×

NMB BANK
NIC ASIA

भेरी-बबई डाइभर्सन बहुद्देश्यीय आयोजनामा दोस्रो चरणको काम शुरू, २०८० सम्म बिजुली उत्पादन

असोज ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- कर्णाली प्रदेशमा बनिरहेको राष्ट्रिय गौरवको आयोजना भेरी बबई बहुउदेश्यीय डाइभर्सनको दोस्रो चरणको काम शुरू भएको छ । दोस्रो चरणको काम शुरू भएसँगै विक्रम संवत २०८० सम्म ४६ मेघावाट बिजुली बाल्ने लक्ष्यका साथ दोस्रो चरणको कार्यक्रम लागू भएको छ ।

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ३ गते १२ किलोमिटर २ सय मिटर सुरुङको उद्घाटनसँगै पहिलो चरणको कार्य सम्पन्न भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दोस्रो चरणको आयोजना निर्माणका लागि गत साउन १३ गते चिनियाँ कम्पनी ग्वाङ द्धागटियोनी र रमण जेभीसँग सम्झौता गरेसँगै कम्पनीले काम शुरू गरेको हो । उक्त कम्पनीसँग आयोजनाले ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँ बराबरको पूर्वाधार विकास गर्ने गरी सम्झौता भएको छ ।


Advertisment
Nabil box
Kumari

आयोजनाका इन्जिनीयर शम्भुराज पण्डितका अनुसार यी दुई कम्पनीले पुलसहितको ब्यारेज, सर्जसाफ्ट (ट्यांकी) र पावर हाउस बनाउने छ । ‘कम्पनीले सम्झौता भएको मितिदेखि ४८ महिना भित्र बिजुली उत्पादन गरिसक्नुपर्नेछ,' उनले भने, ‘अहिले कम्पनीले काम गर्न शुरू गरिसकेका छन् ।’

Vianet communication
Laxmi Bank

प्रतिरोपनी दश लाख मुआव्जा

आयोजनाले डुबान क्षेत्रमा पर्ने जग्गा धनीलाई प्रतिरोपनी दश लाख मुआब्जा दिने गरी कार्य अघि बढाइएको उनको भनाइ छ । ‘अहिले जग्गाको वर्गीकरण गरिएको, स्थानीय जनप्रतिनिधिसँग सल्लाह गरिएको, चलनचल्तीको दर रेट तथा सरकारी दररेट अनुसार हामीले प्रति रोपनी मूल्य तोकेर जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पठाएका छौं,'  उनले भने, ‘सोहीअनुसार हामीले प्रति रोपनी दश लाखसम्म दिन सकिने व्यहोरा अवगत गराएका छौं । सोही पेरिफेरिमा रहेर हामीले मुआब्जा वितरण गर्छौं ।'

उनले भेरी तथा बबई करिडोरमा रहेका प्रभावित जनताका लागि विभिन्न आयोजना बनाइरहेको दाबी गरे । त्यसका लागि आयोजनाले ८५ करोड भन्दा बढी बजेट खर्च गरिरहेको छ ।

‘प्रभावित क्षेत्रका जनता भेरी करिडोर अन्तर्गत ६० करोड तथा बबई करिडोर अन्तर्गत २५ करोड रुपैयाँ विनियोजन भइसकेको छ,' उनले भने, ‘त्यो बजेट आयोजनाले प्रभाव पार्ने पीडित जनताका लागि राहत अन्तर्गत साना सिंचाई आयोजना, तटबन्ध निर्माणका कामहरुमा तीव्रता दिने योजना हो ।’

उनले अहिले आयोजनाले त्यहाँका समस्या तथा चुनौतीको पहिचान गर्न थालिएको दाबी गरे । समयमै जनताका समस्या समाधान नगरेका कारण जनतामा थप अपेक्षा बढेको तर बीचबाट समाधान खोज्ने काम गरिएको उनको दाबी छ ।

१२ मेघावाट विजुली निकाल्न सकिने

आयोजनाले ड्याम निर्माण स्थानमा १२ मेघावाट बिजुली निकाल्न सकिने बताएको छ । ‘मुहानको बाँधबाट ४० क्युसेक पानी ट्यांकीबाट खसाल्दा १२ मिटर उचाईमा खस्ने छ,' इन्जिनियर पण्डितले भने, ‘त्यसका लागि हामीले प्रदेश सरकारलाई जानकारी गराइसकेका छौं । ५ अर्ब बजेट भएको खण्डमा उक्त आयोजना निर्माण गर्न सकिन्छ ।’

तर उनले अहिलेसम्म उक्त योजनाको छलफल चलिरहेको बताए । ‘प्रदेश सरकारले आयोजनालाई डीपीआर बनाउन अनुरोध गरेको छ । 'सरकारले नीति तथा कार्यक्रममा पनि उक्त कुरा ल्याइसकेको छ,' उनले भने, ‘त्यसका लागि आयोजना र सरकारबीच छलफल चलिरहेको छ । आयोजनामा लगानी सरकारले गरेपनि हुन्छ । सरकारले आयोजनाबाट निर्माण गर्न चाहेपनि हामीहरु तयार छौं ।’

आयोजनाले पूर्वी बर्दियामा १५ हजार हेक्टर जग्गाको  सिंचाईका लागि चेपाङदेखि बर्दियाको मानखोलासम्म २ किलोमिटर सुरूङ निर्माण गर्नसके त्यसबाट थप ८ मेघावाट बिजुली उत्पादन गर्न सकिने उनको भनाइ थियो ।

दुई सरकारबीच टकराव

बहुउदेश्यीय आयोजनाबाट कर्णाली प्रदेश सरकारले नि:शुल्क रूपमा बिजुली पाउनुपर्ने माग बारम्बार उठ्दै आएको छ । कर्णाली प्रदेश सभामा यो विषय गत वैशाख ३ गतेपछि प्रायः उठ्ने गरेको छ । सरकारका प्रभावशाली मन्त्री प्रकाश ज्वालाले सार्वजनिक कार्यक्रममा नै आफुलाई बिजुली दिनैपर्ने वक्तव्य दिँदै आइरहेका छन् ।

‘हाम्रो पानी प्रदेश ५ ले प्रयोग गर्ने र बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने भए कर्णालीको प्राकृतिक श्रोतको हामीले के उपहार पाउने ?’ उनी भन्छन्, ‘त्यसैले कर्णालीलाई संघ सरकारले न्याय दिनुपर्छ । पानी उनीहरु लैजाउन् तर हामीलाई बिजुली दिनैपर्छ ।’

उनले प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत दिनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x