पुस १६, २०८०
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
सुर्खेत – मुगु जिल्लाको विकट सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि सोमवार आक्रमण भएको छ ।
अज्ञात समूहको आक्रमणबाट उनको टाउकोमा चोट लागेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
उनका अनुसार सोमवार अपराह्न १२ देखि १ बजेको बीचमा सदरमुकाम गमगढीदेखि गाउँपालिका जाँदै गर्दा सिपमा उनीमाथि आक्रमण भएको थियो ।
उपाध्यायलाई जिल्ला अस्पताल मुगुमा उपचार गरिएको तर उनको टाउकोमा चोट लागेका कारण सिटीस्क्यान सेवा नहुँदा डाक्टरले कोहलपुर रिफर गरेको घिमिरेले बताए ।
‘नेपाली सेनाको हेलिकप्टरबाट लगेर अहिले कोहलपुर मेडिकल कलेजमा उपाध्यायको उपचार भइरहेको छ,’ उनले भने, ‘उहाँ खतरामुक्त हुनुहुन्छ ।’
घटनास्थल वरिपरि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको र अनुसन्धान भइरहेको उनले जानकारी दिए । ‘गाउँमा विप्लव समूहले चन्दा मागिरहेको कुरा सुन्नमा आएको छ,’ उनले भने, ‘यो आक्रमण विप्लव समूहले गरेको हो वा अन्य कसैले गरेको हो अनुसन्धानपछि खुल्ला । अहिले नै विप्लव समूहले आक्रमण गरेको भनेर भन्न सकिने अवस्था छैन ।’
समग्र जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न आफूहरू सक्षम रहेको उनले बताए । ‘दशैंमा कसैले पनि आत्तिनुपर्ने अवस्था छैन । सुरक्षा व्यवस्था कडा बनाउँछौं,’ उनले भने ।
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...
सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...
नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...
स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...