चलाइट, नाइन्टी डि, लेन्ससहितका उपरकण रहेका छन् । अन्यमा भेजिन ड्रम, अटोर्याफिक मिटर, लेन्ससोमिटर सहितका आधुनिक उपकरण व्यवस्थापन भएको छ ।
विक्रम संवत् २०६७ बाट सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको सहयोगमा प्राथमिक आँखा उपचार केन्द्रका लागि स्थापना गरेर सञ्चालन हुँदै आएको नेत्रज्योति संघ उदयपुरले आगामी मंसिरदेखि आँखाको शल्यक्रिया मोतियाविन्दु तथा जलविन्दुसहितको उपचार शुरू गर्ने लक्ष्यका साथ विभिन्न आधुनिक उपकरण व्यवस्थापन गरेको संघका सदस्य ज्ञानबहादुर बस्नेतले बताए ।
नेत्रज्योति संघलाई आधुनिक ढंगबाट व्यवस्थापन गरेर संघको उपचार सेवाको क्षमतामा स्तरोन्नति गर्दै प्राथमिक उपचार सेवाबाट ‘सेकेन्डरी’ सेवा सञ्चालन गर्नका लागि अहिले २० कोठासहितको ३ तले नयाँ भवन निर्माण कार्यसमेत सम्पन्न हुनलागेको संघ व्यवस्थापन समितिका सदस्य सिर्जना दनुवार बताए ।
त्रियुगा नगरपालिकाले उपलब्ध गराएको गाईघाट बोक्सेको १ बिघा जग्गामा जापानी राजदूतावासको ९० लाख रुपैयाँ आर्थिक सहयोग तथा उदयपुरबाट पूर्वभौतिक निर्माण राज्यमन्त्री मञ्जुकुमारी चौधरीको ४० लाख आर्थिक सहयोग र अन्य दाताको आर्थिक सहयोग गरेर कूल १ करोड ८१ लाख रुपैयाँमा नयाँ भवनसमेत निर्माणकार्य सम्पन्न हुने अवस्थामा पुगेको हो ।
संघमा वार्षिक १७ हजारसम्म सेवाग्राहीले आँखा उपचार सेवा लिँदै आएको संघका प्रमुख प्राविधिक चिकित्सक डुल्लीराज तिम्सिनाले बताए । हालसम्म यस संघले आँखाका जाँच, सामान्य शल्यक्रिया, रेटिना भेजिना सफा गर्ने र जलविन्दु, मोतियाविन्दु हुनुअघिका सम्पूर्ण उपचार प्रदान गर्ने र चश्मा निर्धारण तथा व्यवस्थापनजस्ता सेवा प्रदान गर्दै आएको संघका प्राविधिक प्रमुख तिम्सिना बताउँछन् ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...