×

NMB BANK
NIC ASIA

परिवार नियोजनको साधन प्रयोग गर्नेमा शिक्षितभन्दा अशिक्षित महिला बढी

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– करीब छ दशकअघिदेखि नेपालमा व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले यस क्षेत्रमा खासै सुधार ल्याउन सकेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

प्रमुख सूचकहरुमा वर्षाैँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार ६० वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३ प्रतिशत र पहुँच ५३ प्रशितमाथि उक्लिन सकेको छैन । तर, परिवार नियोजको साधन प्रयोग गर्नुपर्छ भन्ने ज्ञान भने ९० प्रतिशत भन्दामाथि रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परम्परागत विधिको प्रयोग ९.८ प्रतिशत, कूल प्रजननदर २.३ र अपरिपूर्त माग २३.७ छ । यी सूचक करीब १२ वर्षभन्दा लामो समयदेखि स्थिर छन् । गत आर्थिक वर्ष महाशाखाले मात्र परिवार योजना कार्यक्रमका लागि मात्र रु ५९ करोड रकम विनियोजन गरेको थियो । स्वास्थ्य क्षेत्रका दातृ निकायका करीब रु पाँच अर्बभन्दा माथिको लगानी यस क्षेत्रमा भइररहेको छ । 


Advertisment
Nabil box
Kumari

परिवार नियोजनका अस्थायी आधुनिक पाँच प्रकारका साधन (ढाल, पिल्स, डिपो, इन्प्लान्ट र आइयुसीडी)को प्रयोगदर बढ्न नसक्नु (स्थिर रहनु), परम्परागत विधिका प्रयोगकर्ता उल्लेख्यरूपमा बढ्नु, असन्तुलित दरमा प्रजननदर घट्नु र परिवार नियोजनका साधन चाहेर पनि पाउन नसक्ने दर (अनमेट निड) घट्नुले परिवार योजना कार्यक्रम सङ्कटमा पर्दै गएको हो । वरिष्ठ चिकित्सक खेमबहादुर कार्की भन्छन्, “परिवार नियोजनका सेवामा आवश्यक पर्नेको पहुँच नै छैन, स्वास्थ्य संस्थामा ढाल राखिदिएर सेवाको पहुँच पुग्ने होइन, सरकारको लगानी बालुवामा पानी खन्याएजस्तो भयो ।”

Vianet communication
Laxmi Bank

परिवार नियोजन सेवामा सहज पहुँच छैन 

लामो समय काम गर्ने परिवार नियोजनका अस्थायी साधन जन्म नियन्त्रणका लागि प्रभावकारी भए पनि नेपालमा यसको प्रयोग कमै हुने गरेको छ । महिलामा ती साधनका ज्ञान कम हुनु, सेवा प्रदायक सेवा लिन चाहने महिलासम्म नपुग्नु, ती सेवामा आवश्यक दक्ष स्वास्थ्यकर्मी नहुनुले पनि कम प्रयोग भएको हो ।
 
महाशाखाका अनुसार परिवार नियोजनका साधन प्रयोग गर्ने विवाहिता महिलामध्ये ३.३ ले मात्र इम्प्लान्ट र १.४ ले आयुसीडी रोज्ने गर्दछन् । सीप भएका सेवा प्रदायकले मात्र ती सेवा दिन सक्दछन् । महिलाका लागि नजिकका स्वास्थ्य संस्था सेवा लिने स्थान भए पनि हिमाल १५, तराई र पहाडका २२ प्रतिशत स्वास्थ्य संस्थाले सो सेवा दिन सक्दछन् । 

अर्काे एक अध्ययनका अनुसार नेपालका ५० प्रतिशतभन्दा कम स्वास्थ्य संस्थाले मात्र परिवार नियोजनका ती सेवा दिन सक्दछन् । पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलाले परिवार नियोजनका साधन प्रयोग गर्दछन् । साधन प्रयोग गर्ने ५३ प्रतिशत महिलामध्ये ४३ प्रतिशतले आधुनिक साधन तथा सेवाको प्रयोग गर्छन् भने १० प्रतिशतले परम्परागत विधि अपनाउने गर्छन् ।

नेपालमा सबैभन्दा बढी महिलाले बन्ध्याकरण गर्ने गर्दछन् । बन्ध्याकरण गर्ने महिलाको सङ्ख्याको १५ र पुरुषको सङ्ख्या छ प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन । अर्काेतर्फ आधुनिक परिवार नियोजनको प्रयोगदर सबैभन्दा बढी प्रदेश नं ३ मा ४९ र सबैभन्दा कम गण्डाकी प्रदेशमा ३७ प्रतिशत मात्र रहेको महाशाखाले जनाएको छ ।
 
साधन प्रयोगमा साक्षरभन्दा असाक्षरको रुचि

परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्नेमा शिक्षितभन्दा अशिक्षित महिला बढी रहेका उजागर सर्वेक्षणले गरेको थियो । कुनै शिक्षा हासिल नगरेका ५२ प्रतिशत महिलाले आधुनिक साधन र सेवा प्रयोग गर्ने तथा माध्यामिक शिक्षा वा सोभन्दा बढी हासिल गरेका ३४ प्रतिशत महिला मात्रै आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् ।

विवाहित महिलामा परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदरमा उल्लेखनीय सुधार आएको देखिँदैन । सन् १९९६ मा प्रयोगदर २९ प्रतिशत रहेकामा हाल ५३ प्रतिशत मात्र पुगेको छ । “आधुनिक परिवार नियोजनको साधनको प्रयोगदर घट्दो र परम्परागत विधि अपनाउनेको दर बढ्दो छ, उल्टो प्रक्रिया भयो”, वरिष्ठ स्त्रीरोग विशेषज्ञ चिकित्सक साधना तुलाधरले भनिन्। 

नेपालका १५ प्रशित विवाहित महिला कम्तीमा दुई वर्षको अन्तरालमा बच्चा जन्माउन चाहन्छन् । यस्तै ६१ प्रतिशत महिला दुई बच्चा जन्माइसकेपछि अर्काे बच्चा जन्माउन चाहँदैनन् । अर्काे बच्चा जन्माउन नचाहने महिलाका लागि परिवार नियोजनका साधनको माग हुन्छ । यस्तो माग गर्ने महिलाको सङ्ख्या ७६ प्रतिशतभन्दा माथि छ । करीब ७० प्रतिशत महिलामा प्रजनन स्वास्थ्यका लागि परिवार नियोजनका सेवा लिनुपर्छ भन्ने ज्ञान र जानकारी छ, तर सेवाको पहुँच छैन कृपाका कार्यकारी निर्देशक महेश पुरी बताउँछन्। 

परिवार नियोजनका आधुनिक साधन, मातृत्व र नवजात शिशु स्याहारमा लगानी बढाउन आवश्यक रहेको छ । परिवार नियोजनको आधुनिक साधनको चाहना हुँदाहुँदै पनि हरेक वर्ष अनुमानित पाँच लाख ३९ हजार महिला अनिच्छित गर्भधारण गर्न बाध्य रहेका सोही संस्थाको एक अध्ययनले जनाएको छ । सन् १९७६ मा छ दशमलव तीन प्रतिशत रहेको प्रजननदर सन् २०१६ मा आइपुग्दा दुई दशमलव तीनमा झरेको छ । 

गर्भ निरोधकका साधन उपयोग गर्नेको सङख्या दुई दशमलव नौ प्रतिशतबाट ५३ प्रतिशतमा उक्लिए पनि यसलाई खासै उपलब्धि मानिन्न । पछिल्लो समय नेपालमा आधुनिक गर्भनिरोधका लागि नौ प्रकारका साधन उपयोगमा आएका छन् । नेपालमा करीब ६४ प्रतिशत महिलाले मात्र विश्व स्वास्थ्य सङ्गठनले सिफारिश गरेअनुसारका कम्तीमा चारपटक गर्भ परीक्षण, ६१ प्रतिशतले तालीमप्राप्त स्वास्थ्यकर्मीको सहायताले सुत्केरी हुने गर्दछन् । 

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका सञ्चार तथा पैरवी अधिकृत सन्तोष क्षेत्री भन्छन्“महिलालाई कहिले र किन बच्चा जन्माउने भन्ने निर्णय लिन सक्षम बनाउन आवश्यक छ, प्रजनन स्वास्थ्यसम्बन्धी ती विषयमा महिलासक्षम भए मात्र मातृ तथा बालस्वास्थ्य सुधार हुन्छ, सरकारले परिवार नियोजन सेवाको पहुँच विस्तार गर्न लगानी बढाउनु आवश्यक छ ।” पछिल्लो समय नेपालमा पनि सानो परिवार तथा एकल परिवारप्रति मोह बढ्दैछ । 

सानो परिवारका लागि परिवार नियोजनका आधुनिक साधनको माग बढ्दै गएको हो । गत वर्ष नेपालमा करीब १२ लाख महिला गर्भवती भएका थिए । तीमध्ये ४५ प्रतिशत अर्थात् पाँच लाख ३९ हजार गर्भ अनिच्छित रहेका थिए । परिवार नियोजनका आधुनिक साधनको पहुँच पु¥याउन र आवश्यकता पूरा गर्न तीन करोड ३० लाख अमेरिकी डलर लाग्ने जनाइएको छ । ‘किशोर किशोरीको सहभागीता ः परिवार योजना सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ आज परिवार योजना दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विष्णु नेपाल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x