×

NMB BANK
NIC ASIA

अवैध टहरा भत्काउँदै नगरपालिका, व्यापारीको विरोध

साउन ३२, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

भक्तपुर-चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँ–बायाँ सामुदायिक वन मासेर निर्माण गरेको अवैध घरटहरा भत्काएपछि स्थानीयवासी साना व्यवसायीले विरोध गरेका छन् ।

Muktinath Bank

वन क्षेत्रमा अवैधरूपमा निर्माण गरी सञ्चालन भएको २० व्यावसायिक घरटहरा नगरपालिकाले डोजर लगाएर भत्काइदिएपछि यहाँका साना तथा मझौला व्यवसायीले विरोध गरेका हुन् । नगरपालिकाले अटेर गरेर सञ्चालनमा रहेका थप अवैध टहरा भदौ २ गतेदेखि भत्काउन माइकिङ गरे पनि व्यवसायीहरुले नगरपालिकाले विकल्प नदिई हटाउन हुने भन्दै विरोध गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाको अवैध टहरा हटाउने अभियानविरुद्ध अवैधरूपमा सञ्चालित होटल तथा रेष्टुरेष्ट सञ्चालकलाई सत्तापक्षबाहेकका दलहरुले साथ दिएका छन् । आज नगरकोट बसपार्कमा साना तथा मझौला व्यवसायीले नेतृत्वमा नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, क्रान्तिकारी माओवादीलगायत राजनीतिक दल र स्थानीय व्यवसायीले विरोध र्‍यालीसहित कोणसभाको आयोजना गरी नगरपालिकाको अवैध टहरा हटाउने अभियानको विरोध गरेको हो ।
 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले स्थानीय सरकारले जनताको भावनाविपरीत उनीहरु बस्दै र व्यवसाय सञ्चालन गर्दै आएको टहरा भत्काएर जनताको भावनालाई कुल्चिएको आरोप लगाए ।      

Vianet communication
Laxmi Bank

काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ का पूर्वसभापति कृष्ण भडेलले नगरपालिकाले नगरकोटका बासिन्दाले नगरपालिका भएको आभाष गर्न नपाएको भन्दै अहिले एउटा वडा कार्यालयबाट हुने सरकारी सेवा प्रवाहमा पार्टीको झण्डा राखेर राजनीतिक आस्थाका आधारमा विभेद हुने गरेको आरोप लगाए । 

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका युवानेता कुमार तामाङ, क्रान्तिकारी माओवादीका सुरेन्द्र तामाङ, सङ्घर्ष समितिका संयोजक दिलीप गुरुङ, व्यवसायी धनबहादुर लामा, स्थानीय साना तथा मझौला व्यवसायीहरुले नगरकोटमा अतिक्रमण गरी बनेका घरटहरा भत्काउँदा नगरपालिकाले विकल्प दिनुपर्ने बताए । 

नगरकोट बजार क्षेत्रमा काठमाडौँ, भक्तपुर र काभ्रेमा समेत गरी करीब ३०० घरटहरा वनको जग्गा अतिक्रमण गरी बनेका छन् । यी जिल्लाका वन कार्यालय, जिल्ला प्रशासन, प्रहरी र स्थानीय तहले अतिक्रमण गरी घरटहरा भत्काउन सूचित गरेपनि स्थानीयवासीले भत्काएका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x