×

NMB BANK
NIC ASIA

इज्जत र सम्मान पाउँदै वादी महिला

भदौ १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालगञ्ज– वादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ । विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि समाजको हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

“विगतमा जमिन्दारी प्रथाले हामीमाथि शोषण भएको थियो । अहिले हाम्रो समुदाय इज्जतको पेशा गरेर जीवन निर्वाहमा जुटेका छन्”, नेपालगञ्जमा खुद्रा पसल सञ्चालन गर्दै आएकी एक वादी महिलाले भनिन्, “यो समुदाय अहिले क्रमशः इज्जत र सम्मान प्राप्तिको बाटोको अग्रसर हुँदै गएको छ ।”  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा होच्याइएका र थिचोमिचोमा परेका बाँकेलगायत पश्चिम नेपालका वादी समुदायका महिला र पुरुषको राजनीतिक, सामाजिक विकास तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको पाइन्छ । यसरी यो समुदायको सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्नता बढ्दै गएपछि समाजले पनि विस्तारै उनीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेको छ, नेपालगञ्ज उपमहानगरपालिका–५ कि महिला सदस्य मञ्जु नेपाली वादीको भनाइ छ । “अरु समुदाय जस्तै वादी प्नि इज्जतका साथ समाजमा बाच्न चाहन्छन्, त्यसका लागि यो समुदायलाई हेर्ने दृष्टिकोण अव सकारात्मक बन्नुपर्छ ।”


Advertisment
Nabil box
Kumari

वादी समुदायका महिला अहिले व्यक्तिगत तथा समूहगत रुपमा सानादेखि ठूला स्वरोजगार व्यवसायमा संलग्न भएको पाइन्छ । विगतमा सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, महिला विकास कार्यालय र लुमन्ती संस्था र विभिन्न सरकारी निकायबाट सीपमूलक तालीम लिएका सयौ महिला नेपालगञ्जमा व्यवसायमूलक पेशामा संलग्न भएका छन् । समाजले पनि अहिले उनीहरुलाई हेय र नकारात्मक दृष्टिकोणले व्यवहार गरेको पाइदैन् । 

Vianet communication
Laxmi Bank

यो समुदायका महिला मात्र होइन, पुरुष पनि रोजगारमूलक काममा लागेका छन्, धेरैजसो पुरुष कामका लागि विदेशिएका छन् । सीप सिक्दै रोजगार र स्वरोजगारको काममा महिलाको पनि संलग्नता बढदै गएको छ । 

बाँके मात्र होइन, प्रदेश नं. ५, ७ र कर्णाली प्रदेशका सबै वादी समुदायका महिला इज्जतका साथ सरकारी तथा गैरसरकारी निकायमा नोकरी, स्वरोजगार लगायतका सीपमा संलग्न छन् । कला क्षेत्रमा पनि यो समुदायको उल्लेख्य सहभागिता रहेको छ । 

नेपालगञ्जको विशेषतः गगनगञ्जको भगवान तलाउ क्षेत्रमा बसोवास गर्ने वादी समुदायका सबै घरपरिवारका सदस्य कुनै न कुनै सीपमा संलग्न भएको पाइन्छ । उनीहरुका सन्तान पनि विद्यालय र कलेज जाने गरेका छन् ।  

बाँके जिल्लाको अगैया, कोहलपुर क्षेत्रमा पनि वादी समुदायका महिला स्वरोजगार व्यवसायमा लागेका छन् । त्यस क्षेत्रका वादी महिलाले होटल, खुद्रा पसल र कृषि पेशा अङ्गालेको पाइन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका वादी समुदायका लागि छुट्टै कार्यक्रम भने योजनामा पारेको छैन ।

 “सामाजिक विकास योजनामा वादी समुदायलाई समेट्न भने पनि त्यो सम्भव भएन”, महिला सदस्य मञ्जुको दुःखेसो छ । वादी समुदाय पनि दलितभित्रै पर्ने भएकाले उनीहरुका लागि छुट्टै कार्यक्रम नराखिएको हो, तर पनि दलितको कार्यक्रममा यो समुदायका महिला, पुरुष सबैलाई नेपालगञ्ज उमहानगरपालिकाले समेटेको नगरउपप्रमुख उमा थापामगरको भनाइ छ । 

“नेपाली समाजले पनि वादी समुदायको विगत क्रमशः विर्सदै गएका छन् । समयको कुनै कालखण्डमा बाध्यतामा पारेर शोषणमा पारिएका यो समुदायप्रति अहिले सबैको सकारात्मक लगाव छ । वादीहरुले पनि अव आप्mनो विगत विर्सिएर सभ्यसमाज निर्माणमा योगदान दिन सक्छन्”, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का प्रदेश नं. ५ का प्रमुख भोला महतले भने। 

यो समुदायका लागि अहिले पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन हुने गर्दछन् । तर, विगतको जस्तो हेपिएको, थिचोमिचो र शोषणमा परेको तथा समाजले दुःख दिएको विषयले भने प्रवेश पाउँदैन् । बरु, कार्यक्रमभित्र रोजगार, स्वरोजगार, आर्थिक सवलीकरण, राजनीतिमा सहभागितालगायतका विषय समेटिएका हुन्छन् । 

प्रमुख महतले भने,“विगत सम्झेर अव वादी समुदाय रुने हैन, वर्तमानमा रमाउँदै राम्रो भविष्य खोज्ने हो ।” नीरज गौतम

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x