कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
काठमाडौँ - डेढ महिनाअघि संस्कृति, पर्यटन नथा नागरिक उड्ययनमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो ।
सामाजिक सञ्जाल र सञ्चार माध्यम उनका प्रशंसाले रंगिएका थिए । कतिले त प्रधानमन्त्री नियुक्तिभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे ।
सरकारले अपेक्षाकृत काम नगरिरहेका बेला झन्डै साढे चार महिनादेखि रिक्त मन्त्रालयमा दिवंगत रवीन्द्र अधिकारीको उत्तराधिकारीका रूपमा भट्टराई आएका थिए । संसद् र यसअघिका राजनीतिक मोर्चामा प्रभावकारी भूमिका निर्वाह गरेका युवा नेताको मन्त्रिमण्डलमा प्रवेश भएसँगै चर्चा चुलिएको थियो तर तिनै युवा नेता भट्टराईमाथि मन्त्री बनेको डेढ महिनामै आलोचनाका स्वर चर्किन थालेका छन् ।
किन यस्तो अवस्था आयो ? यसका पछाडि उनले गरेका कही प्रतिनिधिमूलक काम जिम्मेवार छन् । उनले गरेको ‘पशुपतिको गंगा आरतीमा राष्ट्रिय गान’ बजाउने निर्णय निकै आलोचित छ । ‘राष्ट्रियता जगेर्ना गर्ने नाममा आर्यघाटनजिक हुने आरतीमा राष्ट्रिय गान कति अनिवार्य हो ?’ नागरिकस्तरबाट प्रश्न उठेको छ ।
राष्ट्रिय गान प्रकरणले आलोचना बढिरहेका बेला मन्त्री भट्टराईकै कारण शनिबार नेपालगन्जमा जहाज उडान ढिलाइ भएको घटना बाहिरियो ।
धनगढीबाट फर्किंदै गर्दा मन्त्री केही ढिलो भएका कारण केहीबेर जहाज रोकिएको थियो । यसलाई ज्ञानेन्द्र शाहीलगायत व्यक्तिले विमानभित्रै विरोध गरे । यो प्रकरणमा मन्त्री भट्टराई र एयरलाइन्स कम्पनीले स्पष्टीकरण दिइसकेका छन् । स्पष्टीकरणले ढिलाइको कारण खुट्याइसक्यो तर यो प्रकरणले केही प्रश्न भने पुनः जन्माइदिएको छ ।
उनले साँझ स्वकीय सचिव प्रेम गुरागाईंको नाममा नेपालगन्ज घटना र त्यहाँ देखिएको प्रवृत्तिमाथि टिप्पणी गर्दै विज्ञप्ति जारी गराए । विज्ञप्तिमा प्रयुक्त भाषा पनि विवादमा परेको छ । नेपालगन्ज घटना र त्यसपछिका प्रतिक्रियालाई लक्ष्य गर्दै विज्ञप्तिमा ‘आफ्नो सिंहासन गुमेपछि विक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संविधानविरोधी हर्कत जारी राखेका छन्’ भन्ने उल्लेख छ । त्यस्तै यस्ता ‘मण्डले प्रवृत्ति’ को विरोध र धम्कीले रत्तिभर विचलित नहुने पनि बताइएको छ ।
उनको यो विज्ञप्तिपछि आलोचना गर्नेहरूलाई ‘मण्डले’ का रूपमा चित्रण गरेको भन्दै सामाजिक सञ्जालमा मन्त्रीप्रति थप प्रश्न आएका छन् ।
समग्रमा पर्यटन र हवाई क्षेत्रमा सुधार ल्याउन उनले केही योजना ल्याएका छन् । हवाई उडानमा ७० कटेका वृद्धवृद्धालाई ५० प्रतिशत छुट दिने घोषणा गरे तर उनको घोषणालाई वायुसेवा सञ्चालकले नै विरोध गर्दै आएका छन् । भट्टराईबाट पनि अन्य मन्त्रीहरूकै शैलीमा भाषण आउने, पपुलिस्ट जस्ता लाग्ने कुरा सार्वजनिक हुँदा उनीप्रति आलोचना गर्नेलाई बल मिलिरहेको छ ।कान्तिपुर दैनिकमा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...