आफ्ना नेता देउवालाई राष्ट्रपतिले अपमान गरेको भन्दै तरुण दलको विरोध कार्यक्रम

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई अमर्यादित बोलेको भन्दै कांग्रेसनिकट तरुण दलले विरोध कार्यक्रम आयोजना गरेको छ ।

आइतवार दिउँसो राजधानीस्थित माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गरिएको तरुण दलका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।


Advertisement

एउटै मंचमा उपस्थित भएका कांग्रेस सभापति देउवा बोलेको नबुझिएको भन्दै र राष्ट्रपति भण्डारीले अपमान गरेको आरोप तरुण दलले लगाएको छ ।

शुक्रवार राजधानीको राष्ट्रिय सभागृहमा गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक विभूषण तथा अभिनन्दन कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएकी राष्ट्रपति भण्डारीले मंचमा वक्ताले बोलेको केही नबुझिएको टिप्पणी गरेकी थिइन् ।

'यो मञ्चमा वक्ताले बोलेको केही बुझिँदोरहेनछ,' राष्ट्रपति भण्डारीले भनेकी थिइन्, 'नेताहरू जोसिएर बोल्नुभयो । फ्लोरबाट एकदम स्वागत भयो, ताली बज्यो । राम्रो बोल्नुभएको होला भन्ने चाहिँ लाग्यो ।'

 

कमेन्ट गर्नुहोस्