कात्तिक २५, २०८०
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
साउन २९, २०७६
काठमाडौं– वैदेशिक रोजगारीमा ठगीका अभियुक्त परशुराम गुरुङलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी गत जेठ ११ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ल्यायो ।
नेपाल प्रहरीको पहलमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले २०७२ असार २९ गते गुरुङविरुद्ध ‘डिफ्यूजन नोटिस’ जारी गरेको थियो ।
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तथा मानव ओसारपसारमा संलग्न गुरुङलाई प्रहरीले मानव तस्कर गिरोहको सदस्यका रूपमा खोजी गरिरहेको थियो ।
उनीविरुद्ध ३० वटाभन्दा बढी उजुरी परेका थिए । परशुरामले ठगेको रकम २० करोडभन्दा बढी पुग्ने उजुरीहरूबाट प्रस्ट हुन्छ ।
परशुरामलाई इन्टरपोलमार्फत प्रहरीले बैंककमा २०७५ चैत १३ गते पक्राउ गरेको थियो ।
त्यसअघि २०७३ माघ २९ गते सीआईबीले इन्टरपोलकै सहयोगमा अठार वर्षअघि कास्कीमा भएको हत्या प्रकरणका अभियुक्त नारायण अधिकारी साउदी अरबबाट पक्राउ गरेको गरेको थियो ।
उनी झापाको चारआली ब्यारेकमा कार्यरत रहँदा कास्की शिद्ध– ७ निवासी शिव थापालाई २०५५ कार्तिक ११ गते हत्या गरेर नाम परिवर्तन गरी वैदेशिक रोजगारीका लागि साउदी गएका थिए ।
ब्यूरोको अनुसन्धानले नारायणबहादुर अधिकारी र वैदेशिक रोजगारका लागि साउदी अरब गएका जीवनबहादुर अधिकारी एकै व्यक्ति भएको प्रमाणित गरेको थियो ।
सोही आधारमा कास्की जिल्ला अदालतबाट मिति २०७३ जेष्ठ १६ गते जारी भएको पक्राउ पूर्जी अनुसार उनलाई साउदी अरबबाट पक्राउ गरी २०७३ माघ २९ गते नेपाल ल्याइएको थियो ।
२०५५ साल कात्तिक ११ गते कास्की जिल्ला तत्कालीन शिद्ध गाविस बस्ने शिवराज थापा सुयलले गाँउ नजिकैको वनमा घाँस दाउरा लिन गएको बेला नारायण अधिकारीकी श्रीमती इन्दिरा अधिकारीलाई अभद्र व्यवहार गरेका थिए ।
श्री सिंहनाथ गण चारआली ब्यारेक झापाका सिपाही अधिकारीले कार्तिक २५ गते नजिकैको जंगलमा खुर्पा प्रहार गरी शिवराज थापाको हत्या गरेका थिए ।
हत्यापछि नेपाली सेनाले अधिकारीलाई सेनाको कस्टडीमा राखेको थियो । उनी कस्टडीबाटै भागेर साउदी गरेका थिए ।
माथिका दुई उदारहण मात्रै हुन्, नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेडकर्नर नोटिस’ जारी गरी ३१ जना र ‘डिफ्यूजन नोटिस’मा ३४ गरी ६५ जनालाई इन्टरपोलमार्फत खोजी गरिरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखलले बताए ।
डीआईजी पोखरेलले लोकान्तरसँग भने, ‘नेपालमा अपराध गरेर विदेश भागेका अपराधीहरूलाई प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत रेडकर्नर नोटिस र डिफ्यूजन नोटिसमार्फत खोजी कार्य जारी नै राखेका छौं ।’
अहिलेसम्म सीआईबीले इन्टरपोलमार्फत पक्राउ गरी ९ जनालाई नेपाल ल्याएको ब्यूरोका डीआईजी निरज शाहीले बताए ।
‘पछिल्लो समय इन्टरपोलमार्फत बैंककमा समाएर थाइल्याण्ड हुँदै मानव तस्करीमा संलग्न परशुराम गुरुङलाई नेपाल ल्याएका हौं । अहिलेसम्म नेपाल प्रहरीले ९ जनालाई विभिन्न देशबाट यसरी नै पक्राउ गरेर ल्याइसेको छ,’ उनले लोकान्तरसँग भने ।
के हो इन्टरपोलमार्फत जारी गरिने ‘नोटिस’ र ‘डिफ्यूजन’ ?
रेडकर्नर नोटिस र डिफ्यूजन नोटिस विश्वभरका प्रहरीहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले जारी गर्ने गर्दछ ।
कुनै एक देशको प्रहरीबाट जारी भएको नोटिसमा १९४ देशका प्रहरीले एकसाथ मिलेर खोजी गर्छन् ।
रेड नोटिस, ब्लु नोटिस, ग्रीन नोटिस, ब्ल्याक नोटिस, एल्लो नोटिस, ओरेन्ज नोटिस र पर्पल नोटिस गरी ७ वटा नोटिस जारी गर्ने गर्दछ ।
वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजका लागी ‘रेड नोटिस’ जारी गर्ने गरिन्छ ।
अदालतबाट कम्तिमा छ महिना वा सो भन्दा बढी कैद सजाय फैसला भएका फरार प्रतिवादीहरूको सम्बन्धमा र अदालबाट २ बर्ष वा सो भन्दा बढी कैद सजाय हुन सक्ने अवस्था रही बारेन्ट जारी भएका तर फैसला हुन बाँकी फरार प्रतिवादीहरूको सम्बन्धमा रेड नोटिस जारी गरिने सीआईबीका प्रमुख निरज शाहीले लोकान्तरलाई बताए ।
उनका अनुसार अपराधीहरूको पूर्व अपराधिक गतिविधिबारे जानकारी प्राप्त गर्न ‘ब्यू नोटिस’, कुनै एक स्थानमा एकपटक अपराध गरी अन्य स्थानमा त्यस्तै प्रकृतिका अपराध दोहोर्याउन सक्ने खतरनाक अपराधीहरूको बारेमा पूर्व जानकारी गराउन चेतावनीमूलक ‘ग्रीन नोटिस’, सनाखत नभएका मृत मानव लासको पहिचानको लागि ‘ब्ल्याक नोटिस’, हराएको व्यक्तिको अन्तर्राष्ट्रिय स्तरमा खोजी कार्यका लागि ‘एल्लो नोटिस’, लुकाएका हतियार, विस्फोटक पदार्थ तथा खतराजन्य वस्तुबाट हुन सक्ने सम्भावित खतराको बारेमा जानकारी गराउन ओरेन्ज नोटिस र अपराधीले अपराध गर्न प्रयोग गरेका चिजवस्तु तथा त्यस्ता वस्तु लुकाएको स्थान तथा अपराधिक कार्यविधिको बारेमा ‘पर्पल नोटिस’ले जारी गर्ने गरिन्छ ।
वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि जारी गरिने परिपत्रलाई डिफ्युन नोटिस जारी गरिन्छ ।
कति छन् रेड नोटिसमा ?
इन्टरपोलले जारी गर्ने रेड नोटिसमा आज (२०७६ असार २९)सम्म ७ हजार ४३ जना छन् ।
नेपाल, भारत, पाकिस्तान, अर्जेन्टिना लागयत ९६ देशका अपराधीहरूको सूची रहेको छ भने भारतका सबैभन्दा धेरै अपराधीहरू रेड नोटिसमा रहेका छन् ।
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...