एनआईसी एशिया बैंकको एटीएम मशिन ललितपुर जिल्ला अदालत परिसरमा राखिने

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेलबीच ललितपुर महानगरपालिका–१५ लगनखेलस्थित अदालत परिसरमा एक्स्टेन्सन काउन्टर र एटीएम मशिन सञ्चालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले हस्ताक्षर गरे ।


Advertisement

ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटीएम मेसिन सञ्चालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर २९८ शाखा कार्यालय, ३५४ एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करीब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको न्यून उपस्थिति रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 

कमेन्ट गर्नुहोस्