×

NMB BANK
NIC ASIA

पशुपति समाधिस्थलमा सिमेन्टको संरचना बनाउने काम रोक्न सांसदहरूको माग

भदौ २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाडी सिमेन्टको संरचना बनाउन रोक लगाइनुपर्ने सांसदहरूले माग गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत गठित विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिले आज पशुपति क्षेत्र विकास कोषको कार्यालयमा आयोजना गरेको गुरुयोजनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पशुपति क्षेत्रमा मान्छे गाड्ने चिहानघारी बनाउनु नहुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'अरु देशमा शव गाड्नेले आफैँ जमीन किन्छन्, यसरी किनिएको जमीन पनि ५० वर्षसम्मलाई हुन्छ, यस्तो मैले इटाली भ्रमणमा जाँदा पनि देखेको थिएँ, आर्यघाट र भष्मेश्वर घाटमा दाउराबाट शव जलाउँदासमेत प्रदूषण फैलिएकाले विद्युतीय शवदाह गृहबाट जलाउन प्रोत्साहन गरिनुपर्छ', उनले भने ।


Advertisment
Nabil box
Kumari

पशुपति क्षेत्रमा सफाइ कर्मचारी सङ्ख्या बढाएर पर्यटकलाई आऊँ-आऊँ लाग्ने बनाउनुपर्ने सुझाव पनि नेता नेपालले दिए । विश्वका एक अर्ब हिन्दूले एकपटक पशुपतिनाथको दर्शन गर्ने इच्छा राख्ने गरेको उल्लेख गर्दै उनले तिनलाई आकर्षित गर्न सके नेपालको धार्मिक पर्यटन प्रवर्द्धन हुने बताए ।

Vianet communication
Laxmi Bank

पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पनि पशुपति क्षेत्रमा शव गाडेर सिमेन्टको संरचना बनाएर कुरूप बनाउनु नहुने विचार राखिन् । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा आउने नाङ्गा एवं गाँजा, भाङ र धतुरो खानेलाई पनि रोक लगाउनुपर्ने उनको भनाइ थियो । 

सांसद मोहन बानियाँले पशुपति क्षेत्रको पूर्वाधार निर्माण एकद्वार नीतिअन्तर्गत कोषले मात्र निर्माण एवं सम्पदा संरक्षणको काम गर्नुपर्ने बताए ।

पशुपति क्षेत्रलाई मसानघाट बनाउन दिनुनहुने उनको विचार थियो । १२५ जाति सबैलाई पशुपति क्षेत्रमा शव गाड्न दिए पशुपति क्षेत्रको सांस्कृतिक महत्व नै नष्ट हुने सांसद बानियाँको भनाइ थियो ।

सांसद नारदमुनि रानाले पशुपतिका मूलभट्ट एवं भट्टले शपथ खाने ११ शिवलिङ्ग व्यक्ति/व्यक्तिको घरभित्र रहेकाले तिनलाई कहिले मुक्त गरिने हो भनी प्रश्न गरे ।

भ्रमण वर्षलाई सहयोग पुग्ने गरी पशुपतिमा सूचना एवं जानकारी दिने व्यवस्था गर्न पनि उनले माग गरे ।

उपसमिति संयोजक सांसद सुजिता शाक्यले शौचालयमा पनि पुरातात्विक महत्वका उमामहेश्वरलगायत महत्वपूर्ण मूर्ति भेटिएकाले कोषलाई व्यवस्थित गर्न निर्देशन दिइन् ।

पशुपति क्षेत्रलाई आकर्षक धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने गरी गुरुयोजना निर्माण गर्न पनि उनले सुझाव दिइन् ।

कोटेश्वर–जडीबुटी–बौद्ध हुँदै चक्रपथ विस्तार गर्न माग 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माणका विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सर्वेक्षण गरी प्रतिवेदन तयार पारिरहेकाले गुरुयोजना निर्माणमा ढिलाइ भएको बताए । चैत मसान्तसम्म गुरुयोजना तयार पार्ने गरी काम अघि बढाइएको उनले संसदीय समितिलाई जानकारी दिए ।

'कोटेश्वरबाट गौशाला हुँदै चाबहिल निस्कने चक्रपथ १२ लेनमा विस्तार गरिने भन्ने सुन्नमा आएको छ, विमानस्थलबाट चावहिलसम्म पशुपति क्षेत्र पर्छ, तिलगङ्गाबाट चाबहिलसम्म महत्वपूर्ण सांस्कृतिक सम्पदा छन्, सयौँ वर्ष पुराना पुरातात्विक महत्वका यी सम्पदा भत्काउन मिल्दैन, यसैले चक्रपथलाई कोटेश्वरबाट जडीबुटी हुँदै बौद्धलाई पनि भित्र पारेर चक्रपथ लैजान गुरुयोजनामा प्रस्ताव गर्दैछौँ', सदस्य सचिव ढकालले भने ।

सम्पदा क्षेत्रबाट ठूला सवारी आवागमन हुँदा जयवागेश्वरी, निर्वाणेश्वर/निर्वाणेश्वरी, धन्दो चैत्यलगायत पुरातात्विक संरचमा ध्वनि एवं धुलोले असर गरेकाले पनि चक्रपथ सार्नुपर्ने कोषको माग छ । पशुपति क्षेत्रका सम्पदा सार्न नमिल्ने भएकाले चक्रपथ सार्न पहल गरिदिन पनि उनले समितिका सांसदहरूसँग अनुरोध गरेका थिए ।

गुरुयोजना निर्माण समिति संयोजक एवं कोषका पूर्वसदस्य सचिव चेतोनाथ गौतमले कम्तीमा आगामी ५० वर्षसम्मलाई हेरेर पशुपति क्षेत्रको गुरुयोजना बनाउन लागिएको सुनाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको ध्रुवस्थलीबाट संरक्षित स्मारक क्षेत्र शुरू हुन्छ । यहीँ नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका विस्तारका क्रममा संरचना बनाउन लागेको सुनिएकाले छलफल गरेर मात्र अघि बढ्नुपर्ने पूर्वसदस्य सचिव गौतमको भनाइ थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x