×

NMB BANK
NIC ASIA

फुटबल रङ्गशालाको ४० प्रतिशत काम सम्पन्न

भदौ २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कास्की– पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तरराष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको ४० प्रतिशत काम सकिएको छ । आगामी डिसेम्बर १ देखि ९ सम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल यही रङ्गशालामा खेलाइने भएपछि सागअघिनै तयार पार्नुपर्ने बाध्यता छ । 

Muktinath Bank

पछिल्लो समय राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कात्तिक १५ भित्रमा मैदान तयार गर्न निर्माण कम्पनीलाई निर्देशन दिएसँगै निर्माण कार्यले तीव्रता पाएको हो । विसं २०३९ मा निर्माण गरिएको रङ्गशालाको विशिष्ट कक्ष २०७२ कोे  गोर्खा भूकम्पबाट क्षति पुगेपछि साग खेलकूदको मिति तय भएसँगै नयाँ निर्माण प्रक्रिया अघि बढेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समयमै निर्माण कार्य नसकिएर कतै फुटबल खेल यहाँ नहुने हो की भन्ने आशङ्का राखेका खेलप्रेमी पछिल्लो समयको निर्माण कार्यको तीव्रताले आशावादी बनेका छन् । खेलकूद मन्त्रालय, राखेप तथा क्षेत्र र जिल्ला खेलकूद समितिले समेत  निर्माण कार्यप्रति निरन्तर चासो राख्दै आएपछि काम दु्रत गतिमा अघि बढेको हो ।


Advertisment
Nabil box
Kumari

गत आवको असार मसान्तसम्ममा निर्माण सकिसक्ने गरी गत फागुनमा शिलान्यास गरिए पनि लामो समय डिजाइनको टुङ्गो नलाग्दा कामले गति लिन सकेको थिएन । डिजाइनले पूर्णता नपाउँदा यसअघि कृत्रिम मैदानका लागि बिछ्याइको गिट्टीसमेत प्राकृतिक मैदान बनाउने भएपछि झिक्नुपरेको थियो । स्टेडियम परियोजना म्यानेजर हरिबाबु न्यौपानेले अहिले मैदान, एथलेटिक ट्रयाक र प्यारापिट फाउन्डेशनमा गरी समग्रमा ४० प्रतिशत काम सकिएको बताए। 

Vianet communication
Laxmi Bank

फ्रान्समा निर्माण भइरहेको ‘ग्रान्ड स्ट्यान्ड’को काम अन्तिम चरणमा रहेकाले आफूहरु आगामी कात्तिक १५ भित्रमा कम्तीमा १० हजार कुर्सीसहितको प्यारापिट तयार गर्न प्रतिबद्ध रहेको बताए। “मैदान, एथलेटिक ट्रयाक र प्यारापिट  मुख्य काम हो । मैदानको काम लगभग पूरा भएको छ । अव घाँस रोप्ने र एथलेटिक ट्रयाकको काम सँगसँगै हुन्छ । ४० प्रतिशत काम सकियो भने पनि ग्रान्ड स्ट्यान्डको काम समेत भईरहेकाले निर्धारित समयमै काम सकिन्छ”, उनले भने। 

फ्रान्सबाट ग्रान्ड स्ट्यान्ड पानी जहाजमार्फत कोलकाता बन्दरगाहमा आउने र त्यहाँबाट पोखरा ल्याएर दुईदेखि तीन साताभित्रमा जडानको काम सकिने कम्पनीले जनाएको छ । समग्रमा हालसम्म मैदानको ७०, एथलेटिक ट्रयाक ६०, प्यारापिट फाउन्डेशनको ३० प्रतिशत काम सकिएको इञ्जिनीयर पुरुषोत्तम बरालले बताए। उनका अनुसार दैनिक १२० कामदार निर्माण कार्यमा खटिएको तथा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्मनै काम भइरहेको छ । 

रङ्गशाला निर्माणको लागि गत वर्षको पुस मसान्तमा राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा (जेभी)बीच सम्झौता भएको थियो । सम्झौतामा साधारण, भिआइपी, भिभिआइपी गरी १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट बन्ने उल्लेख भएपनि पछि दुई हजार क्षमता थप गर्ने तयारी गरिएकाले लागत रु एक अर्ब ३० करोडसम्म अनुमान गरिएको थियो । 

नुहाउने कोठा, ‘चेञ्जिङ रुम’ निर्माण शुरु भइसकेको तथा मैदानमा दुबो रोप्नका लागिसमेत तयारी अवस्थामा छ । भारतबाट असोज पहिलो साता आइपुग्ने दुबो दशैँअघिनै रोपिसकिने बरालले जानकारी दिए। जिल्ला फुटबल सङ्घका अध्यक्ष मिलन गुरुङ रङ्गशाला निर्माणलाई खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, सदस्य राजेश गुरुङलगायतले दैनिक चासो दिएपछि कामले गति लिएको बताए।
 
समयमै सम्पन्न गर्न सबै पक्षको प्रयास रहेकाले साग अघिनै स्टेडियम तयार भएर महिला फुटबल यही मैदानमा सञ्चालन हुनेमा शङ्का गर्नुपर्ने अवस्था नरहेको उनी बताउँछन् ।  कृष्ण दवाडी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x