कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
असोज ४, २०७६
काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनुपर्ने बताएका छन् । आज (शनिवार) ललितपुरमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २६औं वार्षिकोत्सव समारोहमा उहाँले एकद्वार प्रणालीबाट क्षमता अभिवृद्धिका कार्यक्रम गर्दा एकरुपता हुने बताए।
“एकद्वारा प्रणालीबाट तालीम दिँदा तालीममा दोहोरोपना हुँदैन”, उनले भने, “त्यसैले अब खरिदारदेखि सहसचिवसम्म एकद्वार प्रणालीबाट क्षमता विकाससम्बन्धी तालीम दिने तयारीमा रहेका छौँ ।” उनले लोकसेवा पास गरेर मात्र कर्मचारी सेवा प्रवाहमा पूर्ण दक्ष नहुने भन्दै तालीमप्रदायक संस्थाले तालीम दिएमात्र कर्मचारी राष्ट्र र जनताप्रति पूर्ण समर्पित हुने बताए।
उनले स्थानीय तहको कामप्रति सङ्घले हस्तक्षेप नगर्ने उल्लेख गर्दै जनतालाई सरकारको अनुभूति स्थानीय तहले उपलब्ध गराउनुपर्ने धारणा राखे। मन्त्री पण्डितले प्रतिष्ठानले जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासमा पुर्याएको योगदानको चर्चा गर्दै मुलुकको बद्लिँदो परिस्थितिअनुसार प्रतिष्ठान उत्कृष्ट व्यावसायिक र प्रतिस्पर्धी संस्था बन्नुपर्नेमा जोड दिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले प्रतिष्ठानसँग सहकार्य गरेर कर्मचारीको क्षमताको विकास गर्न आयोग सधैं तत्पर रहेको बताए। प्रशासक काशीराज दाहालले कर्मचारीले तालीममा सिकेका कुरा जनताको सेवामा काम गर्दा व्यवहारमा उतारेमात्र वास्तविक सिकाइको उपलब्धि हासिल गरेको भन्न सकिने बताए।
प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले तालीमलाई समय परिस्थितिअनुसार परिमार्जन गरिने उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा कर्मचारीलाई तालीम मात्र नभई राष्ट्रिय महत्वका बारेमा जानकारी गराई राष्ट्र र जनताप्रति प्रतिबद्ध बनाइने बताए।
प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत दीपक थापाले आर्थिक वर्ष २०७५/०७६ सम्म २१६ तालीममा करीब सात हजार ९४४ कर्मचारीलाई प्रशिक्षण दिइसकेको जानकारी गराए । उनका अनुसार यसै आवदेखि १४७ विभिन्न तालीमको प्रस्ताव गरिएको छ ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...