मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
काठमाडौं- सन् १९५५ अगस्त १ मा नेपाल-चीन दौत्य सम्बन्ध कायम भएपछि चीनका तर्फबाट जम्मा दुईजना राष्ट्रपतिले नेपाल भ्रमण गरेका छन् । १९८४ को मार्चमा ली सियाननियान र १९९६ को डिसेम्बरमा जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए ।
हालका चिनियाँ राष्ट्रपति शी चिनफिंगको सम्भावित नेपाल भ्रमणको चर्चा चलिरहेको बेलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन् । आइतवार दिउँसो करीब ४ बजे इस्लामाबादबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी ओर्लने कार्यक्रम रहेको बताइएको छ ।
आइतवार नेपाल ओर्लेपछि वाङको कुनै भेटघाट कार्यक्रम रहेको छैन । सोमवार दिउँसो होटेल याक एण्ड यतिमा नेपाल-चीन वार्ता हुने र साँझ साढे ५ बजे प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सोमवारै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङबीच द्विपक्षीय औपचारिक वार्ता हुने कार्यक्रम रहेको छ ।
उक्त औपचारिक वार्तामा नेपाल र चीनबीच बृहत् पक्षहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच भएका सहमति र सम्झौता कार्यान्वयनका बारेमा छलफल हुने र चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमण छिटो गराउने विषयमा नेपाली टोलीले जोडतोडका साथ कुरा उठाउनेछ ।
अझै निश्चित छैन शी चिनफिङको नेपाल भ्रमण
चिनियाँ विदेशमन्त्री वाङ यी को तीनदिने नेपाल भ्रमणलाई राष्ट्रपति शीको नेपाल भ्रमणको पूर्वतयारीका रूपमा हेरिएको छ । तर शी नेपाल आउने अझै पक्का नभएको चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराई बताउँछन् ।
'चिनियाँ राष्ट्रपतिको भ्रमण अझै यकीन नभएको भन्ने मैले बुझेको छु,' आइतवार लोकान्तरसँग कुरा गर्दै भट्टराईले भने, 'यद्यपि आजबाट शुरू हुने विदेशमन्त्री वाङको नेपाल भ्रमण त्यसैको तयारीका लागि भएको भन्ने मेरो बुझाइ छ । सुरक्षा र अन्य कारणहरूले गर्दा राष्ट्रपति शीको नेपाल भ्रमणका सन्दर्भमा कतिपय कुराहरू पहिल्यै बाहिर आएका हुँदैनन् ।'
उसो त अहिलेको नेपालको राजनीतिक अवस्था शीको भ्रमणका लागि उपयुक्त रहेको तर्क भट्टराईको छ । 'कम्युनिस्ट पार्टीको बहुमतको स्थायी सरकार छ,' भट्टराईले भने, 'चीनसँग विभिन्न चरणमा दीर्घकालीन महत्त्वका विभिन्न सम्झौताहरू भएका छन् । नेपाली जनताका बीचमा चीनप्रतिको विश्वास र भरोसा बढिरहेको छ । उहाँ यस्तो बेला नआएर कहिले आउने ?'
भट्टराई चीनजस्तो विश्वकै अग्रणी र शक्तिशाली देशको छिमेकी हुनुका नाताले नेपालीले गर्व गर्नुपर्ने बताउँछन् ।
गणतन्त्र नेपालका दुई राष्ट्रपति (डा. रामवरण यादव र विद्यादेवी भण्डारी)ले चीनको भ्रमण गरिसकेका छन् । वैशाख ११ देखि १८ सम्म राष्ट्रपति भण्डारीबाट भएको चीन भ्रमणका क्रममा पनि नेपाली नेतृत्वले चिनियाँ राष्ट्रपति शी चिनफिङलाई भ्रमणका लागि निम्तो दियो ।
नेपालको निम्तो स्वीकार्दै राष्ट्रपति शीले उपयुक्त समयमा नेपाल भ्रमणमा आउने आश्वासन दिएका छन् । नेपालले भ्रमणको निम्तो दिएको र चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको आश्वासन दिएको यो पहिलोपटक भने होइन ।
नेपालका हरेक प्रधानमन्त्री र राष्ट्रपतिको भ्रमणको समयमा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको आश्वासन दिँदै आएका छन् । २०७५ असार ६ गते प्रधानमन्त्री ओलीसँग भएको भेटवार्तामा चिनियाँ राष्ट्रपति शीले नेपाल भ्रमणमा आउने आश्वासन दिएका थिए ।
‘प्रधानमन्त्रीज्यूले शीलाई नेपाल भ्रमणको निम्तो दोहोर्याउँदै नेपाली जनता स्वागतका लागि आतुर छन् भन्नुभयो,’ शीसँगको भेटपछि असार ६ गते बेइजिङमा पत्रकारहरूसँग कुरा गर्दै भ्रमण दलका सदस्य परराष्ट्रन्त्री प्रदीप ज्ञवालीले भनेका थिए, ‘उहाँले नेपाल भ्रमणमा अवश्य आउनेछु, कूटनीतिक माध्यमबाट दुवै पक्षलाई अनुकूल हुने मिति तोकिनेछ भन्नुभएको छ ।’
भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले उच्च सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनियाँ राष्ट्रपति शीको यही अक्टोबरमा दक्षिण भारतको मामालापुरममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको बताएको छ । इन्डिया टुडेको दाबीलाई सत्य मान्ने हो भने राष्ट्रपति शी त्यतैबाट नेपाल आउने सम्भावना कायम रहेको नेपालका परराष्ट्र अधिकारीहरू बताउँछन् ।
विदेशमन्त्री वाङको नेपाल भ्रमणले राष्ट्रपति शीको भ्रमण तय गर्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । 'हामीहरू भ्रमणको तयारीमा जुटिरहेका छौं,' नाम उल्लेख नगर्ने शर्तमा उनले भने, 'छिटै भ्रमण हुन्छ भन्ने छ ।' सुरक्षाका अन्य कारण सरकारले अहिल्यै मिति र कार्यतालिका सार्वजनिक गर्न नसक्ने उनले बताए ।
भ्रमण हुनेमा ढुक्क छु - टंक कार्की (चीनका लागि नेपालका पूर्वराजदूत)
चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले नेपाल भ्रमण गर्न राष्ट्रपति शीले आनाकानी गर्ने कुनै कारण नरहेको बताउँछन् । कार्की भ्रमण हुनेमा ढुक्क देखिन्छन् ।
'भ्रमण चाहिँ हुन्छ, त्यही भ्रमणको तयारीकै सिलसिलामा विदेशमन्त्री वाङको नेपाल भ्रमण भइरहेको हो भन्ने म ठान्छु,' लोकान्तरसँग कुरा गर्दै कार्कीले भने, 'त्यसभन्दा अरू प्रयोजनका लागि विदेशमन्त्रीको नेपाल भ्रमण भएको हो जस्तो मलाई लाग्दैन । राष्ट्रपति शीको नेपाल भ्रमणका लागि ग्राउण्ड तयार गर्ने विषयलाई केन्द्रमा राखेर नै विदेशमन्त्री वाङको नेपाल भ्रमण तय गरिएको हो ।'
वाङको भ्रमणले नेपाल चीनसम्बन्धमा केही नीतिहरू तय गर्ने कार्कीले बताए । 'त्यस सँगसँगै उनीहरूको भ्रमणसँग सम्बन्धित सुरक्षा व्यवस्थापनका बारेमा जायजा लिनका लागि वाङको भ्रमण भएको हो,' उनले भने, 'त्यस तहको भ्रमण भनेको ठूलो सुरक्षा चिन्ता हो जस्तो लाग्छ । कुनै टुरिस्ट आएर जाने त होइन । राष्ट्रपतिको भ्रमणका क्रममा एजेण्डा पहिचान गर्नका लागि पनि विदेशमन्त्रीले अहिले नेपाल भ्रमण गरेका हुन् । गृहकार्य पनि गर्नुपर्यो । भ्रमण हुन्छ नै जस्तो लाग्छ ।'
कुन मितिमा हुन्छ, कहिले हुन्छ भनेर ठोकुवा गर्न नसकिएपनि राष्ट्रपति शीको भ्रमण छिटै हुने कार्कीको अनुमान छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...