कात्तिक १९, २०८०
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
बिस्तारै–बिस्तारै आधुनिक प्रणालीतर्फ उन्मुख नेपालको बैंकिङ सिस्टममा शनिवार राति भएका घटनाले सर्वसाधारण निक्षेपकर्तालाई झस्काइदियो ।
प्रविधि जानेका चिनियाँ लुटेराहरूको समूहले नक्कली एटीएम कार्ड प्रयोग गरेर नेपालका विभिन्न बैंकको एटिएमबाट लाखौं पैसा निकाले । त्यसमध्ये ५ जना तत्काल र १ जना पछि पक्राउ परेका छन् ।
बैंकका कर्मचारीमार्फत प्रहरीले समयमै सूचना पायो र लूटेरा समूह पक्राउ पर्यो ।
शनिवार राति भएको घटनापछि बैंकमा धेरथोर रकम वचत गरेका सर्वसाधारणले आफ्नो पैसा सुरक्षित छ कि छैन भनेर चिन्ता व्यक्त गरिरहेका छन् ।
प्रणालीलाई नै ह्याक गरेर लूटेराले एटीएमबाट पैसा निकालेको खबर फैलिएपछि सर्वसाधारणले आफ्नो खाता चेक गर्ने क्रममा आइतवार कतिपय बैंकका एटीएममा लाइन देखियो ।
नक्कली कार्डको प्रयोग गरी बैंकबाट पैसा निकाल्ने खतरा महसूस गर्दै नेपाल राष्ट्र बैंकले अन्तरबैंकिङ एटीएम कारोवार अर्थात एउटा बैंकको कार्डले अर्को बैंठको एटीएमबाट पैसा निकाल्न नमिल्ने बनायो ।
नेपालका विभिन्न बैंकको सञ्जाल जोडिएको नेटवर्क नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स)मा शनिवार भएको हमला नेपाली बैंकिङ क्षेत्रका लागि नयाँ चुनौतीको रूपमा अगाडि आएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा लूटेराहरू पर्यटक भिषाको बाहानामा बैंक लूट्नकै लागि आएको देखिएको छ । पैसा निकालेर उनीहरू सोमवार नै स्वदेश फर्किने योजनामा थिए ।
प्रविधिको प्रयोग गरेर चलाखीपूर्ण ढंगले बैंक लुट्न उनीहरूले कहाँ योजना बनाएका थिए भन्ने कुरा अनुसन्धानका क्रममा खुल्दै जानेछ ।
प्रारम्भिक अनुसन्धानका क्रममा स्पेनमा बनेको योजनाअनुसार चिनियाँ लूटेराहरू नेपाल आएको देखिने प्रहरीले जनाएको छ ।
शनिवारको घटनाले बैंकहरूलाई आफ्नो प्रणालीलाई थप सुदृढ बनाउनु पर्ने चुनौती थपिएको छ । साइबर आक्रमणबाट सफ्टवेरमा हुने सम्भावित हमलाको खतराप्रति बैंकहरू सचेत हुनु जरुरी छ ।
इन्टरनेट बैंकिङ सुलभ भएका कारण वैदेशिक रोजगारीमा गएका नेपालीले समेत मनी ट्रान्फसरमार्फत नेपालमा पैसा पठाउन सकेका छन्, तर चेतना अभावका कारण नेपालमा अझैपनि सर्वसाधारणहरू पैसा बैंकमा नलगी घरमै राख्ने प्रचलनको अन्त्य भएको छैन ।
बैंकिङ प्रणालीभन्दा बाहिर पैसाको कारोवार गर्ने र चर्को ब्याज असुल्ने गरेको सर्लाहीको घटना भर्खरै पनि चर्चामा आएको छ । बैंकिङ सिस्टम र एटीएम भरपर्दो नहुँदा सर्वसाधारणहरूमा पैसा घरमै थन्क्याउने प्रवृत्ति मौलाउने छ ।
सर्वसाधारण नागरिकलाई बैंकमा राखेको आफ्नो पैसा सुरक्षित छ भन्ने भरोसा दिलाउन बैंकहरूले आफ्नो प्रणालीलाई थप मजबूत बनाउन जरुरी छ ।
बैंकमा सूचना प्रविधिको प्रयोगले सर्वसाधारणलाई सुविधा पनि भएको छ, साथसाथै बैंकहरूलार्ई सुरक्षा चुनौती थपिएको छ ।
नक्कली कार्ड प्रयोग गरेर पैसा निकाल्ने तथा सिस्टम ह्याक गरी बैंकको पैसा तान्न सक्ने खतरा मद्देनजर गर्दै बैंकहरूले आफ्नो सिस्टमलाई मजबूत बनाएर निक्षेपकर्तालाई उनीहरूको बचत सुरक्षित रहेको आभास दिलाउन जरुरी छ ।
नेपाल प्रहरीलाई पनि साइबर अट्याकमार्फत हुनसक्ने यस्ता अपराध नियन्त्रणका लागि प्रविधिमा पोख्त बनाउन जरुरी छ ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...