×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा ४५ जनामा डेंगुको सङ्क्रमण

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - मुलुकभर डेङ्गु सङ्क्रमण बढिरहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि यसको प्रभाव बढ्दै गइरहेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबाहेक आठ वटा जिल्लामा डेङ्गुका बिरामी भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Muktinath Bank

प्रदेश स्वास्थ्य निर्देशनालयका किट नियन्त्रण निरीक्षक हेमराज जोशीले बाजुराबाहेक अन्य जिल्लामा गरी ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको जानकारी दिए । सबैभन्दा बढी कैलालीमा २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार डेङ्गु नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्न यहाँका १५ वटा स्थानीयतहलाई चालू आर्थिक वर्षमा सङ्घीय सरकारले बजेट उपलब्ध गराएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको ८८ वटा स्थानीय तहमध्ये पहाडी जिल्लामा समेत डेङ्गुको सङ्क्रमण देखिएपछि सर्तकता अपनाउनका लागि स्थानीय तह अग्रसर भएका छन् ।


Advertisment
Nabil box
Kumari

'लार्भा नष्ट अभियानका लागि स्थानीय तहलाई रु एक लाखदेखि रु दुई लाखसम्म रकम दिएको छ,' किट नियन्त्रण निरीक्षक जोशीले भने, 'धनगढी उपमहानगरपालिका र भीमदत्त नगरपालिकालाई रु दुई/दुई लाख दिइएको छ ।'

Vianet communication
Laxmi Bank

लार्भा नष्ट गर्न शनिबारदेखि कञ्चनपुरको वेदकोट र कैलालीको टीकापुर नगरपालिकाले अभियान नै शुरु गरेका छन् । यसअघि कैलालीको लम्कीचुहा नगरपालिका, गौरीगङ्गा नगरपालिका, जानकी गाउँपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाले प्रभावित क्षेत्रको पहिचान गरी लार्भा नष्ट गरिसकेको पनि उनले जानकारी दिए ।

किट नियन्त्रण निरीक्षक जोशीले निर्देशनालयले प्रदेश सामाजिक विकास मन्त्रालयमा डेङ्गु नियन्त्रण अभियान सञ्चालनका लागि योजना पेश गरेको जानकारी दिए ।

'धनगढी र भीमदत्तनगरमा रहेका स्वास्थ्य कार्यालयले पनि प्रभावित क्षेत्रमा लार्भा नष्ट अभियान सञ्चालनको तयारी गरेका छन्,' जोशीले भने, 'अहिले यहाँका स्वास्थ्य संस्थाहरुमा बिरामीहरुको चाप पनि बढेको छ ।'

एडिज नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको चिकित्सकको सल्लाहअनुसार समयमै उपचार गरिएमा निको हुने जोशीको भनाइ छ । नियन्त्रण र उपचारका लागि कहीँ पनि औषधि र किटको अभाव छैन,' उनले भने, 'प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत सबैतिर अख्तियारी दिइएको छ ।'

त्यसैगरी यहाँको कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक गजेन्द्र विष्टले नगरपालिकाले आन्तरिक स्रोतबाटै लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको जानकारी दिए । 'प्रभावित क्षेत्रको पहिचान गरी केही वडामा लार्भा नष्ट अभियान चलाइसकेका छौँ,' उनले भने, 'त्यसका लागि नगरपालिकाले बजेट व्यवस्थापन गरेको छ ।'

त्यसैगरी यहाँको महाकाली अञ्चल अस्पतालले पनि आइतबार डेङ्गु परीक्षणका लागि आवश्यक ‘किट’ खरिद गरेको छ । लामो समयदेखि किट नहुँदा अस्पतालमा डेङ्गु परीक्षण गर्न सकिएको थिएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x