×

NMB BANK
NIC ASIA

बुटवल – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रविरुद्ध लाग्ने कसैलाई पनि कांग्रेसले नछाड्ने बताएका छन् ।

Muktinath Bank

देउवाले प्रजातन्त्रको खिलाप र यसलाई सिध्याउन लाग्ने कुनै शक्तिलाई कांग्रेसले नछाड्ने चेतावनी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा रुपन्देहीको भैरहवामा शुरू भएको २ दिने महाधिवेशन प्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै देउवाले राणा शासन, पञ्चायत र राजतन्त्रविरुद्ध कांग्रेसले संघर्ष गरेको र ओली सरकारले पनि प्रजातन्त्रविरुद्ध काम गरे नछाड्ने दाबी गरे ।


Advertisment
Nabil box
Kumari

उनले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्नुका साथै मिडियालाई पनि नियन्त्रण गर्न खोजेको आरोप लगाए ।

Vianet communication
Laxmi Bank

‘मानवअधिकार आयोग स्वतन्त्र हुनुपर्छ तर सरकारले आयोगको अधिकार खोस्न खोजेको छ, सरकार प्रजातन्त्र सिध्याउने दिशातर्फ अगाडि बढ्न खोजेको छ, मिडिया विधेयक काउन्सिल प्रजातन्त्र विरुद्धको हस्तक्षेप हो,’ उनले भने ।

देउवाले पार्टीमा अन्तरघात गर्नेलाई कारवाही गरिने बताए । उनले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही नगर्ने हो भने पार्टीले कहिल्यै जित्न नसक्ने ठोकुवा गरे । ‘पार्टीलाई मर्यादित र अनुशासित ढंगबाट सञ्चालन गर्न निर्वाचनमा अन्तरघात गर्ने जोसुकैलाई पनि पार्टीले कारवाही गर्छ,’ देउवाले भने । 

भाषण गरेर चुनाव जित्न नसकिने भएकोले काम गरेर देखाउन नेता कार्यकर्तालाई उनले आग्रह गरे । पार्टी एकता आवश्यकता रहेकोमा जोड दिँदै देउवाले चुनाव जित्न पार्टी एकता विना सम्भव नभएको बताए ।

लोकतन्त्रको रक्षा गर्ने चुनौती खडा : पौडेल 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्ने चुनौती खडा भएको बताए । उनले कांग्रेसको सिद्धान्त सधै विजयी भएको दाबी गरे । पौडेलले दुईतिहाइ बहुमतको सरकारले केही काम गर्न नसकेको आरोप लगाए । जनताले दुईतिहाइ बहुमत दिएर पठाएको तर सरकारले दुईतिहाइलाई दुरुपयोग गरेको उनले बताए ।

सरकारले संविधानको मर्ममाथि नै प्रहार गरेको उनले बताए । ‘सरकारको ढुकुटी कार्यकर्तालाई बाँडिएको छ,’ उनले भने ।

सरकारले लोकतन्त्रविरुद्ध काम गर्दैछ : निधि 

पार्टीका उपभापति तथा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले सरकारले लोकतन्त्रविरुद्ध काम गरिरहेको आरोप लगाए । उनले लोकतन्त्र रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नेपाली कांग्रेस संगठित हुन आवश्यक रहेकोमा जोड दिए । उनले कांग्रेसका नेता कार्यकर्ता लोकतन्त्र तथा स्वतन्त्रताको लागि लड्दै आएको बताए ।

कांग्रेस अब जनतामाझ जानुपर्छ : सिटौला

पार्टीका पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले अब कार्यकर्तामाझ मात्र नरहेर कांग्रेस जनतामाझ पनि जानुपर्ने बताए । उनले जनमतकै आधारमा कांग्रेसले सरकारलाई सही दिशातर्फ लैजान सक्ने बताए ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले लोकतन्त्र रक्षाको लागि पार्टीले शान्तिपूर्ण संघर्ष गर्नुपर्ने बताए । उनले जनताको मौलिक हकको सम्वद्र्धन कांग्रेसले गर्नुपर्ने बताए । कांग्रेसका संसदीय दलका सचेतक पुष्पा भुसालले पार्टी एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x