भोको सर्पले आफ्नै पुच्छर खायो (भिडियो)

काठमाडौं – एउटा सर्पले अर्कोलाई खाएको त देखेसुनेकै हो । तर अमेरिकाको पेन्सिल्भानियामा एउटा भोको सर्पले आफ्नै पुच्छर निलेको छ । 

घटनाको भिडियो पनि बनेको छ र त्यसमा सर्पले पुच्छर निल्न खोजेको देखिन्छ । 


Advertisement

फरगटन फ्रेन्ड रेप्टाइल स्यांकचुअरीका जेसी रोथेकरले फेसबूकमा भिडियो शेयर गरेका हुन् । सर्पले आफ्नो शरीरको अधिकांश भाग निलेको देखिन्छ । सर्प आत्तिँदा खान छोड्ने रोथेकरले बताए । सर्प भोकाएमा अर्को सर्पलाई वा आफैंलाई खाने उनले बताए । 

रोथेकरका अनुसार, सर्पले आफ्नो पुच्छरलाई अर्को सर्प भन्ठानेर खाइदिन्छ । पछि बल्ल उसले आफैंलाई खाइरहेको थाहा पाउँछ । अनि पूरा खान पनि सक्दैन । 

एजेन्सी
 


Advertisement

कमेन्ट गर्नुहोस्