मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
असोज १०, २०७६
काठमाडौं– पृथ्वी राजमार्गको नागढुंगा–धार्के सडकखण्डमा सवारी जामका कारण यात्रुहरू मर्कामा परेका छन् ।
सडकका खाल्डाखुल्डी, जारी मर्मतसम्भार र गाडीको अत्यधिक चापका कारण सवारी जाम भएको प्रहरीले जनाएको छ ।
मर्मतसम्भारकै क्रममा रहेकाले नागढुंगा–धार्के सडकखण्डमा सवारी जाम बढेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले लोकान्तरलाई जानकारी दिए ।
कतै खाल्डाखुल्डी छन्, कतै कच्चीजस्तै भत्केका अप्ठ्यारा सडक छन्, त्यहाँ लोड गाडीहरू सुस्त चल्ने भएकाले पनि जाम बढेको उनी बताउँछन् ।
‘दशैंमा घर जाने यात्रुहरूका कारण अहिले सवारी चाप बढी नै छ, त्यसमा पनि मालबाहक गाडी विस्तारै चल्छन्, जसका कारण जाम बढिरहेको छ,’ प्रहरी निरीक्षक भट्टले भने ।
बिहीवार दिउँसोको वर्षाका कारण सडक हिलो भएकाले पनि जाम खुलाउन ढिला भएको उनले बताए ।
‘हिजो पानी परेपछि सडक अस्तव्यस्त बन्यो, अहिले मेरै नेतृत्वमा जाम खुलाउने काम भैरहेको छ,’ उनले भने ।
सडकको जाम खुलाउन ट्राफिक प्रहरीसँगै जनपथ प्रहरी पनि खटिएको उनको भनाइ छ ।
जामको शुरूवात चाहिँ बुधवार बिहान एक भारतीय मालबाहक ट्रक बिग्रिएपछि भएको उनले जानकारी दिए । ‘त्यसपछि बिस्तारै सवारीको चाप बढ्दै गयो, जाम पनि बढ्दै गयो,’ प्रहरी निरीक्षक भट्टले भने ।
उनका अनुसार अहिले दिउँसोको समयमा सुस्तसुस्त ढंगले गाडीहरू चलिरहेका छन् । ‘बसहरू बिस्तारै गुड्दैछन्, अब जाम कम हुन्छ कि !’ उनले आशा व्यक्त गरे ।
१ मिनेट गुड्दा १० मिनेटसम्म रोकिने अवस्था रहेको प्रहरीकै स्वीकारोक्ति छ ।
अहिले गाडीहरू बिस्तारै गुडिरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी जवान नवराज सापकोटाले पनि बताए ।
‘सडकमा सवारी एकदमै सुस्त गुडेका छन्, घण्टौंसम्म जाममा बस्नुपर्दा यात्रुहरू आजित छन्,’ उनले भने ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...