सातै प्रदेशका टिपिकल खाना एकै ठाउँमा

काठमाडौं – आईआईएमएस कलेजले दशैं कार्निभल तथा नेपाल फूड फेस्टिभलको आयोजना गरेको छ ।

शनिवार काठमाडौंको भृकुटीमण्डपमा मेलाको आयोजना गरेको हो ।


Advertisement

नेपाली टिपिकल खाना र संस्कृतिको प्रवद्र्धन गर्न मेलाको आयोजा गरिएको आईआईएमएस कलेजका सीईओ सविन्द्र महर्जनले जानकारी दिए ।

फेस्टिभलमा ७ वटै प्रदेशका खानाका परिकारलाई मेलामा सहभागी गराइएको थियो । सुदूरपश्चिमको दुप्का, डोटेली सेकुवा र मास पुरी, कर्णालीको मार्सी भात, हिमालको टि–मोम, तराईको घोंगी, पूर्वको एङुबेन, नेवारी खाना, एमरी लगायतका परिकार मेलामा राखिएको थियो ।


Advertisement

फेस्टिभलमा नेपाली संस्कृति झल्काउने दुर्गा, कुमारी, घिमे, लाखे, मारुनी, कौडा, हुडकेली नाच प्रस्तुत गरिएको सीईओ सविन्द्र महर्जनले जानकारी दिए ।

भिजिट नेपाल २०२० लाई प्रोमोट गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कलेजले प्रत्येक वर्ष फेस्टिभको आयोजना गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्