माघ २५, २०८०
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
संसद अवरोधको शृंखला फेरि शुरू भएको छ । १ महिना नहुँदै संसदमा कांग्रेसको विरोध शुरू भएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल तथा ठेकेदारको लापरवाहीले खाल्डोमा डुबेर बालकको मृत्यु भएको भन्दै प्रदर्शन गरिरहेका स्थानीयमाथि प्रहरीको गोली लागि मृत्यु भएका सरोजनारायण सिंहको हत्याबारे संसदीय छानबिन समितिको माग गर्दै कांग्रेस र राजपाले असार २४ गतेदेखि लगातार २६ दिन संसद बैठक अवरुद्ध गरेका थिए ।
भविष्यमा संसद अवरोध हुन नदिन संविधान नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव पेश गर्न ७ सदस्यीय समिति गठन गर्ने सहमतिपछि साउन २० गते संसदको गतिरोध अन्त्य भएको थियो ।
लामो समयको गतिरोधपछि संसद अवरोध हटेको १ महिना १० दिनपछि कांग्रेसले फेरि संसद अवरोधको उहीँ पट्यारलाग्दो शृंखला शुरू गरेको छ ।
पार्टीको जागरण अभियानका क्रममा भदौ २६ गते खजुरामा जिल्ला सभापति किरण कोइराला लगायत केन्द्रीय प्रतिनिधिमाथि नेकपा कार्यकर्ताबाट भएको आक्रमणबारे सरकारको जवाफ माग गर्दै कांग्रेसले यसपटकको संसद अवरोध शुरू गरेको हो ।
भदौ २९ गतेको बैठकमा कांग्रेसको माग अनुसार सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले जवाफ दिए – घटनामा संलग्नलाई कारवाही गर्न सरकार प्रतिबद्ध छ । कांग्रेस सांसदले गृहमन्त्रीलाई पुरक प्रश्न सोधे – आक्रमणकारी कहिले पक्राउ पर्छन् ?
गृहमन्त्रीले तत्कालै जवाफ दिए – ३ जना पक्राउ परे, बाँकी पनि पर्छन्, दोषीमाथि कारवाही हुन्छ ।
गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले संसदको बैठक १० मिनेटका लागि स्थगित गरे । २ घण्टापछि बसेको आइतवारको दोस्रो बैठकमा पनि कांग्रेस सांसद उभिएर विरोध जनाइरहेपछि महराले सोमवार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरे ।
सोमवार कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेसको तर्फबाट सचेतक पुष्पा भुसाल बोल्ने र सभामुखले निर्देशन दिएपछि बैठक सुचारु गर्ने सहमति थियो । बैठकको शुरूमा कांग्रेस सचेतकले आफ्ना कुरा राखेर बोलिसकेकी थिइन् । सभामुख महराले नेकपा सांसद नन्दलाल रोका क्षेत्रीलाई बोल्न समय दिए । क्षेत्रीले बाँके घटना कांग्रेसले दाबी गरेजस्तो नभएको दावी गर्दै कांग्रेसले आरोप लगाएका व्यक्तिलाई कारवाही गरे आन्दोलन गर्ने चेतावनी दिए ।
‘वडाध्यक्षलाई मुद्दा लगाउने कुरा स्वीकार्य छैन, कांग्रेसले आन्दोलन गरे आन्दोलन गर्न हामी पनि तयार छौं । समिति गठन गरेर छानबिन गर्नुपर्छ,’ उनले भने ।
नेकपा सांसदलाई समय दिएकोमा आपत्ति जनाएका कांग्रेस सांसदहरू ‘संसदीय निष्पक्षता’को नारा लगाउँदै संसदको वेलमा पुगे । सोमवार कांग्रेस सांसद उत्तेजित हुँदै वेल घेर्न जानुपर्ने अवस्था थिएन । नेकपा सांसदले आफ्नो भनाइ राखेका थिए, त्यो न नेकपाको आधिकारिक धारणा थियो, न सरकारका गृहमन्त्रीको जवाफ ।
आइतवार राति प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताबीच अवरुद्ध सदन चलाउने विषयमा सहमति भएको थियो । तर बिच्किएको कांग्रेसले वेल घेरेर चर्को नारावाजी गर्यो र सोमवार पनि संसदको बैठक अवरुद्ध भयो ।
प्रतिपक्षी कांग्रेसले संसदमा गरेको विरोध/अवरोधप्रति सर्वसाधारण जनताको कुनै सहानुभूति छैन । महंगी, भ्रष्टाचारविरुद्ध जवजीविकाका मुद्दा उठाएर उसले संसद अवरुद्ध गरेको पनि होइन । पछिल्लो समय देशमा भएका ठूला आर्थिक घोटालामा सत्ता र प्रतिपक्षी दलका नेताको घाँटी जोडिएको सर्वसाधारणको आरोप छ ।
राजनीतिक दलको शान्तिपूर्ण कार्यक्रममा सत्ताको आडमा ‘भिजिलान्ते’ प्रयोग गरेर आक्रमण भएको हो भने खेदजनक कार्य हो तर नेपाली कांग्रेसले गरिरहेको संसद अवरोध निरर्थक छ । संसदीय लोकतन्त्रलाई आदर्श मान्ने पार्टीले साना–साना निहुँमा जनताको सर्वोच्च निकाय संसदको मुख थुन्ने कार्यलाई कदापी सही भन्न सकिन्न । संसदीय गरिमा कायम गर !
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...