भारतमा सबभन्दा बढी कमाउने अभिनेता बने प्रभास

काठमाडौं – साहो फिल्मलाई समीक्षकहरूले दुत्कारेको र दर्शकहरूले मिश्रित प्रतिक्रिया दिएको भए पनि फिल्मले लगभग ४०० करोड भारु कमाएको छ । साहोका कारण प्रभास भारतीय फिल्म उद्योगका सबभन्दा बढी पैसा लिने अभिनेता बनेको चर्चा छ । 

नेगेटिभ रिभ्यु आएपछि साहोको व्यापारमा असर परेको खबर आएको थियो । त्यसैले गर्दा प्रभासले चाहेको जति पारिश्रमिक नपाएको कुरा थियो । तर यो सब हल्ला मात्र भएको रिपोर्ट आएको छ । 


Advertisement

एक अन्लाइन पोर्टलका अनुसार, साहोको सफलतापछि प्रभासको फीस ह्वात्तै बढेको छ । 

फिल्मका लागि प्रभासले आफ्नो फीस २० प्रतिशतभन्दा पनि कम गरेका थिए । फिल्मको बजेट १५० करोडबाट बढेर ३५० करोड भारु पुगेपछि आफ्नो फीस घटाएको उनले बताए । निर्माताहरूसँग उनले पूरा फीस असुलेको भए

फिल्मको बजेट बढेर उनीहरूलाई बोझ हुने भएकाले आफूले फीस घटाएको प्रभासले पत्रकारलाई बताए ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्