बालुवाटारमा ओली-प्रचण्डको तयारी बैठक

काठमाडौं–सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार सचिवालय सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि भेला भएका छन् । 

अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीका साथमा पार्टीका महासचिव विष्णु पौडेल र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा छलफलमा सरिक भएको बालुवाटार स्रोतले लोकान्तरलाई बतायो । 


Advertisement

'यो होमवर्क बैठक हो,' स्रोतले भन्यो, 'त्यही भएर चार जनामात्र बस्नुभएको हो । यस्ता बैठकहरू पहिला पनि हुने गरेका हुन् । पार्टी एकता र संसदमा विचाराधीन रहेका विधेयकहरूका बारेमा छलफल भएको छ ।'

छलफलमा आगामी सचिवालय बैठक र त्यसका एजेण्डाका बारेमा पनि कुरा हुने स्रोतले बताएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्