काठमाडौं – बेलायतमा बस्ने ७२ वर्षीय ज्याकको गलामा नक्कली दाँत अड्किएपछि गलाबाट लगातार रगत बगेको छ ।
ज्याकको सर्जरी गर्नुपर्ने थियो तर उनले चिकित्सकहरूलाई नक्कली दाँत लगाउने गरेको कुरा बताएनन् । सर्जरी हुँदै गर्दा गलामा नक्कली दाँत अड्कियो ।
६ दिनपछि ज्याक चिकित्सकहरूकहाँ पुगे । केही पनि निल्न नसकेको अनि गलामा लगातार समस्या परिरहेको र रगत आइरहेको उनले बताए । चिकित्सकहरूले गला हेर्दा छक्क परे ।
गलामा नक्कली दाँत अड्किएको रहेछ । चिकित्सकहरूले सर्जरी गरेर नक्कली दाँत निकाले र ६ दिनपछि डिस्चार्ज गरे ।
अपरेसन गर्ने बेलामा आफूले नक्कली दाँत हालेको नहालेको चिकित्सकलाई बताइदिनुपर्ने शिक्षा यसबाट प्राप्त हुन्छ ।
एजेन्सी
लोकान्तर संवाददाता