गृहमन्त्रीका भाइ एक लाख धरौटीमा थुनामुक्त

काठमाडौं- काठमाडौँ जिल्ला अदालतले संगठित अपराधसम्बन्धी कसूरका आरोपित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेश थापालाई १ लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ ।

बुधवार जिल्ला अदालत काठमाडौँका न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासले थापालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।


Advertisement

पौडेलको इजलासले थापालाई १ लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले लोकान्तरलाई बताए ।

उनले भने, ‘अन्य ५ जनालाईलाई पूर्पक्षमा गर्ने आदेश र थापालाई १ लाख धरौटीमा थुनामुक्तको आदेश भएको छ ।’


Advertisement

पवन खड्का, बीरबल भट्टराई, सुरेन नागरकोटी, शैलेस प्रजापति र बिनोद लामालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश आएको श्रेष्ठले बताए ।

संगठित अपराधसम्बन्धी कसूरमा थापासँगै पवन खड्का, समिरमानसिंह बस्न्यात, सुरेन नगरकोटी बलामी,  जे भन्ने जावेद अनवर दिन, शैलेश प्रजापती, विनोद लामा, विरवल भट्टराई र प्रवेश भन्ने मनबहादुर पुन मगरलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्