आज गणेस र सूर्यको प्रिय दिन, यसरी गरिन्छ आराधना

काठमाडौं–भाद्र शुक्लपक्षको षष्ठी तिथिमा हिन्दु धर्मअनुसार भगवान गणेशको पुजा अर्चना विशेष हुन्छ । यस तिथिमा भगवान सूर्यसँग सम्बन्धित र समर्पित हुने र सूर्यको पुजा अचर्ना गर्ने गरिन्छ । यस दिन बसिने सूर्यको उपासना एवम् व्रत विशेष मानिन्छ ।  

भगवान गणेशको पुजापछि सूर्यदेवको आराधना गरिन्छ । पुराणअनुसार, भगवान सूर्यदेवलाई रातो रंग अधिक प्रिय लाग्दछ । यसकारण आजको दिन सूर्यदेवलाई रातो गुलाव, लाल चन्दन, रातो फूल, केसन, रातो कपडा, रातो फलफूल, रातो रंगको मिठाई चढाई सूर्यदेवलाई प्रसन्न बनाईन्छ । 


Advertisement

पुराणका अनुसार, भाद्र मासको शुक्ल षष्ठीका दिन यो व्रत बस्ने मानिसलाई अश्वमेध यज्ञ जित्ने फल प्राप्त हुन्छ ।
 


Advertisement

कमेन्ट गर्नुहोस्