रजनीकान्तले फिल्म क्षेत्रमा पूरा गरे ४४ वर्ष

काठमाडौं – दक्षिणी फिल्म उद्योगका सुपरस्टार रजनीकान्तले फिल्म क्षेत्रमा ४४ वर्ष पूरा गरेका छन् । 

पच्चीस वर्षको उमेरमा उनले अपूर्व रागंगल फिल्ममार्फत करीयर शुरू गरेका थिए । उक्त फिल्म सन् १९७५ मा आएको थियो । 


Advertisement

रजनीकान्तले दक्षिणको फिल्म उद्योगका साथै बलिउडका अनेकौं फिल्ममा पनि काम गरे । 

उनले अन्धा कानून, चालबाज, हम र बुलन्दी जस्ता हिन्दी फिल्म पनि खेलेका थिए । 

एआर मुरुगादौसको फिल्म दरबारमा रजनीकान्त नायक छन् र यो फिल्म सन् २०२० मा रिलिज हुँदैछ । 

सन् १९५० को डिसेम्बर १२ मा बेंगलुरुमा जीनमएका रजनीकान्त अभिनेता बन्नुअघि बस कन्डकटर थिए । मेहनत र लगनका साथ उनी सुपरस्टार बनेका हुन् । 

सुपरस्टार भएपछि पनि रजनीकान्तले धरातल बिर्सेका छैनन् । आफूले गरीबीमा दिन बिताएको उनको सम्झनामा गढेको छ । त्यसैले उनी सामाजिक सेवामार्फत गरीबहरूलाई सहायता गरिरहेका हुन्छन् । 

उनी एकदमै सादा जीवन बिताउँछन् । हरेकपल्ट फिल्म रिलिज भएपछि उनी हिमालयको एकान्तमा गएर ध्यान गर्छन् ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्