कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ-ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने दृढता व्यक्त गर्नुभएको छ ।
प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा आज आयोजित पदक उपहार तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारी स्वामित्वका संस्थानमध्ये प्राधिकरणलाई एक नम्बरको संस्थाका रुपमा विकास गरिने बताउनुभएको हो । पछिल्ला वर्षमा लगातार नाफामा गइरहेको संस्थालाई क्रमशः नाफा बढाउँदै लगिने र प्राधिकरणलाई थप व्यावसायिक संस्थाका रुपमा विकास गर्ने योजनाअनुसार नै काम भइरहको बताउनुभयो ।
प्राधिकरणमा चमत्कार नै भएको जस्तै भइरहेको उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्वसँगै संस्थाको व्यावसायिक, कार्यशैलीगत र प्रशासनिक क्षमतामा समेत वृद्धि भएको उल्लेख गर्नुभयो । विगतमा भाषणमा मात्रै सुधारका कुरा हुने गरेको भए पनि आज परिणाम नै देखिन थालेको स्पष्ट पार्दै उहाँले आगामी दिनमा थप सकारात्मक स्थितिमा संस्था पुग्ने मन्त्री पुनको विश्वास थियो ।
सबैको मेहनतले प्राधिरकण अब्बल संस्थाका रुपमा विकास हुँदै गएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ र अरु कर्मचारीले गरेको मेहनतको पनि उच्च प्रशंसा गर्नुभयो । “सामूहिक प्रयत्नबाट मात्रै सफलता हासिल हुन्छ । कार्यकारी निर्देशकले व्यावसायिकरुपमा सबैलाई म्यानेज गर्नुभयो । यो नै सफलताको प्रमुख श्रेय हो ।”
प्राधिकरणले करीब ९० प्रतिशत जनतामा विद्युत् पहुँच पु¥याएको र बाँकी रहेको क्षेत्रमा समेत आगामी दुई वर्षभित्र विद्युत् पु¥याउने लक्ष्य राखेको भन्दै सो कार्यमा साथ र सहयोग दिन सबैलाई ध्यानाकर्षण गराउनुभयो । उच्च हिमाली, पहाडी तथा विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने गरी काम गर्नुपर्ने दायित्व हामी सबैको काँधमा रहेको उहाँको भनाइ थियो । आगामी वर्षामाल नै ठूलोमात्रामा विद्युत् जोडिने भएकाले त्यसलाई आन्तरिक खपत बढाउँदै क्षेत्रीय बजारमा पु¥याउने गरी कार्ययोजनासमेत बनाउनु जरुरी रहेको मन्त्री पुनको धारणा थियो ।
सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको स्मरण गर्दै उहाँले स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन पनि पहल भइरहेको स्पष्ट पार्नुभयो । मुलुकमा सङ्घीयतामा कार्यान्वयन गइसकेकाले पनि प्राधिकरणको संरचनालाई पनि सोहीअनुसार अगाडि बढाउनुपर्ने र उपभोक्तालाई थप सरल र सहजरुपमा सेवा दिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सफलता हासिल गरेका र सेवानिवृत्त भएका कर्मचारीलाई मन्त्री पुनले पुरस्कार वितरण गर्नुभएको थियो ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...