जिम्मेवारीको विवाद मिलाउन नेतृत्व असफल, सचिवालय बैठक स्थगित

फाइल फोटो

काठमाडौं – बुधवार बस्ने भनेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीच विभागको नेतृत्वका विषयमा सहमति नभएपछि बैठक स्थगित गरिएको हो ।


Advertisement

प्रधानमन्त्रीसमेत रहेका ओली उपचारका लागि सिंगापुरबाट गत सोमवार फर्केपछि अर्का अध्यक्ष प्रचण्डसँग निरन्तर परामर्शमा रहेका थिए तर २ अध्यक्षबीच अझै सहमति जुट्न सकेन । 

बुधवार बस्ने भनिएको सचिवालय बैठकले पार्टीभित्र ‘बेकामे’ केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन टुंग्याउने अपेक्षा गरिएको थियो । यसअघि महासचिव विष्णु पौडेलले नेताहरूको रुचि र इच्छा बुझेर त्यही अनुसार कार्यविभाजन गर्ने भन्दै प्रतिवेदन तयार गरेका थिए ।


Advertisement

‘उक्त प्रतिवेदनका बारेमा अध्यक्षद्वयको सहमति नजुटेपछि बैठक बस्न नसकेको हो,’ एक सचिवालय सदस्यले लोकान्तरसँग भने, ‘अब अर्को बैठक भोलि (बिहीवार) का लागि तय गरिएको छ ।’

कमेन्ट गर्नुहोस्