×

NMB BANK
NIC ASIA

'अभिभावक सभा'

माथिल्लो सदनमा सांसदको उत्साहजनक उपस्थिति: ११ जना शतप्रतिशत, अधिकांश ८५ प्रतिशतभन्दा बढी !

असोज ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सांसदहरूको उपस्थिति तल्लो सदन प्रतिनिधि सभाको तुलनामा निकै उत्साहजनक रहेको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

संसद् सचिवालयले उपलब्ध गराएको हाजिरी विवरण हेर्दा कुल ५९ मध्ये ११ सांसद् त शतप्रतिशत अर्थात् बैठक सञ्चालन भएका सबै दिन उपस्थित भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७६ वैशाख १६ गते शुरू भएर यही असोज २ गते सम्पन्न भएको चौथो अधिवेशनमा ४७ दिन ५१ वटा बैठक बसेको थियो ।


Advertisment
Nabil box
Kumari

४७ मा ४७ दिन नै उपस्थित हुनेमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्ष शशिकला दाहाल समेत छन् ।

Vianet communication
Laxmi Bank

सांसद दिलकुमारी रावल थापा 'पार्वती'

राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति समेत रहेकी सांसद दिलकुमारी रावल थापा ‘पार्वती’ तथा सांसदहरू इन्दु कडरिया, कविता बोगटी, खिमकुमार विक, खेमराज नेपाली, चक्रप्रसाद स्नेही, ठगेन्द्रप्रसाद पुरी, महेशकुमार महरा र विना पोखरेल पनि चौथो अधिवेशनमा बैठक सञ्चालन भएका सबै दिन उपस्थित भएको हाजिरी विवरणमा देखिन्छ ।

यसका अलावा दिगो विकास तथा सुशासन समिति सभापति समेत रहेकी सांसद तारादेवी भट्ट तथा सांसदहरू विमला पौडेल राई र नैनकला ओझा १–१ दिन मात्र अनुपस्थित भएका छन्, अर्थात ४६ दिन उनीहरूको हाजिरी छ ।

४५ सांसद ४० भन्दा बढी बैठकमा उपस्थित 

चौथो अधिवेशन अवधिमा बैठक बसेका ४७ दिनमध्ये ४० भन्दा बढी दिन अर्थात् ८५ प्रतिशतभन्दा बढी उपस्थित हुने सांसदको संख्या नै ४५ छ । ५९ मध्ये १४ सांसद मात्र ८५ प्रतिशतभन्दा कम उपस्थित भएको देखिन्छ ।

पढ्नुहोस्, यो पनि :

संसद्‍मा शीर्ष नेताको उपस्थिति अझै न्यून : यसपटक देउवाभन्दा प्रचण्ड कम !

जो सबैभन्दा कम उपस्थित भए 

राष्ट्रिय सभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र दुर्गाप्रसाद उपाध्याय सबैभन्दा कम उपस्थित हुने सांसद हुन् । 

दुवैजना १८–१८ दिनको बैठकमा उपस्थित भएका छन् । 

यद्यपि मन्त्री दुवै सदनमा उपस्थित हुनुपर्ने र मन्त्रिपरिषद् तथा कार्यकारी कामकारवाहीमा बढी सक्रिय हुनुपर्ने भएकाले न्यून उपस्थितिलाई धेरै चिन्ताको विषय मान्नु नहुने संसद् सचिवालयका एक कर्मचारी बताउँछन् ।

राष्ट्रिय सभाबाटै प्रतिनिधित्व गर्ने अर्थमन्त्री डा. युवराज खतिवडा भने ३० दिनको बैठकमा उपस्थित भएको देखिन्छ ।

१८ दिनमात्र उपस्थित भएका सांसद उपाध्यायले अस्वस्थताका कारण मागेको बिदा राष्ट्रिय सभाको चौथो अधिवेशन अन्त्य हुने दिन असोज २ गते स्वीकृत भएको थियो ।

अस्वस्थताकै कारण देखाउँदै बिदा स्वीकृत गराएका हरिराम चौधरी २८ दिन उपस्थित हुँदा सांसद रमेशजंग रायमाझी २९ दिन उपस्थित भएका छन् । 

सभापतिहरू को कति ?

राष्ट्रिय सभामा ४ वटा समिति छन्, त्यसमध्ये चारै समितिका सभापतिहरूको राष्ट्रिय सभा बैठकमा उपस्थिति निकै राम्रो छ ।

सांसद रामनारायण बिडारी

राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा 'पार्वती' ४७, दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट ४६, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी ४४ तथा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङ ४० दिनको बैठकमा उपस्थित भएको हाजिरी छ ।

चर्चित सांसदहरूको उपस्थिति कस्तो ?

राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा ४७ मध्ये ४३ र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे ४२ दिनको बैठकमा उपस्थित भएका छन् ।  

नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई ४२ र कांग्रेसकी सरिता प्रसाईं ४२ दिनको बैठकमा उपस्थित भएको हाजिरी छ ।

सांसद कोमल वली

सेलिब्रिटी सांसद कोमल ओली ४७ मध्ये ४४ दिनको बैठकमा उपस्थित भएकी छन् । उनी नेकपाबाट प्रतिनिधित्व गर्छिन् । 

कांग्रेसबाट प्रतिनिधित्व गर्ने अनुभवी तथा चर्चित सांसद राधेश्याम अधिकारी ४० दिनको बैठकमा उपस्थित भएका छन् ।

राष्ट्रिय सभाको उपस्थिति सकारात्मक : पूर्व सचिव शर्मा

संसद् सचिवालयका पूर्व सचिव मुकुन्द शर्मा राष्ट्रिय सभामा सदस्यहरूको उपस्थितिलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँछन् । 

‘राष्ट्रिय सभाले आफूलाई अभिभावक सभा पनि भन्ने गर्छ, कर्तव्यबोधमा वयस्कहरू अलि बढी नै जिम्मेवार हुन्छन् भन्ने यसले देखाउँछ,’ उनले भने ।

उपस्थिति मात्रै हेरेर सन्तोष मान्न सकिन्छ ? भन्ने प्रश्नमा उनले कतिपय अवस्थामा गणपुरक संख्या पुर्‍याउनकै लागि पनि उपस्थितिको महत्त्व हुने बताए ।

राष्ट्रिय सभा प्रतिनिधि सभाको रबर स्ट्याम्प बनेको भन्ने आरोपका सन्दर्भमा पूर्व सचिव शर्माले नीतिगत व्यवस्थालाई कारण देखाए ।

‘साधारण हिसाबले हेर्दा रबर स्ट्याम्प बनेको हो कि जस्तो पनि देखिन्छ, तर संविधान, कानून तथा संसद्को नियमावलीले नै प्रतिनिधि सभा र राष्ट्रिय सभालाई परिपूरक मानेको छ, नीतिगत रूपमै उसको स्वतन्त्र भूमिका नरहेकाले पनि यस्तो लागेको हुनसक्छ,’ उनले भने ।

हेर्नुहोस्, चौथो सदनको पूरा हाजिरी :

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x