×

NMB BANK
NIC ASIA

प्रदेशमा फेरबदल

नीति आयोगमा उलटफेर : सांसदलाई भ्रष्टाचारी भनेपछि उपाध्यक्ष र सदस्य बर्खास्त

भदौ २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – प्रदेश २ नीति आयोगको उपाध्यक्षमा आइतवार बिहान डा. भोगेन्द्र झाले एकाएक पदभार ग्रहण गरे । अघिल्लो दिनसम्म उपाध्यक्षमा डा. हरिवंश झा थिए ।

Muktinath Bank

आइतवार डा. भोगेन्द्र झाले पदभार ग्रहण गर्नुअघि शनिवार प्रदेश मन्त्रिपरिषद् बैठकले नीति आयोगमा उलटफेर गरेको तत्कालीन पदाधिकारीले पत्तै पाएनन् । शनिवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पुरानालाई हटाएर नयाँ उपाध्यक्ष डा. भोगेन्द्र झालाई नियुक्त गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री लालबाबु राउतले आइतवार बिहान मधेश भवनको कभर्ड हलमा आयोजित समारोहबीच झालाई नियुक्तिको प्रमाणपत्र प्रदान गरे । नियुक्तिको प्रमाणपत्र पाएलगत्तै झाले आइतवार नै आयोगको कार्यालयमा गएर पदभार ग्रहण गरे ।


Advertisment
Nabil box
Kumari

नवनियुक्त झा त्रिभुवन विश्वविद्यालयबाट अवकाश प्राप्त अर्थशास्त्र विषयका सहप्राध्यापक हुन् । उनी मधेश आन्दोलनमा सक्रिय अधिकारकर्मीको रुपमा समेत लागेका थिए । विगतमा वामपन्थी दल निकट रहेका झा नयाँशक्तिमा आवद्ध थिए । जनकपुर निवासी झा पहिलो संविधानसभा ताका गठन गरिएको राज्य पुनर्संरचना आयोगका सदस्य समेत भइसकेका छन् ।

Vianet communication
Laxmi Bank

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निकट रहेका झा समाजवादी पार्टीको संसदीय दलका उपनेता रामआशिष यादवको निकट समेत रहेका हुन् । ‘मुख्यमन्त्रीज्यूले शुक्रवार आयोगको उपाध्यक्षका लागि तयार रहन भनेर जानकारी गराउनुभएको थियो,’ नवनियुक्त उपाध्यक्ष झाले लोकान्तरसँग भने, ‘आफूले मागेर पद लिएको होइन, काम गर्ने हो र काम गरेर देखाउने चुनौती पनि थपिएको छ ।’

उपाध्यक्षसहित सबै सदस्य बर्खास्त 

प्रदेश सरकारले शनिवारको मन्त्रिपरिषदको बैठकबाट यसअघिका उपाध्यक्ष डा. हरिवंश झासहित आयोगका सबै सदस्यलाई पदबाट हटाएको निर्णय गरेको थियो । आयोगका पदाधिकारीलाई औपचारिक रुपमा कुनै जानकारी नै नगराएर प्रदेश सरकारले पदबाट हटाएको गुनासो गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुशील श्रेष्ठले शनिवार बसेको मन्त्रिपरिषद् बैठकबाट आयोगका उपाध्यक्षसहित सबै सदस्यलाई हटाइएको बताए ।

तत्काल नयाँ उपाध्यक्षमा मात्र नियुक्ति गरिएको भएपनि क्रमशः बाँकी सदस्य पनि नियुक्त गरिने गरी मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिएको श्रेष्ठले लोकान्तरलाई बताए । 

‘प्रदेश नीति आयोग सम्बन्धी ऐनको दफा १५ को (३) र १६ को (ग) बमोजिम प्रदेश सरकारले अधिकारको प्रयोग गरेर नीति आयोगका उपाध्यक्ष र सबै सदस्यहरूलाई पदबाट हटाएको हो,’ उनले भने ।

आयोगको पदाधिकारीको पदावधिबारे ऐनको १५(१) मा उपाध्यक्ष तथा सदस्यको पदावधि सामान्यतः ५ वर्षको हुने उल्लेख छ । उपदफा (२) मा पदावधि बाँकी रहेकै अवस्थामा आयोगका कुनै सदस्यको पद रिक्त रहन गएमा बाँकी अवधिको लागि प्रदेश सरकारले अर्को सदस्य नियुक्त गर्न सक्ने व्यवस्था राखिएको छ । दफा १६(३) मा लेखिएको छ, ‘उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश सरकारले उपाध्यक्ष तथा सदस्यहरूलाई हटाउन सक्ने छ ।’

पद रिक्त हुने अवस्थाको सन्दर्भमा दफा १६ मा व्यवस्था गरिएको छ । पहिलो उपदफामा पदाधिकारीको पदावधि पूरा भएमा, दोस्रो उपदफामा निजले प्रदेश सरकारसमक्ष राजीनामा दिएमा र तेस्रो उपदफामा प्रदेश सरकारले हटाएमा पद रिक्त हुने प्रावधान छ । प्रदेश सरकारले तेस्रो उपदफाको अधिकार प्रयोग गरेर पदाधिकारीलाई हटाएको छ ।

बर्खास्त पदाधिकारी बेखबर 

तत्कालीन उपाध्यक्ष झा भने आफूलाई प्रदेश सरकारले पदमुक्त गरेको कुराबाट बेखबर छन् । उनी अहिले आयोगको कामले नै काठमाडौंमा छन् । ‘आफू अहिले काठमाडौंमा बिदामा बसेको छु, औपचारिक रुपमा आफूलाई हटाइएकोबारे केही पनि जानकारी छैन,’ झाले भने, ‘किन हटाएको हो वा होइन, त्यसबारे मेरो कुनै कमेन्ट पनि छैन ।’ जानकारी नै नदिएर प्रदेश सरकारले किन हटायो भन्नेबारे पत्रकारले नै खोजी अनुसन्धान गर्नुपर्ने उनले बताए ।

आयोगमा ४ जना सदस्य थिए । समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री समेत रहेका मोहनलाल चौधरी, राजपा नेपालका केन्द्रीय महासचिव राजकुमार लेखी, राजपा नेपालका केन्द्रीय सहमहामन्त्री डा. सुरेन्द्रकुमार झा र नार्कका पूर्व निर्देशक डा. वैद्यनाथ महतोलाई समेत हटाइएको छ तर उनीहरूको स्थानमा अन्य व्यक्तिलाई नियुक्त नगरिएका कारण उनीहरू पनि समाचारबाट बेखबर थिए । आइतवार बिहान कार्यालय पुगेका नवनियुक्त उपाध्यक्ष झालाई सदस्य मोहनलाल चौधरी, सुरेन्द्र झा र राजकुमार लेखीले फुलमाला लगाएर स्वागत गरेका थिए ।

आयोगका सदस्यले आफूहरूलाई प्रदेश सरकारले हटाएकोबारे कुनै पनि जानकारी नरहेको बताएका छन् । बर्खास्तीमा परेका सदस्यहरू आइतवार कार्यकक्षमा बसिरहेका थिए ।

औपचारिक जानकारी आए मात्र कुनै ठोस प्रतिक्रिया दिन मिल्ने बताउँदै राजपा नेपालका केन्द्रीय महामन्त्री समेत रहेका लेखीले बर्खास्त गरिएको भए गम्भीर रुपमा लिने बताए । ‘के कति कारणले हटाएको भन्नेबारे प्रदेश सरकारले स्पष्ट रुपमा जानकारी दिनुपर्छ,’ लोकान्तरसँग उनले भने, ‘प्रदेश सरकार राजपा र समाजवादीको गठबन्धनको सरकार हो र सरकारले अपमान गरेर हटाएकै हो भने राजपा नेपालको महामन्त्री पदमा पनि बस्न नैतिकताले मिल्दैन ।’

किन हटाइए आयोगका पदाधिकारी ?

केही महिनाअघि एक सार्वजनिक कार्यक्रममा आयोगका उपाध्यक्षले विभिन्न दलका सांसदको उपस्थितिमा बोलेको अभिव्यक्तिका कारण हटाएको हुनसक्ने नीति आयोगका एक सदस्यको आकलन छ । सुशासन र पारदर्शिता सम्बन्धमा आयोजित एक सार्वजनिक कार्यक्रममा उपाध्यक्ष झाले सांसदकै कारण प्रदेशमा भ्रष्टाचार बढेको अभिव्यक्ति दिएका थिए । 

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र नेकपाका सांसद रामचन्द्र मण्डल लगायत विभिन्न सांसद उपस्थित कार्यक्रममा झाले भनेका थिए, ‘प्रदेशमा सांसदले ५ वर्षमा ३/३ करोडको दरले जनही १५/१५ करोड रुपैयाँ खर्च गर्छन् तर त्यो खर्च गर्नका लागि कुनै संयन्त्र नै छैन । भ्रष्टाचार त त्यहीँबाट हुने गरेको छ, सुशासनका लागि पहिले सांसदज्यूहरू नै जिम्मेवार हुनुपर्छ ।’

झाको अभिव्यक्तिपछि सबै दलका सांसदले लबिङ गर्दै उनलाई हटाउन महाभियोग नै लगाउनुपर्छ भनेर हस्ताक्षर अभियान नै चलाएको स्रोतले जनाएको छ । सत्ता र प्रतिपक्षी दलका सांसदले मुख्यमन्त्री राउतलाई तीब्र दबाब दिएपछि आयोगका उपाध्यक्षलाई राजीनामा गर्न राउतले पटक–पटक दबाब दिएका थिए तर उनले राजीनामा नदिएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेर सबैलाई बर्खास्त गरिएको छ ।

मुख्यमन्त्रीको असहयोग 

नीति आयोगमा ४९ जना कर्मचारीको दरबन्दी छ तर हालसम्म १ जना पनि कर्मचारीको नियुक्ति प्रदेश सरकारले गरेको छैन । आयोगका सदस्य सुरेन्द्र झाका अनुसार १ जना कार्यालय सहयोगी र १ जना कम्प्यूटर अपरेटरलाई करारमा ३/३ महिनाका लागि नियुक्त गरिएको छ । ‘तै पनि हामीले २ वर्षको प्रदेश सरकारको नीति तथा कार्यक्रम तयार पार्‍यौं,’ झाले थपे, ‘यति मात्र होइन, प्रदेशको जनसांख्यिक विवरण सहितको प्रोफाइल, सहस्राब्दी लक्ष्यको १७ वटा लक्ष्यमा प्रदेश सरकारको अवस्था आदिको विवरण तयार पार्नुका साथै विभिन्न काम गरेका छौं ।’

प्रदेश सरकारले नीति आयोगका पदाधिकारीलाई हटाएपछि बर्खास्तमा परेकाहरू प्रदेश सरकारको निर्णयविरुद्ध अदालतसम्म जान सक्ने देखिएको छ । गठबन्धनको सरकार रहेको र पदाधिकारी पनि सोही दलकै नेता समेत रहेका कारण राजपा पार्टीमा ठूलै हलचल मच्चिने संकेत देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x