समाजवादी पार्टीको सल्लाहकार समिति गठन, प्रमुखमा भीमप्रसाद गौतम

काठमाडौं – गत वैशाख २३ गते तत्कालीन नयाा शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भई बनेको समाजवादी पार्टी नेपालको संगठन समायोजन अन्तर्गत केन्द्रीय सल्लाहकार समितिले पूर्णता पाएको छ ।

समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा भएको समायोजन कार्यक्रममा भीमप्रसाद गौतमलाई सल्लाहकार समितिको प्रमुख चयन गरिएको छ । गौतम पूर्व भूमिसुधार मन्त्री समेत हुन् ।


Advertisement

साथै ९६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

समितिको पहिलो बैठकले सुमनकुमार चौधरीलाई सचिवको जिम्मेवारी दिएको छ । बैठकले सबै सदस्यहरूको कार्यविभाजन समेत गरेको छ ।


Advertisement

बैठकले प्रदेश सल्लाहकार समिति बनाउने र प्रदेशभित्र रहेका समितिका सदस्यहरूलाई आ–आफ्नो प्रदेशमा समिति गठन गर्न क्रियाशील रहन निर्देशनसमेत दिएको छ ।

समायोजन कार्यक्रममा उपाध्यक्ष नवराज सुवेदी, महासचिव गंगानारायण श्रेष्ठ लगाएत नेताहरू उपस्थित रहेका थिए ।

 

कमेन्ट गर्नुहोस्