मुक्तिनाथ विकास बैंकद्धारा अटीजम केयर नेपाल सोसाइटीलाई सहयोग

काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई वित्तीय सहयोग गरेको छ । सोमवार बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले सोसाइटीका कोषाध्यक्ष सरु अधिकारीलाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । 

सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सोसाइटीलाई तालिम भवन निमार्णका लागि वित्तीय सहयोग प्रदान गरेको हो । 


Advertisement

सोसाइटीले जिल्ला भरी रहेका अटीजम (फरक रुपमा सक्षम) भएका बालबालिकाहरुको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलापहरु गर्दै आइरहेको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्