×

NMB BANK
NIC ASIA

निगरानी सरकारी सम्पत्तिमाथि : भाग - ४४

सरकारी गाडीमा कर्मचारीका छोराछोरी सरर ...

भदौ ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – २ नम्बर प्रदेशमा सरकारी गाडीको चरम दुरुपयोग हुँदै आएको छ । 

Muktinath Bank

सरकारी कामकाज गर्नका लागि मात्र कर्मचारीलाई प्रदान गरिएको सरकारी गाडी कर्मचारीले निजी कामका लागि समेत प्रयोग गर्ने गरेका छन् । पत्नी र छोराछोरीलाई घुमाउन तथा घरायसी सामान ओसारपसार गर्ने काममा सरकारी गाडीको दुरुपयोग हुँदै आएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत मंगलवार बिहान ठीक १० बजेको समयमा सेतो प्लेटको बा२झ २४०९ नम्बरको सरकारी गाडी जनकपुरधाम उपमहानगरपालिका–४ स्थित समता स्कूल अगाडि रोकियो । गाडीमा सरकारी पोशाकमै रहेका पशु चिकित्सक कौशलेन्द्र मिश्रले छोरालाई गाडीबाट ओरालेर विद्यालयमा पुर्‍याए । गाडीबाट १ जना महिलाले समेत आफ्ना छोरालाई झोलासहित ओरालिन् । अर्की १ जना महिला सरकारी पोशाकमै गाडीभित्र बसिरहेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

पशु चिकित्सक कौशलेन्द्र मिश्रले प्रदेशको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको गाडी आफूले प्रयोग गरेको बताए । ‘पशु महाशाखाका लागि प्रदेश सरकारले गाडी दिएको भएपनि कहिलेकाहीँ मात्र गाडीमा लिफ्ट लिने गरेको हो,’ मिश्रले भने, ‘घरबाट मन्त्रालय जाने बाटोमै आफ्नो बच्चाको स्कूल पर्ने भएकाले लिफ्ट मात्र लिएको हो ।’

Vianet communication
Laxmi Bank

आफूलाई मन्त्रालयले मोटरसाइकल दिएकाले प्रायः मोटरसाइकल नै चढ्ने गरेको तथा कहिलेकाहीँ मात्र गाडीमा लिफ्ट लिने गरेको मिश्रले बताए ।

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव डा. विजयचन्द्र झाले गाडी पशु महाशाखा प्रमुख उपसचिव विजय महतोका लागि छुट्याएको तर मन्त्रालयले फिल्डमा जानका लागि विभिन्न कर्मचारीले प्रयोग गर्दै आएको बताए । उनका अनुसार गाडी पशु चिकित्सक मिश्रले छोराछोरीलाई स्कूल पुर्‍याउन प्रयोग गरेका छन् भने संयोगले मात्र भएको होला । ‘छानबिन गरेर आवश्यक कारबाही अघि बढाउँछु, कर्मचारीले सरकारी गाडीको दुरुपयोग गर्नु हुँदैन । गरेका छन् भने त्यसलाई नियन्त्रण गर्नेछु,’ सचिव झाले भने ।

मन्त्री र राज्यमन्त्रीलाई २/२ वटा गाडी

भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साह २ वटा सरकारी गाडी चढ्ने गर्छन् । उनले एउटा २०७५ कात्तिक ७ गते ७२ लाख ९८ हजार ९ सय ९९ रुपैयाँमा किनिएको ज१झ ४३७ नम्बरको टाटा सफारी स्टोर्म चढ्ने गरेका छन् । पशु सेवा विभागबाट हस्तान्तरण भई आएको बा१झ ९९६९ नम्बरको निसान गाडी पनि मन्त्री साहले नै चढ्दै आएका छन् ।

राज्यमन्त्री योगेन्द्र राय यादव पनि २ वटा चारपांग्रे गाडी चढ्दै आएका छन् । ७२ लाख ९८ हजार ९ सय ९९ रुपैयाँमा मन्त्रालयले किनेको ज१झ ४४५ नम्बरको टाटा सफारी स्टोर्म र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट हस्तान्तरण भई आएको बा२झ १७९८ नम्बरको बोलेरो गाडी उनले प्रयोग गरिरहेका छन् ।

मन्त्रालयका सचिव डा. झाले पनि ७२ लाख ९८ हजार ९ सय ९९ रुपैयाँमा खरिद भएको ज१झ ४३८ नम्बरको टाटा सफारी स्टोर्म गाडी चढ्दै आएका छन् ।

कर्मचारीदेखि मन्त्रीका स्वकीय सचिवलाई मोटरसाइकल

मन्त्रालयले १३ वटा मोटरसाइकल किनेको र ३ वटा मोटरसाइकल अन्य कार्यालयबाट हस्तानतरण भई आएको मन्त्रालयका जिन्सी शाखा प्रमुख निरन्जनकुमार सुरैतले बताए । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट एउटा, कृषि विकास निर्देशनालय, नक्टाझिजबाट एउटा र कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र नक्टाझिजबाट एउटा गरी ३ वटा मोटरसाइकल हस्तान्तरण भई आएको हो । २ लाख ८ हजार रुपैयाँ पर्ने १ सय ५० सीसीको डिस्कभर मोटरसाइकल ४ वटा र २ लाख ९ हजार ९ सय रुपैयाँ पर्ने १ सय ५० सीसीको एफजेडआरआर मोटरसाइकल १२ वटा मन्त्रालयले किनेको छ ।

मन्त्री साहका स्वकीय सचिव नवानित झा, राज्यमन्त्री यादवका स्वकीय सचिव कमलेश यादवलाई पनि सरकारी मोटरसाइकल दिइएको जिन्सी प्रमुख सुरैतले बताए । अधिकृत मनिषकुमार पाल, रजनीश मिश्र, विनित झा, लेखा अधिकृत कृष्णदेव साह, पशु चिकित्सक इन्द्रदेव साह, शाखा अधिकृत राम उदगार अधिकारी, रामप्रित यादव, विक्रम यादव, प्रेम यादव, स्टोर किपर निरञ्जनकुमार सुरैतलाई सरकारी मोटरसाइकल दिइएको छ ।

मन्त्री र राज्यमन्त्रीलाई मोबाइल र ल्यापटप

मन्त्री साह र राज्यमन्त्री यादवलाई २५ हजार रुपैयाँ पर्ने सामसुङको जे७ प्राइम मोबाइल दिइएको छ । तर मोबाइल फुटेपछि मन्त्री साहले फिर्ता गरिसकेको जिन्सी प्रमुख सुरैतले बताए । ‘उहाँलाई अहिले नयाँ मोबाइल किनेर दिइएको छैन,’ जिन्सी प्रमुख सुरैतले भने, ‘तर राज्यमन्त्रीलाई दिइएको मोबाइल भने उहाँले प्रयोग गरी नै रहनुभएको छ ।’

मन्त्रालयमा फिर्ता हुने गरी मोबाइल दिइएको उनले बताए । मन्त्री र राज्यमन्त्रीका लागि ७५ हजार रुपैयाँ पर्ने ल्यापटप समेत दिइएको छ । मन्त्री साहलाई लेनेभो र राज्यमन्त्री यादवलाई एचपी ल्यापटप दिइएको छ ।

हेर्नुहोस्, यसअघिका भागहरू :

भाग– ४३ : संसद्‍मा गाडी किन्दा अनियमितता : नक्कली स्पीकरले यसरी खोल्यो पोल !

भाग– ४२ : शिक्षा मन्त्रालयको एउटै गाडी दिनमा दुई पटकसम्म मर्मत, बिल पनि डेढ लाख र साढे २ लाखका !

भाग– ४१ : विदेश भ्रमणमा बेथिति : प्राविधिक जानुपर्ने तालिममा हाकिमहरूको 'घुमघाम' !

भाग– ४० : एकै मन्त्रालयबाट १० महिनामा ३६ लाखभन्दा बढीको सवारी मर्मत, ऐन-नियम उपेक्षा गरी जथाभावी खर्च !

भाग– ३९ : कृषकका नाममा आफैं विदेश उड्छन् कर्मचारी, एकै मन्त्रालयबाट २ वर्षमा ७३८ जना भ्रमणमा

भाग– ३८ : ल्यापटप, मोबाइलदेखि ब्रिफकेससम्म सरकारी, सरुवा भएर जानेले समेत गर्दैनन् फिर्ता !

भाग– ३७ : ‘सौखिन’ सचिव दिनैपिच्छे फेर्छन् गाडी, ४ पांग्रे सवारीमा मन्त्रीका सल्लाहकारको रजाइँ

भाग– ३६ : मन्त्रीका पत्नी र छोराछोरीलाई सरकारी गाडी ! इन्धनमा चरम दुरुपयोग

भाग– ३५ : सरकारी गाडी मर्मतमा चालकदेखि वर्कशपसम्म ‘सेटिङ’, एकै गाडी महिनामा ३ पटकसम्म मर्मत !

भाग– ३४ : सरकारलाई कर्मचारीभन्दा गाडी पाल्न महंगो ! [लोकान्तर खोज]

लोकान्तर समाचार प्रभाव : ऊर्जा मन्त्रालयबाट फिर्ता भए विद्युत् प्राधिकरणका गाडी

भाग- ३३ : १ रुपैयाँमा गिलास र मार्कर, १२ रुपैयाँमा पेनड्राइभ किन्छ मन्त्रालय !

भाग- ३२ : पूर्व पदाधिकारीका नाममा शरणार्थी नेतालाई गृहको गाडी, सल्लाहकारलाई २ सय ४० लिटर इन्धन

भाग- ३१ : राजधानीमा पानी बाँड्न नसक्ने केयूकेएलमा गाडी नै गाडी, कर्मचारीलाई मासिक १६० लिटर इन्धन !

भाग- ३० : निरन्तर घाटामा गएको निगमका १३ हाकिमलाई असीमित इन्धन सुविधा, एउटै नम्बरका २ गाडी !

भाग- २९ : सुदूर प्रदेशका मन्त्रीको ध्यान मोजमस्तीमा : धमाधम गाडी खरिद, विकासलाई बेवास्ता !

भाग- २८ : मुख्यमन्त्री कार्यालयमा ब्रह्मलुट : एक हातमा करार नियुक्ति, अर्को हातमा सवारी साधनको 'चाबी' !

भाग- २७ : विद्युत् प्राधिकरणका गाडीमा गडबडी, पुलका गाडी पनि रातो प्लेटमा !

भाग- २६ : सवारी सुविधामा बेमेल : महानिर्देशकलाई २१ लाखको गाडी, मातहत कर्मचारीलाई ७५ लाखको !

भाग- २५ : इन्धनमा आयल निगमका कर्मचारीको हालीमुहाली, निगमकै गाडीमा मन्त्रीको रजाइँ !

भाग- २४ : राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई परराष्ट्रका ‘बुलेटप्रूफ’ गाडी, बिग्रेको गाडी प्रदेश सरकारलाई !

भाग- २३ : सर्वाेच्च न्यायमूर्तिको ‘गैरकानूनी परम्परा’ : नयाँ गाडी किन्दै, घर लैजाँदै !

भाग- २२ : सेवासुविधा निर्देशिका नै मान्दैनन् सिंहदरबारका कर्मचारी, सवारीसाधन प्रयोगमा छाडा

भाग- २१ : महानगरमा महाबेथिति : सरकारी गाडीलाई रातो प्लेटमा निजीझैं चरम दुरुपयोग

भाग- २० : संसद सचिवालयले बाँड्छ ३१ पदाधिकारीलाई इन्धन, देउवादेखि नेम्वाङसम्मले लिन्छन् सुविधा

भाग- १९ : उद्योगमन्त्री यादवलाई तीनवटा गाडी, मन्त्रालयको गाडीमा शाखा अधिकृतसम्मको रजाइँ !

भाग- १८ : योजना आयोगमा उपाध्यक्षलाई दुई गाडी, सदस्य समेतलाई मासिक १८० लिटर इन्धन

भाग- १७ : मन्त्रीका स्वकीय सचिवसम्मलाई विभागको गाडी, सचिवलाई दिइएको जगेडा गाडी नै झण्डै एक करोडको !

भाग- १६ :‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !

भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग

भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !

भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !

भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !

भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ

भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा

भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !

भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !​

भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी

भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?

भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !

भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !

भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !

भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x