मंसिर १३, २०८०
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
काठमाडौं– विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि डा. रंगीना लाइकमबम शाहले जितेकी छन्।
डा. लाइकमबमले प्रतियोगितामा सहभागी सातै प्रदेशका ३६ जनालाई पछि पार्दै उपाधी हात पारेकी हुन्।
यहि असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगीतामा बिजेता बनेकी डा. लाइकमबमलाई नायिका करिष्मा मानन्धरले ताज पहिराइदिएकी थिइन्।
पूर्व प्रधानसेनापति रुक्मांगत कटुवाल प्रमुख निर्णायक रहेको सो सौन्दर्य प्रतियोगितामा नायक राजेश हमाल र करिष्मा मानन्धरले प्रतियोगीको मुल्यांकन गरेका थिए ।
पाँचौं एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि हात पारेकी डा. लाइकमबमले आगामी अक्टुबरमा सिंगापुरमा सम्पन्न हुने अन्तर्राष्ट्रिय स्तरको विवाहिता महिलाको सौन्दर्य प्रतियोगितामा भाग लिन पाउनेछिन्।
डा. लाइकमबम (ल्याप्रोस्कोपी) स्त्रीरोगसम्बन्धी उपचार दूरबिन सर्जरीबाट गर्ने डाक्टर मध्ये एक हुन्।
जर्मनीबाट यस्तो प्रविधिको शुरूवात भएको भएपनि नेपालका लागि भने यो नयाँ प्रविधि हो। पेटमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन) को सहायताले तल्लो पेटका भित्री अंगहरूको समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । सजिलो भाषामा ल्याप्रोस्कोपी भनेको धेरै चीरफार नगरी दूरबिनबाट गरिने सर्जरी– शल्यक्रिया हो ।
त्रिपुरेश्वरस्थित ब्लूक्रस हस्पिटलमा आबद्ध डा. लाइकमबम दुरविन प्रविधिमा सर्जरी गर्नुका साथै पछिल्लो समय नेपालमा दूरबिन प्रविधिबाट गरिने उपचारबारे आम सर्वसाधारणलाई जानकारी दिने अभियानमा समेत लागिपरेकी छन्।
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...