×

NMB BANK
NIC ASIA

उपेक्षामा संसद्

संसद्‍मा शीर्ष नेताको उपस्थिति अझै न्यून : यसपटक देउवाभन्दा प्रचण्ड कम !

पद नै धरापमा पर्ने डरले सांसदहरूले बढाए उपस्थिति

असोज ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– जनताको मत लिएर संसद्‍मा पुग्नका लागि निकै कसरत गर्ने राजनीतिक दलका शीर्ष नेताले निर्वाचित भइसकेपछि भने संसद्लाई हदैसम्मको बेवास्ता गर्ने गरेका छन् । निर्वाचित भएर संसद्‍मा पुगेपनि संसद्का विधायकी काममा उनीहरूको सहभागिता शून्यप्रायः हुँदा कानून निर्माणको कामले समेत अपेक्षित गति लिन सकेको छैन ।

Muktinath Bank

गत साता सकिएको संसद्को चौथो अधिवेशनमा समेत दलका शीर्ष नेताहरूको उपस्थिति नाजुक देखिएको छ । पारदर्शी र उत्तरदायी लोकतन्त्रमा संसद्‍मा हाजिरी नगरी तलब भत्ता बुझ्ने कार्यलाई अनैतिक मानिन्छ । २०७६ वैशाख १६ गते शुरू भई असोज २ गते सम्पन्न संसद्को बजेट अधिवेशनमा पनि दलका नेताहरूको उपस्थिति कमजोर देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असार १२ गते लोकान्तर डटकममा ‘एक दिन हाजिर गरेर महिनाभरको तलब बुझ्छन् दलका शीर्ष नेता’ शीर्षकको समाचार प्रकाशित भएपछि अधिकांश सदस्यहरूले संसद्‍मा उपस्थिति बढाएपनि शीर्ष नेताहरूको उपस्थिति भने दयनीय नै छ । 


Advertisment
Nabil box
Kumari

संसद्को बैठक र समिति बैठकमा सांसदहरूको उपस्थितिसम्बन्धी समाचार प्रकाशित भएपछि संघीय संसद् सचिवालयले असार ३० गते एसएमएस पठाएर लगातार १० बैठकमा अनुपस्थित भए सांसद पद जाने नियमावलीको प्रावधानबारे सचेत गराएको थियो । त्यसपछि दलका शीर्ष नेताहरू संसद्‍मा उपस्थित हुन थालेका छन् । 

Vianet communication
Laxmi Bank

प्रचण्डलाई उछिने देउवाले !

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थिति पहिलेको तुलनामा बढेको छ । संसद्को दोस्रो र तेस्रो अधिवेशनको अवधिमा १ सय ४ दिन बैठक बसेकोमा देउवा मात्र १६ दिनको बैठकमा उपस्थित भएका थिए । 

वैशाख १६ गते शुरू भई असोज २ गते सम्पन्न भएको संसद्को चौथो अधिवेशनमा ६२ दिनका बैठकमध्ये देउवा १९ दिन उपस्थित भएका छन् । यसअवधिमा चौथो अधिवेशनमा प्रतिनिधि सभातर्फ ६० दिनमा ६५ बैठक बसेका थिए । यही अधिवेशनमा संसद्को संयुक्त सदनका २ बैठक बसेका छन् । वैशाख महिनामा ५ तथा असार महिनामा ४ वटा बैठकमा उपस्थित भएका देउवा जेठ, साउन र भदौमा तीन तथा असोजमा एउटा बैठकमा उपस्थित भएका छन् । संसदीय समितिमा पनि देउवाले उपस्थिति बढाएका छन् । 

प्रचण्डको उपस्थिति अझै औसतभन्दा कम 

संसद्को दोस्रो र तेस्रो अधिवेशनमा देउवाभन्दा बढी उपस्थित भएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चौथो अधिवेशनमा भने देउवा कम उपस्थित भएका छन् ।

चौथो अधिवेशनका ६२ मध्ये प्रचण्ड १७ दिनको बैठकमा उपस्थित भएका संसद सचिवालयले लोकान्तर डटकमलाई उपलब्ध गराएको विवरणमा उल्लेख छ । यो उपस्थिति झण्डै २८ प्रतिशतको हाराहारीमा हो । वैशाख महिनामा ४ वटा बैठकमा उपस्थित भएका प्रचण्ड जेठमा ३, असारमा ५, साउनमा २ र भदौमा ३ बैठकमा उपस्थित भएपनि असोज महिनामा उपस्थित नै भएनन् । यद्यपि असोजमा २ दिनमात्र बैठक बस्यो । 

अघिल्ला २ अधिवेशनमा प्रचण्ड १०४ दिनका बैठकमध्ये २४ दिन मात्र उपस्थित भएका थिए । अघिल्लो पटकभन्दा उपस्थितिको प्रतिशत बढेपनि संख्यात्मक रूपमा उपस्थिति अझै पनि औसतभन्दा कम छ ।

शीर्ष नेतृत्व तहमा रहेका सांसदहरू संसद् बैठकमा किन कम उपस्थित हुन्छन् भन्ने प्रश्नमा नेकपा सचेतक शान्ता चौधरीले भनिन्, ‘संसद्को बैठक कहिले बस्ने भन्ने कुरा सभामुखले नै बैठकको अन्तिममा घोषणा गर्नुहुन्छ, ह्वीप जारी गरेको विशेष दिनमा मात्र हामीले सबैलाई अनिवार्य उपस्थितिका लागि खबर गर्छौं ।’

प्रधानमन्त्री ओली ११ बैठकमा मात्र

प्रधानमन्त्री केपी शर्मा ओली भने यो अधिवेशनका ११ बैठकमा मात्र उपस्थित भए । असार ३ गते संसद्‍मा संम्बोधनका लागि रोस्ट्रममा पुगेका ओली प्रमुख प्रतिपक्षी दलले अवरोध गरेपछि सम्बोधन नगरी फर्किएका थिए । त्यसपछि लामो समय उनी संसद्‍मा उपस्थित भएनन् ।

स्वास्थ्य उपचारको सिलसिलामा मुलुकबाहिर रहेका कारण पनि ओली संसद्को बजेट अधिवेशनमा कम उपस्थित भएका नेकपाका एक सांसदले बताए । अघिल्ला दुईअधिवेशनमा उनी २५ बैठकमा उपस्थित भएका थिए, जुन प्रचण्ड र देउवाभन्दा बढी थियो ।

वैशाख महिनामा ५ वटा बैठकमा उपस्थित भएका ओली जेठ, भदौ र असोजमा एक–एक बैठकमा उपस्थित भए भने असारमा ३ बैठकमा उपस्थित भएका थिए । साउन महिनामा उनी एउटै बैठकमा पनि उपस्थित भएनन् । 

प्रतिनिधि सभा सदस्य भएपनि प्रधानमन्त्री र मन्त्रीहरू सरकार र मन्त्रिपरिषद्प्रति जवाफदेही हुने भएकोले संसद्‍मा अन्य सदस्यसरह उनीहरूको उपस्थिति बाध्यकारी नहुने संघीय संसद् सचिवालका सूचना अधिकारी दशरथ धमला बताउँछन् । सचिवालयले भने प्रधानमन्त्री र मन्त्रीको पनि सांसदसरह हाजिरी कायम गरेको छ । 

पूर्वप्रधानमन्त्रीहरूमा माधव नेपाल धेरै उपस्थित 

नेकपा नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ५३ वटा बैठकमा उपस्थित भएका छन् । अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल ५१ वटा बैठकमा उपस्थित भएका छन् । 

संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई ४८ वटा बैठकमा उपस्थित भएका छन् । 

प्रचण्ड र देउवासहित संसद्‍मा रहेका ५ पूर्व प्रधानमन्त्रीमध्ये नेपाल संसद्‍मा धेरै उपस्थित हुने सांसद हुन् । 

सत्तारुढ नेपका संसदीय दलका उपनेता सुवास नेम्वाङ ६० वटा बैठकमा उपस्थित भएका छन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार ३८ वटा बैठकमा उपस्थित भएका छन् । 

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला जम्मा २२ बैठकमा उपस्थित भएका छन् । शशांक र गच्छदार संसदीय समितिमा पनि कम उपस्थित हुने सांसद हुन् । नेकपाका महासचिव विष्णु पौडेल ४९ बैठकमा उपस्थित भएका छन् । नेकपाका भीम रावल ३५ तथा कांग्रेसका मिनेन्द्र रिजाल ३७ वटा बैठकमा उपस्थित भएको संसद् सचिवालयको रेकर्डमा उल्लेख छ । 

नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङ ५७ वटा बैठकमा उपस्थित भएका छन् भने नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण ५१ बैठकमा उपस्थित भएका छन् । 

यस्तै नेकपा सचेतक शान्ता चौधरी र कांग्रेस सचेतक पुष्पा भुसाल ६१ वटा बैठकमा उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता, सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक र सत्तारुढ दलका सचेतकले संसद सचिवालयबाट गाडी र इन्धन सहितको अतिरिक्त सुविधा लिने गरेका छन् । 

मधेशकेन्द्रित नेतामा महन्थ धेरै, सरतसिंह कम

मधेशकेन्द्रित दलका नेताहरूको उपस्थिति पनि संसद्‍मा मध्यमस्तरको देखिएको छ । 

राजपा संसदीय दलका नेता एवं अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर ६२ मध्ये ५५ बैठकमा उपस्थित भएका छन् ।

राजपाका अर्का नेता राजेन्द्र महतो ४६, महिन्द्र राय यादव ३१, राजकिशोर यादव ३३, अनिल झा ३९ तथा शरतसिंह भण्डारी २७ बैठकमा उपस्थित भएका छन् । 

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव भने १९ बैठकमा उपस्थित भएका छन् । समाजवादी पार्टीका रामसहाय प्रसाद ४९, तथा राजपाका लक्ष्मणलाल कर्ण ५४ बैठकमा उपस्थित भएका छन् ।

युवा नेताहरूको निराशाजनक उपस्थिति 

संसद बैठकमा प्रभावकारी ढंगले आफ्नो भनाई राख्ने नेपाली कांग्रेसका युवा नेता गगन थापाको उपस्थिति पनि औसत देखिएको छ । उनी ३४ वटा बैठकमा उपस्थित भएका छन् । काठमाडौं ४ का सांसद समेत रहेका थापाले संसदको शून्य र विशेष समयको सदुपयोग गर्दै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउने गरेका छन् ।

नेकपाकी युवाा नेतृ नविना लामा ५१ बैठकमा उपस्थित भएकी छन् । नेकपाकै घनश्याम भुसाल ५३ बैठकमा उपस्थित हुँदा जनार्दन शर्मा ४५ बैठकमा उपस्थित भएको सचिवालयले उपलब्ध गराएको विवरणमा देखिन्छ । नेपाली कांग्रेसका अमरेशकुमार सिंह ५९ बैठकमा उपस्थित भएका छन् भने नेकपाका खगराज अधिकारी ५५ बैठकमा उपस्थित भएका छन् । 

महिला सांसद पम्फा र पुष्पाको राम्रो, सुजाताको औसत

समानुपातिक सहभागिताको कुरा गर्ने महिला सांसदको उपस्थिति पनि संसद्‍मा औसत देखिएको छ । नेकपा नेतृ पम्फा भुसाल ५७ दिनको बैठकमा उपस्थित हुँदा नेकपाकै राधा ज्ञवाली ५२ बैठकमा उपस्थित भएकी छन् । पूर्व सभामुख ओनसरी घर्ती भने ३९ बैठकमा उपस्थित भएको देखिन्छ ।

नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव ५० बैठकमा उपस्थित हुँदा नेपाली कांग्रेसकी सुजाता कोइराला ३२ बैठकमा मात्र उपस्थित भएकी छन् । डिला संग्रौला पन्त ४९ बैठकमा उपस्थित हुँदा कांग्रेस सचेतक समेत रहेकी पुष्पा भुसाल ६१ बैठकमा उपस्थित भएकी छन् ।

समाजवादी पार्टीकी नेतृ रेणु यादव २१ बैठकमा उपस्थित छिन् भने सरिता गिरी ३५ बैठकमा उपस्थित भएकी छिन् । राजपाकी चन्दा चौधरी ४३ बैठकमा उपस्थित हुँदा राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेल ३२ बैठकमा उपस्थित भएकी छन् । 

जो सर्वाधिक बढी उपस्थित भए  

नेकपाका कृष्ण गोपाल श्रेष्ठ, कृष्णलाल महर्जन, मायादेवी न्यौपाने, र सानु शिवा तथा नेपाली कांग्रेसकी मीना सुब्बा चौथो अधिवेशनमा सर्वाधिक उपस्थित हुने सांसद हुन् । यी ५ जना प्रतिनिधि सभा र संयुक्त सदनका गरी ६२ दिनको बैठकमा उपस्थित भएका संसद् सचिवालयको रेकर्डले देखाउँछ । जुन शतप्रतिशत उपस्थिति हो ।

यस्तै नेपाली कांग्रेसका दिव्यमणि राजभण्डारी, पुष्पा भुसाल गौतम, मीना पाण्डे, ज्ञानकुमारी छन्त्याल ६१ बैठकमा उपस्थित भएका छन् । नेकपाकी बिनाकुमारी श्रेष्ठ र समाजवादीकी रेनुका गुरुङ पनि ६१ बैठकमा उपस्थित भएका छन् । 

जो सबभन्दा कम उपस्थित भए

प्रतिनिधि सभाको बैठकमा सबभन्दा कम उपस्थित हुने सांसद समाजवादी पार्टीका मोहम्मद इष्तियाक राई हुन् । शहरी विकास मन्त्री समेत रहेका उनी ८ बैठकमा मात्र उपस्थित भएका छन् । 

यद्यपि मन्त्रीहरू संसद्भन्दा क्याबिनेटमा बढी उत्तरदायी हुने भएकोेले संसद्‍मा उपस्थिति अनिवार्य मानिँदैन । 

‘संसद् चलाउनका लागि एकजना मन्त्री अनिवार्य हुन्छ, तर मन्त्रीहरू हरेक दिन संसद्‍मा आइरहनु पर्दैन,’ संसदीय परम्परा बुझेका सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने, ‘मन्त्री हुनासाथ समितिको सदस्य पद स्वतः हट्ने व्यवस्था नियमावलीमा रहेकाले पनि उनीहरूको संसद्‍मा उपस्थिति अनिवार्य हुँदैन ।’

पढ्नुहोस्, यो पनि :

'मिनी पार्लियामेन्ट'लाई पनि टेर्दैनन् शीर्ष नेता, हाजिरीमा देउवा-प्रचण्ड दुवै फेल [सूचीसहित]

मन्त्रिपरिषद्का सदस्यलाई अपवाद मान्दा यो सेसनमा सबभन्दा कम उपस्थित हुने सांसद नेपाली कांग्रेसका सीताराम महतो हुन् । सुनसरी २ बाट प्रत्यक्ष निर्वाचित सांसद महतो मात्र १५ बैठकमा उपस्थित भएका छन् । वैशाख, असार र भदौ महिनामा उपस्थित भएपनि जेठ, साउन र असोज महिनामा उनी एक दिन पनि संसद्‍मा उपस्थित भएनन् ।

स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपनि स्वीकृत नभएका समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादव चौथो अधिवेशनमा भने पहिलेभन्दा बढी उपस्थित भएको देखिन्छ । दोस्रो र तेस्रो अधिवेशनमा मात्र ११ दिन उपस्थित भएका यादव यसपटक २१ दिन उपस्थित भएका छन् । 

हेर्नुहोस्, चौथो अधिवेशनमा सांसदहरूको हाजिरी :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x