बलत्कारको अभियोगमा १ जना पक्राउ

सप्तरी– बलत्कारको अभियोगमा उदयपुरमा १ जना पक्राउ परेका छन ।

उदयपुर घर भएकी ७० वर्षीय महिलालाई बलत्कार गरेको अभियोगमा खडक नगरपालिका–८ मुसहरनिया बस्ने ४० वर्षीय रोहित सदालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


Advertisement

सदाले ती महिलालाई गत सोमबार धाकधम्की, डर, त्रास देखाई बलत्कार गरेर फरार भएका थिए ।

प्रहरी चौकी बिसनपुरबाट खटिएको प्रहरीले उनलाई खडक नगरपालिका–८ बिसनपुर चोकमा रहेको मदिरा पसलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्