कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं– मकवानपुरकी १९ वर्षीया सरिता तामाङ (नाम परिर्वन)लाई एक दिन इमोमा फोन आयो ।
पहिलोपटक त उनले उठाइनन् । दोस्रोपटक आफन्त हो कि भन्ठानेर उठाइन् । फोनमा बोल्ने आवाज नौलो थियो ।
‘तपाईं को हो ?’ सरिताले प्रश्न गरिन् । उनले नबोलिकन फोन राखे । सरितालाई खुल्दुली भयो– को होला फोन गर्ने तर नबोल्ने ?
उनले केही समयपछि इमोमै फोन फर्काइन् । उताबाट आवाज आयो– ‘हेलो !’ आवाज मधेसी लवजको थियो ।
उनले सोधिन्, ‘तपाईं को हो ?’ जवाफ आयो– ‘म तपाईंकै मान्छे ।’
‘नचिनेको मान्छे के ल्याङल्याङ गरेको होला !’ उनले रिसाउँदै फोन राखिन् ।
तर, उताबाट फोन आउन छाडेन । बिस्तारै कुराकानी पनि हुन थाल्यो ।
केही दिन त बोलिन्, तर नचिनेको मान्छे भनेर फेरि फोन उठाउन छाडिन् ।
उताबाट फोन आइनैरहन्थ्यो । ती व्यक्तिले फोटोहरू पनि पठाउँथे । सामान्य फोटो आउँदा उनले इग्नोर गरिरहेकी थिइन् ।
एकदिन त उनी छाँगाबाट खसेजस्तै भइन्, उनलाई इमोकै म्यासेजमा ती व्यक्तिले पुरुष यौनाङ्गको फोटो पठाएका थिए ।
उनको धैर्यताको बाँध टुट्यो । फोन गरेर थर्काइन्, तर त्यस्तो फोटो आउने क्रम रोकिएन ।
अति भएपछि उनले आफन्तलाई घटनाबारे बताइन् । आफन्तकै सल्लाहमा जिल्ला प्रहरी कार्यलय मकवानपुरमा उजुरी दिइन् ।
जिल्ला प्रहरी कार्यलयले उक्त उजुरीमाथि अनुसन्धानका लागि साइबर अपराध अनुसन्धान ब्यूरोलाई आग्रह गर्यो ।
उजुरी प्राप्त भएपछि ब्यूरोको टोली खटियो । सरितासँग ती व्यक्तिको मोबाइल नम्बर पनि रहेकाले पत्ता लगाउन निकै सहज भयो । पक्राउ परे रौतहटमा समान्य व्यापार गर्दै आएका हरिशरण यादव (नाम परिर्वत) ।
प्रहरीले पक्राउ गरेर उनलाई काठमाडौं ल्यायो र कारवाही प्रक्रिया अगाडि बढायो । सबै प्रमाण हरिशरणको खिलाफमा आयो ।
प्रहरी अनुसन्धान सकिएपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भयो ।
अदालतबाट पनि उनी दोषी ठहरिए । विद्युतीय कारोवार ऐन– २०६३ को दफा ४७ बमोजिम दोषी ठहर भएका उनलाई एक लाख जरिवाना गरी छाडियो ।
के छ कानूनमा ?
दफा ४७ मा भनिएको छ- ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’
साइबर अपराधका उजुरी बढ्दो
केन्द्रीय साइबर अपराध ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक विकास श्रेष्ठले दैनिक सरदर ५ वटा उजुरी परिरहेको बताए ।
‘यो असार मसान्तपछि २ सयवटा उजुरी परेका छन् । यो भनेको ४० दिनमा परेको उजुरी हो, यसमध्ये ३ जनाले अदालतबाट सजाय नै पाएका छन् भने ७ जनालाई अदालतमा मुद्दा चलाएका छौं,’ उनले भने, ‘यसरी हेर्ने हो भने यो समस्या ठूलो हो । यसका लागि हामीले विभिन्न कार्यक्रमहरू चलाउँदै अएका छौं ।’
ब्यूरोले स्कूल तहमा साइबर अपराधसम्बन्धी कार्यक्रम चलाउन शुरू गरेको छ । विद्यालय तहमा जनचेताना अभिवृद्धि गर्ने हिसाबले इन्टरनेटको माध्यमबाट कसरी अपराध भइरहेको छ, यसलाई प्रहरीमा खबर कसरी गर्ने जस्ता कुरा विद्यार्थीलाई सिकाउने गरिएको डीआईजी श्रेष्ठले लोकान्तरलाई बताए ।
एक जनाले धेरै सिमकार्ड लिँदा समस्या
एक जनाले दुई वा दुईभन्दा बढी मोबाइलको सिमकार्ड लिँदा समस्या देखिएको छ ।
व्यपार गर्ने हिसाबले एक जनाले १ सयभन्दा धेरै सिम लिएकाले अपराध गरेर अपराधी भाग्ने गरेको देखिएको साइबर अपराध अनुसन्धान व्यूरोका एक प्रहरी निरीक्षक बताए ।
‘एक जनाले १ सयभन्दा बढी सिमकार्ड लिएर बेच्दो रहेछ । उसबाट सिम किनेको एक जनाले अपराध गर्यो, उसलाई खोज्दै जाँदा अर्कै पर्यो !’ उनले केही समयअघिको घटनाक्रम सुनाए ।
कति भए सामाजिक सञ्जालमार्फत अपराध ?
पछिल्लो ४ वर्षमा सामाजिक सञ्जालमा १ सय ३१ वटा अपराधका घटना भएको उजुरी प्रहरीसमक्ष आएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत सबैभन्दा धेरै अपराधका घटना भएका छन् ।
आर्थिक वर्ष २०७२/७३ मा सामाजिक सञ्जाल फेसबूक भएको अपराध १७ वटा, २०७३/०७४ मा २२ वटा, २०७४/०७५ मा ५० वटा र २०७५/०७६ को वैशाखसम्म ९ महिनामा ४२ वटा अपराधका मुद्दा महाशाखामा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७२/७३ मा ह्याकिङका अपराध ४ वटा, २०७३/०७४ मा १ वटा, २०७४/०७५ मा २ वटा र २०७५/०७६ को ९ महिनामा ८ वटा उजुरी दर्ता भएका अपराध अनुुसन्धान महाशाखाको तथ्यांकले देखाएको छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...