×

NMB BANK
NIC ASIA

आकस्मिक अवतरण गरेको विमानको चिप्लेटी नअडिएपछि यात्रुहरूलाई सकस (भिडियो)

भदौ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – स्पेनको भुएलिङ एयरलाइनको भीवाई२११८ विमान मालागाबाट बार्सिलोना जाँदै गर्दा क्याबिनमा धूवाँ भरिएपछि आकस्मिक अवतरण गराउनुपरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

घटना शुक्रवार मध्यरातमा भएको हो । आकस्मिक अवतरणपछि चिप्लेटी निकालिएको थियो तर त्यो एकै ठाउँमा नअडिएपछि यात्रुहरूले दह्रो गरी समात्नुपरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एल प्रात विमानस्थलमा खिचिएको भिडियोमा मानिसहरू विमानबाट निस्कन खोजेको अनि चिप्लेटी यताउता हल्लिएको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

एक यात्रु हाभिएर काल्देरोनले चिप्लेटी समातेर मात्र यात्रुहरूलाई ओराल्न सकिएको बताए । विमान कर्मचारीहरूले लापरलुपर काम गरेको तर रायनएयरका दुई कर्मचारीले सहयोग गरेको उनले बताए । 

Vianet communication
Laxmi Bank

एल प्रात विमानस्थल बार्सिलोनाको केन्द्रबाट १२ किलोमिटर टाढा छ । 

थुप्रै मानिस विमान वरिपरि हिँडिरहेको देखिन्छ भने अन्यले चिप्लेटी समातेको र यात्रुहरू चिप्लेर झरिरहेको देखिन्छ । 

भुएलिङ कर्मचारीले विमान कुनै समस्याविना नै अवतरण गरेको अनि बाहिर निस्कनका लागि चिप्लेटी निकालिएको बताए । 

काल्देरोनका अनुसार, आकस्मिक अवतरण गर्नुभन्दा २० मिनटअघि क्याबिनमा धूवाँ देखिएको बताए । 

विमान कर्मचारीले यात्रुहरूलाई हातले नाकको प्वाल थुन्न र टाउको झुकाएर बस्न भनेको काल्देरोनले बताए । 

विमान अवतरण गर्दासम्म क्याबिनमा निकै धूवाँ भरिएको र अनेकौं यात्रुहरू तर्सेर होश गुमाउने स्थितिमा पुगेको बताइएको छ । 

यात्रुहरूलाई बिहान ३ बजेसम्म विमानस्थलमा राखिएको थियो । 

भुएलिङ र स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । के कारणले धूवाँ आएको हो भन्ने प्रस्ट छैन ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x