×

NMB BANK
NIC ASIA

मुख्य समाचार

जयशंकरलाई भेट्न प्रचण्डद्वारा अस्वीकार, ओली–नेपाल विवाद उत्कर्षमा

भदौ ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको २ दिने भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट्न अस्वीकार गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

स्रोतका अनुसार जयशंकर बसेको होटेल द्वारिकाजमा प्रचण्डलाई भेटको निम्तो आएको थियो तर प्रचण्डले पार्टीको काम देखाएर भेट्न अस्वीकार गरे । 
पूर्व प्रधानमन्त्रीसमेत रहिसकेका सत्तारूढ दलका अध्यक्ष प्रचण्ड आफैं गएर भारतको विदेशमन्त्रीलाई भेट्दा कूटनीतिक मर्यादाविपरीत हुने भन्दै प्रचण्डले भेट गर्न अस्वीकार गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि जयशंकरले निम्तो पठाएको समयमा पार्टीको सचिवालय बैठक चलिरहेको हुनाले आफू भेट्न नआउने भन्दै सूचना पठाएका थिए ।


Advertisment
Nabil box
Kumari

जयशंकरले बुधवार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । दुवैबीच करीब १ घण्टा गोप्य वार्ता पनि भएको थियो । ओलीसँग जयशंकरले गरेको गोप्य भेटघाट कूटनीतिक मर्यादा विपरीत भएको भन्दै कतिपयले प्रश्न पनि उठाइसकेका छन् । 

Vianet communication
Laxmi Bank

होटेल द्वारिकाजमा जयशंकरलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र सत्तारूढ दलका अन्य नेताहरू पुगे ।
२०७२ सालको चैतमा पनि प्रचण्डले जयशंकरलाई भेट्न अस्वीकार गरेका थिए । त्यतिबेला जयशंकर भारतका विदेश सचिवका रूपमा नेपाल आएका थिए । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रिस्तरीय बैठकमा भाग लिन आएका जयशंकरले प्रचण्डसँग भेट्न समय मागिसकेका थिए तर पार्टीको कामले दोलखा जानुपर्ने भन्दै प्रचण्ड बिहानै त्यता लागे । 
त्यसअघि नेपालको संविधान निर्माणको अन्तिम चरणमा रहँदा २०७२ सालको भदौमा जयशंकर भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतका रूपमा काठमाडौं आएका थिए । 
उनले संविधान निर्माणको प्रक्रिया केही दिन पर सार्ने दबाब दिँदै प्रचण्ड लगायत परराष्ट्रमन्त्रीसमेत भइसकेका नारायणकाजी श्रेष्ठकै अगाडि ‘अभद्र’ व्यवहार देखाएपछि प्रचण्ड असन्तुष्ट बनेका थिए ।

ओली–नेपाल विवाद उत्कर्षमा
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले र वरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद उत्कर्षमा पुगेको छ । यतिसम्मकी बिहीबार नेपाललेस्वास्थ्य लाभको कामना गर्दा ओलीले अस्वीकार गरेका छन् । ओली स्वास्थ्य उपचारका लागि बिहीबार नै सिंगापुर गरेका थिए । 
 पार्टीमा नेताहरूको जिम्मेवारी बाँडफाँटसँगै मर्यादाक्रम हेरफेर गरिएपछि ओली र नेपालबीच सुरु भएको विवाद चर्कंदै गएको हो।
ओली सिंगापुर जानुअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा नेपालले स्वास्थ्य लाभको कामना गरेका थिए। जवाफमा ओलीले ‘तपाईंको शुभकामना चाहिँदैन’ भनेका थिए। यसबारे नेपालले  ओलीलाई स्वास्थ्य लाभको कामना गर्दा  चाहिँदैन भन्दै अस्वीकार गरेको बताए । 

प्रदेश २ 
२ नम्बर प्रदेशको नाम र राजधानीका सन्दर्भमा सत्तारुढ समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसमा विद्रोह भएको छ ।
दुवै पार्टीका संसदीय दलको बैठकले प्रदेश राजधानी जनकपुरधाम क्षेत्रमा राख्ने निर्णय गरेपनि बारा र पर्सा जिल्लाका सांसदले विद्रोह गर्दै राजधानी वीरगञ्ज महानगरपालिकासहित आसपासमा राख्न छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।
कांग्रेस पर्साका सांसद राजेश्वरप्रसाद शाहले वीरगञ्ज महानगरपालिकालाई २ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएका छन् । उनको पार्टीले जनकपुरधामलाई राजधानी बनाउने प्रस्ताव दर्ता गराएको छ । 

विद्रोही प्रस्तावमा शाहसहित शंकरप्रसाद चौधरी, ओमप्रकाश शर्मा र असियादेवी थरुनी सहभागी छन् । विद्रोही सांसदले प्रदेशको नाम मध्य मधेश प्रदेश राख्न प्रस्ताव गरेका छन् ।

सत्तारुढ समाजवादी पार्टीका सांसद सिंहासन शाह कलवार, प्रह्लाद गिरी गोस्वामी, करिमा बेगम, जनत अन्सारी, अञ्जु यादव, भीमा यादव र रागिनीदेवी बर्णवालले समेत पार्टीको निर्णय विपरीत प्रदेशसभामा छुट्टै प्रस्ताव गर्दा गराएका छन् । प्रदेशको नाममा पार्टीकै निर्णय मान्य भएपनि राजधानीको सन्दर्भमा विद्रोही सांसदको फरक मत रहेको छ ।

विद्रोही सांसदले प्रदेशको राजधानी वीरगञ्ज महानगरपालिकादेखि बिन्ध्यबासिनी, पोखरिया, सखुवा, जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्म हुनुपर्ने प्रस्ताव गरेका छन् ।  

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी 

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध नियन्त्रण, सम्पर्क सञ्जाल र दुई देशको सीमा सुरक्षाका बारेमा छलफल भएको जानकारी दिएका छन् ।   
 
    बुधबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकबारे सदनलाई जानकारी दिँदै डुबानको समस्या, गौतमबुद्ध र निजगढ विमानस्थल र सीमास्तम्भ, सुस्ता र कालापानीको समस्या, पञ्चेश्वर परियोजना, व्यापार घाटा, परिमाणत्मक भन्सार महशुल दरका बारेमा छलफल भएको बताए । 
     
घुस दिन खोजेको आरोपमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुवा खेलाउने वातावरण मिलाइदिनु प¥यो भन्दै प्रहरीलाई प्रभावमा पार्न खोज्ने भक्तपुर नपा १ का गङ्गालाल श्रेष्ठलाई रु ४० हजारसहित पक्राउ गरेको छ ।
 
    सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा एक घर भाडामा लिई जुवा खेलाउँदै आएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउनेलाई पक्राउ गरेको थियो ।
 
    जुवा तास खेलाउनका लागि सहज वातावरण बनाई दिनुप¥यो भन्दै श्रेष्ठले प्रहरीलाई रु ४० हजार घुस दिन खोजेका थिए । आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले श्रेष्ठलाई महानगरीय प्रहरी परिसरबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था

    सरकारले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा समेत भिडियो ‘कन्फ्रेन्स’लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय गरेको हो ।

    यही भदौ १, २ र ४ गते भएको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था मिलाइएको जानकारी दिए । सो क्रममा ३ वटा बैठकले विभिन्न ३५ निर्णय गरेको जानकारी गराइयो । 


    श्रीकृष्ण जन्माष्टमी
    
    काठमाडौँ–वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व बिहीबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

    ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले बिहीबारको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

    अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले बिहीबारीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

    कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

    बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । 

    यस अवसरमा बिहीबार पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।

    काङ्ग्रेसले कात्तिकभित्र पार्टी संरचना समायोजन गरिसक्ने 
    
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको स्थानीय संरचनालाई सङ्घीय राज्य संरचनाअनुरूप रुपान्तरण गर्ने कार्यलाई तीव्रता दिएको छ । 

पार्टीको स्थानीय संरचनालाई सङ्घीय राज्य संरचनाअनुसार रूपान्तरण गर्न ‘नेपाली काङ्ग्रेस स्थानीय तह सङ्गठन पुनःसरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ लाई अन्तिम रूप दिई काङ्ग्रेसले बिहीबार सार्वजनिक गरेको छ । काङ्ग्रेसको गत साउन १७ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले १३औँ महाधिवेशनबाट निर्वाचित पार्टीको स्थानीय संरचनालाई विधानअनुसार सङ्घीय राज्य संरचनामा व्यवस्था भएको संरचनाअनुरूप रूपान्तरण गर्ने निर्णय गरेको थियो । 

सो निर्णयअनुसार पार्टीको स्थानीय सङ्गठनको समायोजन र गठन गर्न केन्द्रीय कार्यसमितिको गत साउन २६ गतेको बैठकले उक्त निर्देशिका पारित गरेको थियो ।


    त्रिविसहित चार विश्वविद्यालमा कामु उपकुलपति

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) लगायत चार विश्वविद्यालयका उपकुलपतिको चयन हुन नसक्दा कायममुकायम (कामु)उपकुलपतिको जिम्मेवारी दिइएको छ । 

    विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई चार विश्वविद्यालयको रिक्त हुन थालेको उपकुलपतिका लागि कामु उपकुलपतिको जिम्मेवारी तोक्दै पत्र पठाएको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।स 

    उनका अनुसार त्रिविमा कामु उपकुलपतिमा शिक्षाध्यक्ष डा सुधा त्रिपाठीलाई जिम्मेवारी तोकिएको छ । त्रिविका उपकुलपति डा तीर्थराज खनियाँको शुक्रबारदेखि पदावधि सकिने भएकोले शिक्षाध्यक्ष डा त्रिपाठीलाई कामु उपकुलपति तोकिएको हो । 

    यसैगरी केसीका अनुसार कृषि विश्वविद्यालयमा पशु, विज्ञान, भेटरिनरी विज्ञान तथा मत्स्यपालन सङ्कायका डिन शारदा थपलियालाई कामु उपकुलपति, संस्कृति विश्वविद्यालयमा शिक्षाध्यक्ष रमेश ढकाललाई कामु उपकुलपति र पूर्वाञ्चल विश्वविद्यालयमा बिजुकुमार थपलियालाई कामु उपकुलपतिको जिम्मेवारी तोकिएको छ । 

    आयोग अध्यक्षमा यादव सिरफारिस

    प्रदेश नं २ को लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक सुरेन्द्रप्रसाद यादवको नाम सिफारिस गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको समितिले बिहीबार सिराहाका यादवलाई अध्यक्षमा चयन गरेको हो । 

    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x