पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
असोज ३, २०७६
काठमाडौं – मन्त्रीमा नियुक्त भएको भोलिपल्ट सञ्चारकर्मीमाझ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले भनेका थिए, ‘बल्ल त ब्याटिङ गर्न आएको छु, एक–एक रन लिएर अल्मलिने मान्छे होइन म, छक्का–चौका हान्ने हो ।’
नेपालमा पछिल्लो समय क्रिकेटको क्रेज बढिरहेको छ । क्रिकेटमा छक्का–चौका यति महत्त्वपूर्ण हुन्छ कि जसको माध्यमबाट एकै पटकमा ६ वा ४ रन जोडिन्छ । क्रिजमा ६ वा ४ राउन्ड कुदे बराबरको रन एकै शटमा, त्यो पनि कुद्दै नकुदी ।
क्रिकेटको प्रसंग जोड्दै उनले सरकारमा बसेर ‘त्यस्तै आक्रामक ढंगले काम गर्छु’ भन्न खोजेका थिए ।
साउन १६ गते पार्टी कार्यालय पेरिसडाँडामा शहीद स्तम्भमा माल्यार्पणपछि बोलेको उक्त कुराले झण्डै साढे दुई महिनापछि आइपुग्दा मन्त्री भट्टराई स्वयंलाई व्यंग्य गरिरहेको छ ।
‘अक्षम नेतृत्व’का कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको घाटा दिनप्रतिदिन बढिरहेको छ, अनि मन्त्री भट्टराई टुलुटुलु हेरेर बसिरहेका छन् ।
यसलाई हेर्दा त लाग्छ, छक्का–चौका हान्ने होइन, क्लीन बोल्ड हुने खतरामा छन्, मन्त्री । जबकि उनी आफैंले भनेका थिए – काम गर्न सकिनँ भन्ने लाग्यो भने तुरुन्तै राजीनामा दिन्छु ।
क्रिकेटमा छक्का–चौका ब्याट्सम्यानका लागि जति उत्साहप्रद हुन्छ, त्यसको दोब्बर चोट क्लीन बोल्ड हुनुपर्दा पर्छ । शुरूमै छक्का–चौका हान्न नसकेपनि क्रिजमा टिकिरहँदा भविष्यमा त्यो अवसर प्राप्त हुनसक्छ । तर नेपाल वायुसेवा निगमको बढ्दो घाटा मन्त्री भट्टराईका लागि अनुभवी बलरले पहिलो ओभरमै फालेको ‘योर्कर’ बलजस्तै बन्ने खतरा छ ।
योर्कर बल यसरी आउँछ कि प्रायः ब्याट्सम्यानले आफ्नो पछाडिको स्टम्प ढलेको पत्तै पाउँदैनन् । क्रिकेटमा योर्कर डेफ्थ ओभरमा (बल पुरानो भएपछि) बढी फालिन्छ तर योगेशलाई शुरूवाती ओभरमै योर्करको सामना गर्नुपर्ने अवस्था आइपरेको छ ।
योर्करमा ब्याट्सम्यानलाई एउटा अवसर त हुन्छ, राम्रोसँग बल जज गर्न सक्यो भने ‘फूलटस’ बनाएर छक्का हान्न मिल्छ तर त्यसका लागि बलरको हातबाट बल छुटेको मिलिसेकेण्डमै चिनेर ब्याट्सम्यान तयार भइसक्नुपर्छ ।
मन्त्री भट्टराई यो योर्करमा क्लीन बोल्ड हुन्छन् कि अघि बढेर छक्का हान्छन्, त्यो भने भविष्यकै गर्भमा छ । पदभार ग्रहणपछि ‘नेपाल एयरलाइन्सलाई वाह ! भन्ने बनाउँछु’ भनेका भट्टराईले अहिलेसम्म त्यो संकेत देखाएका छैनन् ।
कार्यदलले नै भन्यो – निगमको नेतृत्व ‘अक्षम’ !
मन्त्रीमा नियुक्त भएको एक सातापछि मन्त्री भट्टराईले ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरे । पूर्व सचिव सुशील घिमिरे नेतृत्वको ५ सदस्यीय उक्त कार्यदललाई हालसम्म भएका विभिन्न अध्ययनका प्रतिवेदन विश्लेषण र निगमको वर्तमान अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको थियो ।
कार्यदलमा संयोजक घिमिरेका अलावा लेखा विज्ञ (चार्टर्ड एकाउन्टेन्ट सुवोध कुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल, क्याप्टेन (पाइलट) सुधीर शम्शेर राई र संस्कृति पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य थिए ।
कार्यदलले मन्त्री भट्टराईलाई बुधवार प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा वाइडबडी विमान खरिद गरेको एक वर्षसम्म उपयुक्त गन्तव्य खोज्न नसक्नु र शुरू गरेको ओशाका उडान पनि निरन्तर घाटामा रहनुलाई निगमको नेतृत्व क्षमतामा कमजोरीका रूपमा औंल्याइएको छ ।
प्रतिवेदनमा भनिएको छ–
‘निगममा वाइडबडी जहाज ल्याइसकेपछि ती जहाजहरूले अहिलेसम्म पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन् । कम्तिमा ८–९ घण्टा दूरीको उडानमा लगाउनुपर्ने जहाज छोटो दूरीमा उड्दा यात्रुलाई छोटो दूरीमै वाइडबडी उडानको अनुभव हुनेबाहेक जहाजको डिजाइन फिलोसोपी अनुसार उपयुक्त मानिँदैन ।
इञ्जिनको साइकल छिटो सकिने, सञ्चालन खर्च अधिक हुने हुँदा कस्ट बेनिफिट हुने सम्भावना धेरै न्यून रहन्छ । तसर्थ, निगमको वाइडबडीले उडान गररिहेका वर्तमान गन्तव्यहरूमध्ये धेरैजसो उपयुक्त गन्तव्य होइनन्, व्यावसायिक योजनामा उल्लेख भएजस्तो नयाँ गन्तव्यहरू निगमले प्राप्त गर्न नसक्नुका स्पष्ट कारणहरू देखिएनन् ।
२०७६ भाद्र १२ बाट जापानको ओशाका शहरमा निगमको ए३३० ले उडान भर्न शुरू त गरेको छ, तर पनि शुरूदेखि नै यात्रुको आकर्षण कम रहेको र विविध समस्यामा अल्झेका कारण उक्त उडानबाट मुलुक र निगमलाई अपेक्षित फाइदा पुग्न जाने देखिँदैन । निगम व्यवस्थापनको ए३३० जहाज उपयोगको योजना, योजना कार्यान्वयनमा देखिएको सुस्तता र लापरवाहीको कारणले गर्दा जहाज उपलब्ध भएको एक वर्षभन्दा बढी भैसक्दा पनि व्यावसायिक हिसाबले उपयुक्त गन्तव्य तय हुन सकेको छैन ।
आफैंले नियुक्त गरेको प्रतिनिधिसँग पछिल्लो समयमा आएर अदालती मुद्दा मामिलाको अवस्थामा पुग्नु र अत्यन्त न्यून यात्रु क्षमताका कारण साताको तीन उडानबाट दुई उडानमा झार्नुले पनि निगमको सेक्टर विश्लेषण गर्न सक्ने क्षमताको अभाव स्पष्ट देखियो ।’
सञ्चित घाटा नै झण्डै साढे ५ अर्ब !
प्रतिवेदन अनुसार कुल पूँजी ३१ अर्ब ०४ करोड रहेको निगमको ऋण ४० अर्ब १३ करोड ३८ लाख १६ हजार ६७८ रुपैयाँ छ । असार मसान्तसम्ममा निगमको सञ्चित घाटा नै ५ अर्ब २१ करोड ७६ लाख नाघेको देखिन्छ । निगमले तिनुपर्नेमध्ये ऋणमध्ये ३ अर्ब १४ करोड ७२ लाख ३४ हजार ९५४ रुपैयाँ असुरक्षित रहेको प्रतिवेदनमा जनाइएको छ ।
यसैगरी २ अर्ब ५५ करोड अल्पकालीन र ४६ करोड २५ लाख सरकारलाई तिर्नुपर्ने ऋण रहेको छ । ३३ अर्ब ९७ करोड ४० लाख रुपैयाँ ऋण भने निगमले आफ्नो अनुकूलतामा तिर्न सक्ने खालको छ ।
ओशाका उडान : एकपटकमै करोड घाटा !
वाइडबडी विमान खरिदपछि त्यसलाई नयाँ गन्तव्य खोज्ने क्रममा जापान उडानका लागि पहल शुरू भएको थियो । सबै प्रक्रिया पूरा गरेर यस वर्षको शुरू (वैशाख)मै उडान अनुमति पाएपनि भदौ दोस्रो साताबाट मात्र उडान शुरू भएको हो । यसबीचमा गत जुलाईका लागि तय भएको उडान रद्द भएको थियो ।
तयारीका लागि झण्डै ५ महिनाको समय पाउँदा पनि पर्याप्त प्रचार–प्रसार र तयारी गर्न नसक्ने निगम व्यवस्थापनको कमजोरीका कारण एउटै उडानबाट लाखौं घाटा भइरहेको छ ।
स्रोतका अनुसार काठमाडौंबाट वाइडबडी विमान ओशाका पुगेर फर्किंदा अनुमानित खर्च १ करोड २० लाख हुन जान्छ । निगमका प्रवक्ता गणेशबहादुर चन्द नै एक करोड बराबर खर्च हुने स्वीकार्छन् ।
निगमले काठमाडौं–ओसाका एकतर्फी प्रबद्र्धनात्मक भाडादर ३६ हजार ९९९ रुपैयाँ तोकेको छ । दुईतर्फी यात्राका लागि भने ७२ हजार ८ सय १४ रुपैयाँ तिनुपर्ने हुन्छ ।
यही भाडादरले हिसाब गर्र्ने हो भने काठमाडौंबाट ओसाका गएको विमान काठमाडौं फर्किंदासम्मको लगानी मात्र उठ्न दुईतर्फ गरी कम्तिमा ३२४ यात्रुले शुल्क सहितको टिकटमा यात्रा गर्नुपर्ने हुन्छ । २७५ सिट क्षमताको वाइडबडी विमानले १६२ भन्दा कम यात्रु बोक्दा घाटा नै हुन जान्छ ।
स्रोतका अनुसार काठमाडौं–ओशाका–काठमाडौं उडानमा सरदर ४० यात्रुले मात्र यात्रा गरिरहेका छन् । यसरी निगमलाई एउटा उडानबाटै ८० लाखभन्दा बढी घाटा भइरहेको छ ।
यसबीचमा भएका काठमाडौं–ओशाका–काठमाडौं सात उडानबाट ५ करोडभन्दा बढी घाटा भइसकेको छ । साढे ५ अर्ब पुग्न लागेको निगमको घाटा पछिल्लो समय दिनप्रतिदिन लाखौंका हिसाबले बढिरहेको छ ।
व्यवस्थापकीय सुधार र ‘अक्षम’ नेतृत्व परिवर्तनमा समयमै ध्यान नजाने हो भने डुब्न लागेको राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगम उठ्न सक्ने देखिँदैन ।
मन्त्री भट्टराईसामु आफूले भनेजस्तै ‘छक्का–चौका’ हानेर ‘वाह! नेपाल एयरलाइन्स’ भन्ने बनाउने अवसरसँगै क्लीन बोल्ड हुने खतरा पनि छ ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...