काठमाडौं– नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य बढेको छ । शुक्रवारको तुलनामा आइतवार सुनको मूल्य केही घटेपनि आज भने पुनः बढेको हो ।
सोमवार छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएकाे छ । आइतवार छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा खरिदविक्रि भएको थियो । हिजोको तुलनामा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
सोमवार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । आइतवार चाँदी प्रतितोलाा ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
लोकान्तर संवाददाता