×

NMB BANK
NIC ASIA

काठमाडौं उपत्यकालाई सफा र स्वच्छ बनाइने

भदौ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडौं उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष्यका साथ सो कार्ययोजना अघि बढाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागले बुधबार सरोकारवाला निकाय र वातावरण विषयका जानकारहरुसँग काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनासम्बन्धी छलफल र अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ ।


Advertisment
Nabil box
Kumari

अन्तरक्रिया उद्घाटन कार्यक्रममा वनमन्त्री शक्तिबहादुर बस्नेतले कार्ययोजनाले वायु प्रदूषणका समस्याको पहिचानका साथै समाधानका लागि सरोकारवाला निकायको समन्वयमा प्रभावकारी पहल गर्न सहज हुने बताए।

Vianet communication
Laxmi Bank

प्रदूषण नियन्त्रणका लागि नीति र कानूनको व्यवस्था भइसकेको र संरचनागत व्यवस्थाका बारेमा छलफल अघि बढेको बताउँदै उहाँले कार्ययोजनाअनुसार मुलुकका ठूला शहरको प्रदूषण नियन्त्रण गर्ने लक्ष्य निर्धारण अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले काठमाडौँ उपत्यकामा प्रदूषणले सीमा नाघ्न लागेको भन्दै वर्तमानका आवश्यकता पूरा गर्ने र भावी सन्ततिलाई पर्यावरणीय सुरक्षा हुने गरी मानवीय क्रियाकलाप गर्नुपर्ने आजको आवश्यकता रहेकोमा जोड दिए । साथै उनले अनुसन्धानबाट प्राप्त सुझाव लागू गर्नुपर्ने र प्रदूषण नियन्त्रणका लागि शैक्षिक एवं औद्योगिक समुदायमा पुगेर जनचेतनाका कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिए।

वनसचिव डा विश्वनाथ ओलीले मुलुकको बदलिँदो परिस्थितिमा यसअघि नै तयार भएको सोसम्बन्धी कार्ययोजनालाई परिमार्जनका लागि छलफल गर्न लागिएको बताउँदै विज्ञहरुबाट प्राप्त हुने सुझावले सरकारलाई निर्णय लिन सहज हुने बताए। विभागले सन् २०१७ मा सोसम्बन्धी कार्ययोजना बनाई तयार गरे पनि लागू हुनसकेको थिएन । सोही कार्ययोजनालाई मुख्य आधार बनाई परिमाजर्नसहित छलफल आयोजना गरिएको हो ।

यातायातका क्षेत्र तथा निर्माण गतिविधिबाट हुने र उद्योग प्रतिष्ठानबाट हुने प्रदूषण न्यूनीकरण गर्नु, वातावरणमैत्री तवरबाट फोहरमैलाको व्यवस्थापन गरी वायु प्रदूषण न्यूनीकरण गर्नु र घरभित्रको वायु प्रदूषण न्यूनीकरण गर्नु कार्ययोजनाको उद्देश्य रहेको छ ।

यसैगरी वायु प्रदूषणको अवस्था, कारण र असर एवं न्यूनीकरण एवं रोकथामका सम्बन्धमा जनचेतना जगाउनु, वायु गुणस्तर व्यवस्थापन निर्णय सहयोग प्रणालीको विकास गर्नु, आपत्कालीन अवस्थामा वायु प्रदूषणका व्यवस्थापन गर्नु र वायु प्रदूषण न्यूनीकरणका लागि नीतिगत, कानूनी तथा संरचनाका सुदृढीकरण गर्दै आर्थिक स्रोतको सुनिश्चितता गर्नु कार्ययोजनाको उद्देश्य छ ।

विभागको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकाको वायुको गुणस्तर सरकारको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डविपरीत रहेको पाइएको छ । उपत्यकामा वायु प्रदूषणजन्य रोगहरुको जोखिम बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण ३७ हजार मानिसको मृत्यु भएको थियो ।

विभागबाट सन् २०१७ मा गरिएको अध्ययनमा वायु प्रदूषणका मुख्य स्रोतहरुमा यातायातका साधन, सडकमा जम्मा भएको धुलो, उद्योग, इँटाभट्टा, निर्माणजन्य गतिविधि, खुलारुपमा जलाउने कृषिजन्य एवं अन्य फोहर आदि रहेका छन् । भीष्मराज ओझा, रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x