फोनको ब्याट्रीले तय गर्छ मानिसको मूड, अनुसन्धानले देखायो

काठमाडौं – आधुनिक युगमा प्रविधिले जिन्दगीलाई नियन्त्रण गरिरहेको छ । फोनको ब्याट्रीले मानिसको मूड नियन्त्रण गर्ने पत्ता लागेको छ । 

लन्डन विश्वविद्यालयका बजार अनुसन्धाता टमस रोबिन्सन र फिनल्यान्डको अल्टो विश्वविद्यालयको अनुसन्धानमा यो कुरा देखिएको हो । 


Advertisement

अनुसन्धानका अनुसार, फोनका ब्याट्री चार्ज अवस्थामा राख्ने मानिसले ऊर्जाको उपयोग लामो समयसम्म गर्छन् । यस्ता मानिस बढी व्यवस्थित हुन्छन् । 

ब्याट्रीमा ध्यान नदिने अनि फोनमा ब्याट्री कम हुने मानिसको जीवन अव्यवस्थित हुन्छ । 


Advertisement

अनुसन्धानकर्ताहरूले लन्डनका २३ देखि ५७ वर्ष उमेरका २२ जनामाथि अनुसन्धान गरे । ती मानिस कतै जानका लागि ६० देखि १८० मिनट समय बिताउँछन् । उनीहरू गन्तव्यबाट १० किलोमिटर टाढा हुँदा वा बाटामा १० ठाउँमा रोकिएमा त्यसको तुलना ब्याट्रीसँग गर्छन् । 

जस्तो, फोनमा ब्याट्री ५० प्रतिशत छ भने गन्तव्य पुग्न कति समय लाग्छ र ब्याट्री फुल बनाउन कति समय लाग्छ भन्ने कुरामा नै उनीहरू गन्तव्यमा कति छिटो पुग्न चाहन्छन् भन्ने कुरा निर्धारित हुन्छ । 

फोन फुल चार्ज हुँदा उनीहरू सकारात्मक अनुभव गर्छन् र फुल ब्याट्रीका साथ जहाँ जान पनि सकिन्छ भन्ने सोच राख्छन् । आधी वा त्यसभन्दा कम ब्याट्री भएकाहरूमा नकारात्मकता बढ्छ । 

अनुसन्धानमा सहभागी भएकाहरूलाई दिन सकिँदाको बेलातिर डिभाइसको ब्याट्री आइकन हेर्दा कस्तो अनुभव हुन्छ भनी सोधिएको थियो । उनीहरूले भने, ‘फुल ब्याट्री हेर्दा सुख अनुभव हुन्छ र ५० प्रतिशत ब्याट्री हेर्नु चिन्ताजनक लाग्छ । ब्याट्री ३० प्रतिशत  पुग्दा चिन्ता अझै गहिरो हुन्छ ।’

उपकरणहरूमा हाम्रो निर्भरता बढ्दै गएको परिणाम यो भएको अनुसन्धानकर्ताहरूको तर्क छ । 

अनुसन्धाता डा रबिन्सनले भने, ‘फोनको ब्याट्री सधैं फुल राख्ने वा त्यसमा ध्यान दिने मानिसहरू उच्च स्तरको जिम्मेवारी लिनका लागि थप राम्रो कदम उठाउँछन् ।’

यसको उल्टो ब्याट्री चार्ज नराख्ने मानिस चाहिँ अव्यवस्थित हुन्छन् र कुनै पनि काम सही ढंगले गर्दैनन् । 

फोनको ब्याट्री कम राख्नेहरू अरूमाथि निर्भर रहन्छन् र उनीहरूको सामाजिक दायरा पनि कम हुन्छ । फोनको ब्याट्री प्रभावकारी ढंगले व्यवस्थापन नगर्नेहरू जीवनको व्यवस्था पनि राम्ररी गर्न जान्दैनन् ।

एजेन्सी
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्