×

NMB BANK
NIC ASIA

संगीत संसार

संगीतका भक्त ‘भानुभक्त’ : चर्चित गायकगायिकाका गुरु

भदौ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ‘मैले जे सिकेँ, त्यो सबै सिकाउँछु,’ जमलस्थित डोरेमी संगीत पाठशालामा गफिएका संगीतकार भानुभक्त ढकालले भनेका थिए । उनको परिचय गायक, संगीतकार भन्दा नि बढी ‘संगीत गुरु’ मा छ । उनी नामी संगीत गुरु हुन् भन्दा फरक पर्दैन । उनले संगीत सिकाउनमै जीवनको लगभग २० वर्ष खर्चिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शुरूआती सिकाइ


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०३१ सालमा झापा जिल्लाको बाहुनडाङ्गीमा जन्मिएका भानुभक्तलाई सानैदेखि संगीतमा केही गर्नुपर्छ भन्ने लागेको थियो । तर त्यो हुटहुटीले मूर्तरूप लिन एसएलसी पछिको समय नै पर्खनुपर्‍यो । एसएलसीपछि उनी क्याम्पसमा भर्ना भए । क्याम्पसका केही साथीहरूमा पनि संगीतप्रेमी रहेछन् । संगीत सिकाइका शुरूआती दिनबारे उनी भन्छन्, ‘साथीहरूले बादल लामा भन्ने गुरुलाई बोलाउनुभएको थियो । उहाँसँगै हामीले त्यो सिक्ने मौका पायौं ।’ संगीतको सारेगम बादल लामासँग सिक्दै गर्दा उनले इलाम छोड्नुपर्ने अवस्था आयो । ढकाल भन्छन्, ‘सिक्ने विद्यार्थीको संख्या थोरै भएको र आर्थिक अवस्थाका कारण बादल गुरुले त्यहाँ सिकाइरहन सक्नुभएन र आफ्नो घर सिलिगुडी जानुभयो ।’


Advertisment
Nabil box
Kumari

ढकाललाई जसरी पनि संगीत सिक्नुथियो । उनमा संगीतको रस पसिसकेको थियो । त्यसपछि उनले सोचे- अब गुरुकै घर गएर सिक्छु । उनी संगीत सिक्नकै लागि झापाबाट सिलिगुडीभन्दा पर मालझडी पुगे । त्यहाँ पुग्न लगभग तीन घण्टा लाग्थ्यो । पुराना दिन स्मरण गर्छन्, ‘म बस्ने ठाउँबाट सिलिगुडी दुई घण्टा लाग्थ्यो । त्यहाँबाट माथि पनि एक घण्टा लाग्थ्यो । जाँदा आउँदा ६ घण्टा बित्थ्यो । हामी मंगलसिंह गुरुङको साथमा उहाँको घरमा गएर संगीत सिक्थ्यौं ।’

Vianet communication
Laxmi Bank

सिक्दै सिकाउँदै

संगीत सिक्दै गर्दा नै उनी गुरु भइसकेका थिए । बादल लामासँग उनी जे सिक्थे, त्यो आफ्ना विद्यार्थीलाई सिकाउँथे । उनी भन्छन्, ‘बादल गुरुसँग सिक्दासिक्दै मैले सिकाउन सक्ने भइसकेको रहेछु । मैले उहाँले सिकाउनुभएको कुरा चाँडै टिप्ने भएकाले सहज भयो ।’ उनले कोठा भाडामा लिएर १६ जना विद्यार्थीलाई सिकाउन थाले । 

उनी खुल्छन्, ‘सिक्न आउनेसँग मैले महिनाको दुई सय लिएर सिकाउन थालेँ । जबकी त्यो बेला एउटा कोठाको भाडा दुई सय नै थियो । म हप्तामा एक दिन बादल लामासँग संगीत सिक्न मालझाडी जान्थेँ र अरू दिन इलाममै सिकाउँथे ।’

उनलाई अझै संगीत सिक्ने भोक जागिरह्यो । त्यसपछि उनलाई लाग्यो-यही चीजले मलाई राम्रै भइरहेको छ भने म यसमा अझै मेहनत गर्छु। र उनी काठमाडौं हानिए ।

काठमाडौंको डोरेमी संगीत पाठशालामा उनले ६ वर्ष गुरुदेव कामत संगीत सिके । उनले ०५४ सालदेखि ०६० सालसम्म उनले त्यहीँ संगीत सिके । र डोरेमीमै सिकाउन पनि थाले । 

उनले भने, ‘गुरुदेव कामतले भानुभक्तले गर्न सक्छ, उसलाई यहीँ राखौं भन्नुभएपछि न्ह्यु सरलाई भनेर मैले यहाँ सिकाउन थालेँ ।

त्यसपछि उनले डोरेमीमै संगीत सिकाइरहेका छन् ।

सांगीतिक ब्रेक

२०४८ सालमारेडियो नेपालद्वारा आयोजना गरिएको आधुनिक गीत प्रतियोगितामा भाग लिन आफू काँकरभित्ताबाट सय रुपैयाँ भाडा तिरेर काठमाडौं आएको उनी बताउँछन् ।

तर उनले रेडियो नेपाल कहाँ छ भन्ने थाहा थिएन । मात्र सुनेका थिए- सिंहदरबार, काठमाडौं, नेपाल।

भन्छन्, ‘रेडियो नेपाल कहाँ छ भन्ने पनि थाहा थिएन । आफ्ना मान्छे कोही नहुँदा समस्या त भयो नै । तर रेडियोमा सुनेको आधारमा त्यो ठाउँमा पुग्छु भन्ने चाहिँ लागेको थियो । सोध्दै सोध्दै रेडियो नेपाल गएँ ।’

त्यो प्रतियोगितामा भाग लिन उनले झापाबाटै आफूले गीत तयार गरेका ल्याएका थिए ।

तिम्रो माया स्वार्थी र झुटा थिए भने औंला काटेर सन्धी किन गर्‍यौं ? तिमी आफैंमा विश्वास थिएन भने प्रेमको माला किन पहिर्‍याइदियौं ?

उनका अनुसार त्यतिबेला प्रतियोगितामा गाउन सक्छ कि सक्दैन भनेर भ्वाइस टेस्ट लिइन्थ्यो । त्यसमा उनी पास भए र गीत गाए ।

तर उनले भ्वाइस टेस्टको प्रमाणपत्र भने २०५५ सालमा लिए । र त्यही गीत गाए- ‘तिम्रो माया स्वार्थी…’

भ्वाइस टेस्ट पास गरेपछि उनले गायन प्रतियोगिता सकभर छुटाएनन् । जसले आफूलाई उर्जा दिएको उनी बताउँछन् । तर त्यतिबेला उनका प्रतिस्पर्धी भने आफ्नै साथीहरू हुन्थे । भन्छन्, ‘नारायण लामा, मनोज राज, सत्य-स्वरूप, कृष्णभक्त राई, सतिश महर्जन, जगदीश समाल, भीम चापागाइँहामी सबै एउटै कम्पिटिनमा जहाँ पनि जान्थ्यौं ।’

तर प्रतिस्पर्धी भए भने तँछाडमछाड र रिस रागको प्रतिस्पर्धी नभएको उनी सुनाउँछन् ।

गायन प्रतियोगिताले स्वरमा निखारता ल्याउने र अनुभव पनि हुने उनको भनाइ छ ।

उनी विसं २०५९ सालमा रेडियो नेपालले कृष्ण जन्माष्टमीको अवसरमा कृष्ण भजन कम्पिटिसनमा प्रथम पनि भएका थिए । जसले निकै उर्जा दिएको उनी बताउँछन् ।

ठमेल बजारबाट चर्चा

उनले ०६० सालमा ‘पीडाको अर्थ’ भन्ने गीति एल्बम निकालेका थिए, जसमा १२ वटा गीत समावेश थिए । ‘आउ तिमी बहार बनेर आउ’ यो गीतले त्यतिबेला पनि चर्चा पाएको थियो । दुई वर्षअघि उनले कालीप्रसाद बाँस्कोटाको संगीतमा ठमेल बजारमा स्वर दिए । र दर्शक/स्रोताको ‘नोटिस’ भए । उनले ‘मालतीको भट्टी’ फिल्मको ‘थपिदेउ न मालती…’ बोलको गीत पनि गाएका छन् । त्यसले पनि चर्चा पाएको थियो ।

ठमेल बजारबाट आफूलाई संगीत क्षेत्रमा चिनाउन मदत गरेको उनी स्वीकार्छन् ।

लेख कार्कीको शब्द रहेको ‘एकलाई शुन्य सय’ भन्ने गीतमा पनि ढकालले स्वर दिएका छन् ।

पहिला परिवारको साथ रहेन,अहिले दंग

शुरूको अवस्थामा आफूलाई परिवारबाट सपोर्ट नभएको उनको भनाइ छ । उनले म गीतसंगीतमा लाग्छु भन्दा परिवारका सदस्यले भन्थे रे- संगीत क्षेत्रमा लागेर के गर्छस् ! बरू अरू नै काम गर पढ । केही गर । आफ्नो आर्थिक कसरी मिलाउनेतर्फ सोच ।

पहिला गाली गर्ने परिवारका सदस्यको मन रेडियोमा आफ्ना गीत बज्न थालेपछि फर्किएछ । उनी भन्छन्, ‘गाउँका मान्छेहरूले मेरो गीत रेडियोमा बजेको छ भनेर आमाबालाई सुनाउन थालेपछि उहाँहरू खुशी हुनुभयो ।’ त्यसपछि उनलाई परिवारको साथ रह्यो ।

शालीन संगीतकार

गायक तथा संगीतकार भानुभक्त ढकाललाई चर्चा र मिडियाबाजीको लोभ छैन । उनी तडकभडक गर्दैनन् । न त स्टेज कार्यक्रममै दगुर्छन् । निकै शालीन र भद्र देखिन्छन् । स्टेजको मोह छैन त ? लोकान्तरको प्रश्नमा उनी भन्छन्, ‘बिहान बेलुका मैलै विद्यार्थीहरूलाई संगीत सिकाउँछु । दिउँसो डोरेमीको व्यवस्थापनमै व्यस्त हुन्छु । हत्तपत्त बाहिर जान भ्याउँदिनँ ।’ अफिसकै शेड्यूलमा व्यस्त हुने भएकाले बाहिर जान नपाएको उनको भनाइ छ ।

फुर्सदिलो भएर दिनभरी कार्यक्रममा हिँडेर बस्न नभ्याउने भएकाले स्टेज कार्यक्रममा आफूलाई मानिसहरूले कम देखेको उनी बताउँछन् ।

ढकाल गीत लेखन, गायनदेखि संगीतसम्ममा काम गर्छन् । तपाईंलाई मानिसहरूले के भनेर चिन्ने ? उनी मुस्कुराउँदै भन्छन्, ‘म संगीत कर्ममा लागेको एउटा कलाकार हुँ । संगीतलाई आफ्नो जीवन बनाएर हिँडेको मान्छे हुँ ।’ उनी आफूलाई धेरैजसोले गुरु भनेर चिन्ने गरेको बताउँछन् ।

उनले संगीत सिकाएकाहरूले अहिले नेपाली सांगीतिक बजारमा बेग्लै स्थान बनाइसकेका छन् । उनी भन्छन्, ‘इन्दिरा जोशी, सन्तोष लामा, अर्जुन पोखरेल, राजनराज शिवाकोटी, कमलीकान्त भेटवाल, बेनुका राई, शशी रावल, गैरे सुरेश, आशिष अविरल, पुष्पा गुरुङ, निशा देशारलगायतलाई मैलै नै संगीतको सा रे ग म सिकाएको हुँ ।’

तर आफूले सिकाएकै कारण उनीहरू सफल भएको पनि भन्दैनन् उनी । उनीहरूलाई आफूले बाटो देखाउन पाएको गौरवान्वित महसूस गर्ने गरेको उनी बताउँछन् ।

भ्वाइस अफ नेपालसँगको आबद्धता

‘भ्वाइस अफ नेपाल’ नेपालमा भित्रिएको ठूलो गायन रियालिटी शो हो । उनी यसको पहिलो संस्करणमै ‘टीम प्रमोद’को तर्फबाट एड्भाइजरको भूमिकामा थिए । दोस्रो संस्करणमा पनि उनी सोही भूमिकामा छन् ।

‘कोच’लाई मात्र दर्शकले ‘नोटिस’ गरेपनि टीममा आबद्ध भएका प्रतिस्पर्धीहरूलाई उनले संगीत सिकाउँछन् र स्टेजमा कसरी प्रस्तुत हुने भन्नेसम्मका कुरा सिकाउँछन् ।

प्रमोदसँग राम्रो सम्बन्ध भएको र फिरोज तिमल्सिनाको आग्रहको कारण आफू ‘भ्वाइस अफ नेपाल’मा आबद्ध भएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x