सुनको भाउ घट्यो, आज कति छ मूल्य ?

 काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको । आइतबार छापावाला सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।  अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।  अघिल्लो दिन छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

आइतबार तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । 


Advertisement

महासँघका अनुसार, आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोलाभ ९ सय रुपैयाँले कारोबार भएको थियो । 


Advertisement

कमेन्ट गर्नुहोस्