कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
भदौ ७, २०७६
काठमाडौं–प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे राजनीतिक दलले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव दर्ताका लागि सचिवालयले तोकेको अवधिको अन्तिम दिन बिहीबार दलहरूले प्रदेशको नाम र राजधानीबारे प्रस्ताव दर्ता गरेपछि यहाँ राजनीतिक माहोल ह्वात्तै तातेको छ ।
सत्ता साझेदार समाजवादी पार्टी र राजपा नेपालले नाम र राजधानीबारे संयुक्त प्रस्ताव दर्ता गरेका छन् । प्रदेशको नाउँ ‘मधेश’ र राजधानी बृहत् जनकपुर क्षेत्र समेटिएको जनकपुरधाम प्रस्ताव गरिएको छ । यद्यपि सत्ता साझेदार दल (समाजवादी पार्टी र राजपा नेपाल)का सात प्रदेशसभा सदस्यले राजधानीको हकमा वीरगञ्ज हुनुपर्ने फरक प्रस्ताव पेस गरेका छन् ।
त्यसैगरी नेपाली काङ्ग्रेसले नाउँ ‘मिथिला–भोजपुरा’ र राजधानी अहिलेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्र हुनपर्ने प्रस्ताव दर्ता गराएको छ । काङ्ग्रेसका पनि चार प्रदेशसभा सदस्यले भने प्रदेशको नाउँ ‘मध्यमधेश’ र राजधानी वीरगञ्ज हुनपर्ने फरक प्रस्ताव दर्ता गराएका छन् ।
यता प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशको नाउँ ‘जानकी’ र राजधानी समग्र धनुषा जिल्ला समेटिने गरी जनकपुरधाम हुनुपर्ने प्रताव दर्ता गराएको छ । नेकपाका प्रदेशसभा सदस्यले फरक प्रस्ताव भने दर्ता गराएका छैनन् ।
दलहरूले दर्ता गराएका प्रस्तावमा राजधानीको नाममा भने सहमति नजिक देखिएको छ । तर, प्रदेश नामकरणको विषयमा दलहरूको प्रस्तावले सकसपूर्ण बनेको यहाँका बुद्धिजीवीले औँल्याएका छन् । प्रदेशको नाम र राजधानी तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्थाले यो काम तत्कालै टुङ्गिने छाँट देखिएको छैन ।
प्रदेश २ मा सरकार गठन भएको एक वर्ष पाँच महिनापछि बल्ल नामकरण र स्थायी राजधानीबारे प्रदेशसभामा प्रक्रिया अघि बढेको छ । अब सचिवालयमा दर्ता भएका प्रस्तावलाई प्रक्रियाबाट छलफलमा लगिने प्रदेशसभाका सभामुख सरोजकुमार यादवको तयारी छ ।
ओलीसँग असन्तुष्ट नेपाललाई फकाउँदै दाहाल
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मनाउने प्रयास थालेका छन् । अध्यक्ष दाहाल र नेता नेपालबीच शुक्रबार यसै विषयमा छलफल भएको छ । दाहाल निवास खुमलटारमा भएको छलफलमा नेपाललाई फकाउँदै दाहालले पार्टी एकताको बाँकी काम टुंगो लगाउन पहल गरेका छन् ।
प्रधानमन्त्री ओलीको पार्टी एवं सरकार सञ्चालन शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेता नेपालले सात बुँदे असहमतिपत्र पार्टीमा बुझाएका छन् । बिहीबार बसेको सचिवालय बैठकमा समेत ओली र नेपालबीच चर्काचर्की भएपछि सम्बन्ध चिसिएको छ ।
ओली र नेपालबीच सम्बन्ध चिसिएसँगै दुईबीचको सम्बन्ध सुमधुर बनाउन दाहाल सक्रिय भएका हुन् । दाहाल सचिवालयका अनुसार खुमलटारमा भएको छलफलमा पार्टी एकताको बाँकी काम टुंग्याउन नेपाल सकारात्मक भए पनि आफ्नो अडान भने छाडेका छैनन् ।
पार्टीमा एक व्यक्ति, एक पद हुनुपर्ने र सचिवालय कमिटीमा तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाललाई ल्याउनुपर्ने अडानमा नेपाल रहेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकीकरणपश्चात् नेताहरूको जिम्मेवारी बाँडफाँडमा समेत असन्तुष्ट नेता नेपालले आफ्नो वरीयता हेरफेर गरेकोमा समेत चित बुझाएका छैनन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली उपचारका लागि सिंगापुर गएपछि एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी अर्का अध्यक्ष दाहालले पाएका छन् । दाहालले सो जिम्मेवारी पाएसँगै वरिष्ठ नेतासँग सोही विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । पार्टी एकता घोषणा भएको १५ महिना बित्दासमेत एकताको केही काम टुंगो लगाउन अझै बाँकी नै छ । बाँकी काम टुंगो लगाउन दाहालले नेपाललाई सहमतिमा ल्याएर अगाडि बढ्न खोजेका हुन् ।
सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जनवर्गीय संगठनको नेतृत्व, जिम्मेवारी बाँडफाँडलगायतका काम नेकपाले टुंगो लगाइसकेको छ । अब बस्ने सचिवालय बैठकले पोलिटब्युरो कमिटीका साथै आयोग, मञ्च, प्रवास कमिटी, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउनेछ । यसैगरी, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकसमेत बोलाउने विषयमा छलफल भएको छ । तर, अध्यक्ष ओली स्वदेश फर्किपछि मात्रै स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बस्ने स्रोतले जनाएको छ । एकताको बाँकी काम टुंगो लगाउँदै नेकपाले देशैभरि जागरण अभियानसमेत गर्ने तयारी गरेको छ ।राजधानी दैनिकमा खबर छ ।
गल्ती दोहोरिन नदिन आग्रह
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अनुशासन र एकता नै नेपालको पहिचान भएको बताएका छन् ।
प्रोग्रेसिभ इञ्जिनीयरीङ एशोसिएशन नेपाल (पिन)ले ललितपुरको जाउलाखेलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले नेपालको निरङ्कुश राजतन्त्र र सामन्ती व्यवस्थाको अन्त्यका लागि कुनै एउटा पार्टीले मात्र गरेको आन्दोलनले नभई सम्पूर्ण नेपालीको बलिदानीबाट भएको बताए । उनले राजतन्त्र तथा सामन्तवादको अन्त्यका लागि नेपालमा कम्युनिष्टहरूको आन्दोलन नै महत्वपूर्ण रहेको र कम्यनिष्टको नेतृत्वले नै बुर्जुवा, सामन्त तथा राजतन्त्रको अन्त्य गर्न सफल भएको बताए ।
पहिलो तथा दोस्रो विश्वयुद्धसँगै समाजवादको यात्रा शुरु भएको उल्लेख गर्दै अध्यक्ष दाहालले विश्व तथा नेपालमा रहेको वर्ग सङ्घर्षलाई सार्थकतामा पु¥याउने जिम्मा नेकपाको काँधमा रहेको बताए । उनले भारतीय कम्युनिष्ट पार्टीको जस्तो गल्तीलाई दोहोरिन नदिएर नै नेपालमा कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताए ।
अवकाश पाएका नासुलाई पुनः नियुक्ति
बाँकेको नरैनापुर गाउँपालिकाले अवकाश प्राप्त कर्मचारीलाई पुनः कर्मचारीमा नियुक्त गरेको रहस्य बाहिर आएको छ । साविकको नरैनापुर गाविसमै सचिव रहेका नायब सुब्बा मोहम्मद इस्माइल खाँलाई अवकाशपछि पनि गाउँपालिकाले पुनः नियुक्त गरेको रहस्य बाहिर आएको हो ।
निजामती सेवा ऐन, २०४९ को दफा ३३ बमोजिम व्यक्तिगत विवरण (सिटरोल) मा उल्लेखित जन्ममिति अनुसार २०७५ मङ्सिर ३ गते ५८ वर्ष पूरा भएपछि उनले अनिवार्य अवकाश पाएका थिए । अनिवार्य अवकाशपछि पनि उनी हालसम्म नरैनापुर गाउँपालिकामै कार्यरत रहेको पुष्टि भएको छ ।
कर्मचारी सङ्केत नं. १२२३३६ रहेका खाँ अनिवार्य अवकाश भएको भन्दै मिति २०७५ वैशाख ७ गते नै जिल्ला समन्वय समितिलाई जानकारी पत्र पठाइसकिएको छ । उक्त पत्र मिति २०७५ वैशाख २६ गते जिल्ला समन्वय समितिमा दर्ता भएको देखिन्छ । तर उहाँ हालसम्म पनि नरैनापुर गाउँपालिकामै कार्यरत छन् ।
नेपाल प्रहरीको सहप्रवक्तामा जोशी
प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीलाई केन्द्रीय प्रहरीको सहप्रवक्ता तोकेको छ ।
प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ र तथ्यगतरूपमा जानकारी दिने उद्देश्यले जोशीलाई सहप्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले शुक्रबार जनाएको छ ।
यसैबीच प्रहरीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न तीन हजार ८३१ का लागि नयाँ भर्ना दर्खास्त आह्वान गरेको छ । प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, महानगरीय प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुर, सातवटै प्रदेश प्रहरी तालीम केन्द्र तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयमा दर्खास्त बुझाउन सकिने प्रहरीले जनाएको छ ।
राप्रपा (संयुक्त)को केन्द्रीय समिति बैठक भदौ १९ मा
राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक भदौ १९ र २० गते काठमाडौँमा बस्ने भएको छ । पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी अध्यक्षद्वयको नेतृत्वमा रहेको राप्रपा (संयुक्त) को दुई दिन चल्ने उक्त बैठकले जनकपुर–वाल्मीकि आश्रम–लुम्बिनी यात्रालाई दिशानिर्देश गर्नेछ ।
बैठकले समसामयिक घटनाक्रम मध्यनजर गर्दै पार्टीको भावी नीति, कार्यक्रमबारे छलफल र महत्वपूर्ण निर्णय लिने तथा आगामी उपनिर्वाचनका विषयमा पनि नीतिगत निर्णय गर्ने बताइएको छ ।
‘पार्टीमा कुनै विवाद छैन’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले पार्टीभित्र कुनै विवाद नभएको बताएकाछन् ।
रिपोटर््र्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा नेताहरूले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई विवाद बनाउन नहुने बताए ।
स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्र भएका विचार तथा बहस आन्तरिक रूपमा हल गर्न सकिने बताए ।
यस्तै स्थायी समिति सदस्य आनन्द पोखरेलले कम्युनिष्ट आन्दोलनमा सानातिना बहस र छलफल हुनु स्वभाविक र सामान्य विषय भएकाले अहिले पनि पार्टीभित्रको बहस तथा छलफल यति धेरै चर्चा पाउनुपर्ने विषय नभएको बताए ।
श्रीकृष्ण जन्माष्टमी
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाएका छन् ।
भक्तजनको बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिर, यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको थियो । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड थियो ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले शुक्रबारको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्छन् ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले शुक्रबारीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्रग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
मुद्दा दायर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय सुनसरी इनरुवाका सर्वेक्षक मागैन महतो र लेखापढी व्यवसायी रामनारायण पोदारविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जग्गा नाप गरी सुधार गरिदिने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई केही दिन पहिले पक्राउ गरेको थियो । निमयानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीलाई अप्ठ्यारोमा पारेर ११ हजार घुस माग गरेको उनीहरू माथि आरोप लागेको छ ।
यस्तै आयोगले प्रहरीचौकी पाँचलाख काभ्रेका प्रहरी हबल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
एनआरएनएको महाधिवेशन काठमाडौँमा
‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ भन्ने नाराका साथ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।
सङ्घको बिहीबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा उक्त मिति तय गरेको हो । उक्त विश्व सम्मेलन पनि विगतमा झैँ नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घको संयुक्त आयोजनामा हुने छ ।
सम्मेलनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन हुने कार्यअन्तिम चरणमा पुगेको छ । आयोजक समितिमा सरकारका प्रतिनिधि र सरोकारवाला सङ्घ संस्थाका अध्यक्ष रहने व्यवस्था छ ।
यसैगरी सङ्घको आन्तरिक आयोजक समिति सङ्घका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन गरिएको छ । यही विश्व सम्मेलनकै समयमा सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न हुने छ । महाधिवेशनमा नै नयाँ कार्यकालको लागि सङ्घका अध्यक्षलगायत अन्य पदाधिकारीको निर्वाचन हुने छ ।
आईभी सेट खरिदमा कर छली
भाइटल हेल्थ केयर प्रालिले आइभी सेट (सलाइन चढाउन प्रयोग गरिने पाइपसहितको सेट) खरिदमा रु एक करोड बढीको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ । वीरगञ्ज भन्सार कार्यालमया न्यून मूल्य घोषणा गरी छ हजार १०० थान आइभी सेट खरिदमा रु एक करोड १९ लाख राजश्व छली गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
भाइटल हेल्थ केयरका सञ्चालक राजेशकुमार अग्रवाल र सरोज गोयलले भन्सार ऐजेन्टका प्रतिनिधि तथा ट्रक धनी कुमार खरेल र चालक रञ्जन अधिकारीको सहयोगमा भारतबाट ना७ख ६२५९ नम्बरको ट्रकमा पैठारी गर्दा उक्त सेट खरिदमा राजश्व छलेको पाइएको हो ।
सर्वोच्च अदालतले सोध्यो संविधानविपरीत सुविधा लिनाको कारण
सर्वोच्च अदालतले संविधानविपरीत प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने कानून बनाउनुको कारण सोधेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले उक्त सुविधा लिने गरी कानून बनाउनुको कारण देखाउ आदेश जारी गरेको हो ।
अधिवक्ता लोकेन्द्र ओलीले यही भदौ १ गते दायर गरेको रिट निवेदनमा संविधानको धारा २२०(८) र धारा २२७ मा स्थानीय तहका जनप्रतिनिधिले सुविधा मात्र लिने व्यवस्था रहेको उल्लेख छ । सो व्यवस्थाको गलत व्याख्या गरी प्रदेश नं २ र ३, गण्डकी, प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाले मासिक रुपमा तलब, ज्याला, पारिश्रमिकसहित सुविधा लिन पाउने ऐन जारी गरेर लागू गरेको निवेदनमा जिकिर गरिएको छ ।
निवेदनमा प्रदेशसभाले संविधानको गम्भीर उल्लङ्घन गरी लागू गरेका ऐन तत्काल बदर खारेजीको माग गरिएको थियो । निवेदनमा छ वटै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई विपक्षी बनाइएको छ । संवैधानिक इजलासमा दर्ता भएको रिट निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाई भएको हो । दुवै पक्षका लागि छलफल पुनः अदालतले बोलाउने छ । प्रदेश नं १ को प्रदेशसभाले भने सुविधा मात्रै लिने कानुन बनाएको छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...