×

NMB BANK
NIC ASIA

आन्तरिक विवाद

नेकपामा घमासान : जिल्लाको विवादित शपथले कुटाकुटै हुनसक्ने आकलन !

भदौ २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ मा जिल्ला कमिटीको विवादित शपथलाई लिएर महाभारत मच्चिएको छ ।

Muktinath Bank

प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभू साह र सचिव सुमनराज प्याकुरेलले बलजफ्ती प्रदेशका ६ जिल्लाका विवादित  जिल्ला कमिटीलाई सपथ गराउने तयारी गरेको आरोप छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको जिल्ला कमिटी एकीकरण प्रक्रियामा मनपरी भएको भन्दै भित्रभित्रै विवाद बल्झिएको छ ।


Advertisment
Nabil box
Kumari

नेकपा प्रदेश कमिटीका सचिव प्याकुरेलले प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहट गरी ६ जिल्लाका जिल्ला कमिटीको शपथ गराउने तयारी गरिएको बताए । भदौ २४ गते मंगलवार महोत्तरी जिल्लाको बर्दिवासमा शपथ कार्यक्रम तय गरिएको छ । कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल आउने तयारी भएको सचिव प्याकुरेलले बताए ।

Vianet communication
Laxmi Bank

दमन र प्रतिरोधको तयारी !

प्रदेश कमिटीका पदाधिकारीले आफूखुशी पार्टीको विशेष परिपत्र विपरीत जिल्ला कमिटी मनोनयन गरेर एकतर्फी रुपमा शपथ ग्रहण गराउने तयारी गरेपछि प्रदेशका नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन् । पार्टीको प्रदेश कमिटीका पदाधिकारीले लुकीछिपी शपथ गराएर अवैध जिल्ला कमिटीलाई वैधता प्रदान गर्ने षड्यन्त्र गरेमा प्रतिरोध गर्ने असन्तुष्ट पक्षको तयारी छ ।

विवादित जिल्ला कमिटीलाई शपथ खुवाउने तयारीबारे सुराक पाएपछि प्रदेश कमिटीका अन्य २ जना सहइन्चार्जद्वय नागेन्द्र चौधरी र महेन्द्र पासवानको संयोजकत्वमा आइतवार जनकपुरधाममा छुट्टै बैठक नै बोलाए । बैठकमा करीब ३५ जना केन्द्रीय सदस्य, प्रदेश कमिटीका ४५ जना सदस्य र धनुषाका जिल्ला कमिटीका सदस्यले उपस्थित भएर छलफल गरेका छन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार विवादित निर्णय नसच्याई एकतर्फी रुपमा प्रदेशका पदाधिकारीले जबर्जस्ती शपथ गराए त्यसलाई नमान्ने निर्णय भएको छ ।

‘हामी शपथ कार्यक्रम रोक्छौं, रोक्ने क्रममा प्रहरी लगाएर दमन गरे त्यसको कडा प्रतिरोध गर्ने निर्णय गरेका छौं,’ नाम नलेखाउने शर्तमा ती केन्द्रीय सदस्यले भने, ‘बल प्रयोग र प्रतिरोधबाट हुने क्षतिको जिम्मेवारी प्रदेश कमिटीका पदाधिकारी र केन्द्रीय नेतृत्वले नै लिनुपर्ने हुन्छ ।’

के हो विवाद ?

नेकपाको केन्द्रीय सचिवालयले वैशाख ८ गते परिपत्र जारी गरेर पार्टी एकता सन्दर्भमा निर्देशन दिएको थियो । नेकपा महासचिव पौडेलद्वारा जारी परिपत्रमा साविकको एमाले र माओवादी केन्द्रलाई मिलाएर नयाँ जिल्ला कमिटी गठन गर्न निर्देशन दिइएको थियो ।

जिल्ला कमिटी गठन गर्दा धनुषामा साविकको एमाले र माओवादीबाट ७५/७५ जना मिलाएर १ सय ५० सदस्यीय जिल्ला कमिटी गठन गर्न प्रदेश कमिटीलाई निर्देशन दिइएको थियो । धनुषाको हकमा साविकमा नेकपा एमालेमा निर्वाचनमार्फत अधिवेशन गराएर नै कमिटी गठन गरिएको थियो । नेकपा केन्द्रीय सदस्य रत्नेश्वर लाल गोइतका अनुसार अधिवेशनबाट ७९ जना जिल्ला कमिटी निर्वाचित भएको थियो । जसमध्ये ३ जनाको मृत्यु भइसकेको र १ जना राजोदेवी दासले त्यतिबेलै शपथ नगरेकाले निष्क्रिय थिइन् । साविक नेकपा एमालेमा ७५ जनाको जिल्ला कमिटी थियो ।

माओवादीमा अधिवेशन भएको थिएन । तत्कालीन माओवादीको पोलिटब्यूरो बैठकबाट ७५ जनाको नाम सहितको जिल्ला कमिटीको मनोनयन गरिएको सूची प्रदेश कमिटीलाई दिइयो । साविकको माओवादीमा कुनै समस्या थिएन ।

साविकको एमालेका जिल्ला कमिटीमा रहेका २२ जनाको नाम नयाँ जिल्ला कमिटीमा हटाइयो । एमालेको जिल्ला कमिटीमा रहेका २२ जनाको नाम हटाइएपछि विवाद सिर्जना भएको छ । राम ईश्वर कापर, राजकुमार मण्डल, राजकुमार यादव, शेष हसन, रामप्रबोध महतो, सुमित्रा आमात्य, पुरुषोत्तम लामा, भगवान दत्त साह, राम प्रसाद महतो, रामबाबु पुर्बे, केदार अधिकारी, रामचन्द्र सिंह, रामदयाल दास, सिला यादव, सुकेश मण्डल, विनोद पासवान, लक्ष्मेश्वर यादव, दिलिप दास, सुरेन्द्र साह, दूर्गाप्रसाद साह, मानबहादुर पौडेल र रिता भट्टराईको नाम हटाइएको छ । एमालेमा हुँदा २२ जनामध्ये १२ जना पूर्ण जिल्ला कमिटी सदस्य थिए भने १० जना वैकल्पिक सदस्य थिए ।

पूर्व एमालेका २२ जना जिल्ला कमिटी सदस्यको ठाउँमा विधान र प्रक्रिया मिचेर प्रदेश कमिटीका पदाधिकारीले नेताको खल्तीबाट नाम मनोनयन गरेको आरोप लागेको छ । जसअनुसार पार्टीको संगठित सदस्यता नै प्राप्त नगरेका दिपेन्द्र यादव, रामबाबु पंजियार, सुरेन्द्र भण्डारी, रामबाबु साह, मुन्नी दास, अनिल यादव, अनिता साह, भारती सिंह, महेन्द्र यादव, अजय यादव र संजिव यादवलाई जिल्ला सदस्य बताइएको स्रोतले जनाएको छ ।

प्रक्रिया विपरीत जोगो यादव, चन्दर यादव, राजु गुप्ता, उमेश साह, बाबुसाहेब यादव, लालजी साह, रामकुमार महतो, कौशिला यादव र सविन थापालाई जिल्ला सदस्यमा मनोनयन गरिएको जनाइएको छ ।

धनुषाजस्तै प्रदेशका अन्य जिल्लामा पनि विधान मिचेर, पार्टीको मापदण्डलाई लत्याएर प्रक्रिया विपरीत नेताको खल्तीबाट जिल्ला कमिटी सदस्य मनोनयन गरिएको आरोप लागेको छ । जिल्ला कमिटी सदस्यको विवादलाई लिएर धनुषासहित विभिन्न जिल्लाका केन्द्रीय सदस्यले नेकपा नेता माधवकुमार नेपाल र अध्यक्ष प्रचण्डलाई भेटेर असन्तुष्टिबारे बताएका थिए ।

नेता नेपालले प्रचण्डलाई भेटेर नै शपथ रोकेर छानबिन गरी नयाँ कमिटी मनोनयन गर्न निर्देशन दिन आग्रह गरेका थिए । गत साउन २४ गते नै प्रदेशका जिल्ला कमिटीको शपथ गराउने महासचिव पौडेलले तयारी र आन्तरिक निर्देशन गरेका थिए तर माधव नेपालले शपथ नरोकिए समानान्तर पार्टी नै गठन गर्ने प्रचण्डलाई चेतावनी दिएपछि पौडेलले अन्तिम समयमा आएर शपथ रोकेको स्रोतको दाबी छ ।

पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको प्रभावमा परेर प्रदेश कमिटीका पदाधिकारी प्रभू साह, सुमनकान्त प्याकुरेल, सत्यनारायण मण्डल र विश्वनाथ साहले चलखेल गरेको आरोप लागेपछि प्रदेश अध्यक्ष प्रभू साहले अध्यक्ष पदबाट राजीनामा समेत दिएका थिए । भदौ २ गते पार्टी अध्यक्ष प्रचण्ड र नेता माधव नेपाल जनकपुर आएकै बेला साहले अध्यक्ष पदबाट लिखित राजीनामा प्रचण्डलाई बुझाएको समाचार बाहिरिएको थियो । अध्यक्ष शाहले पछि राजीनामा फिर्ता लिएको समाचार बाहिरिएको थियो ।

विवादका सन्दर्भमा नेकपा प्रदेश कमिटी सचिव प्याकुरेलले पार्टीभित्र अन्तरविरोध रहेको स्वीकारेका छन् । ‘पार्टीमा जिल्ला कमिटी मनोनयन गर्दा केही त्रुटि भएकै हो,’ प्याकुरेलले भने, ‘प्रदेश कमिटीको बैठक आजै बसेर अन्तर्विरोध हल गर्ने कोसिस गर्नेछौं ।’

शपथ गराउने पक्षले अन्तर्विरोध हल गर्ने कोसिस गरिने बताएपनि असन्तुष्ट पक्षले मुठभेड हुनसक्ने आकलन गरेको छ । प्रदेश कमिटीको बैठक बसेर जिल्ला कमिटी सदस्यको निर्णय गर्नुपर्नेमा केही पदाधिकारीले आफूखुशी नेताको प्रभावमा परेर खल्तीबाट नाम मनोनयन गरेको असन्तुष्टको आरोप छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x